एक दिनको कुरा हो ।
म स्कुलबाट घर जाने तयारीमा थिय। आकासमा बादल
डम्मै थियो । पानी पर्ला पर्ला जस्तो थियो । म स्कुलबाट हिडीहाले …….।
बाटामा नै थिए । मुसलधारे
बर्षाद भयो ।म पुरै भिजे ।कापी , किताब भने झोलाले बचायो । बाबाले वाटरप्रुफ झोला किनिदिनु भएको थियो ।
म घरमा पुगे ।मेरो परिवारका सबैजना घरमै हुनुहुन्थ्यो ।
दिदीले भन्नुभयो ” एकछिन स्कुलमा नै बसेर वर्षाद बन्द भएपछि आए भैहाल्थ्यो नी ….!!”
दादाले भन्नुभयो ” कतै साइडमा बसे भैहाल्थ्यो नि ….!!”
बाबाले भन्नुभयो ” ..अरे , महासयलाई बर्षामा रमाउने धेरै रमाईलो लाग्छ नी…….!!”
अनी ……
आमाले हत्तनपत्त आफ्नो टाउकोमा भएको तौलियाले मेरो भिजेको कपाल पुछ्दै भन्नुभयो
” …यो पानी पनि ….एकछिन ढिलो आए भैहाल्थ्यो नि , मेरो बाबु घरमा आई पुगेपछी …………!!!”
अनि मलाई आमाको ममतामयी न्यानो मायाले यती धेरै आन्नदले छोयो , सायद यो भन्दा धेरै आन्नद कहि पाईदैन होला ।
त साथिहरु आमा भनेकी आमा नै हुन , आमाको स्थान कसैले लिन सक्दैनन् , न कि भगवानले नै