आँखा मा राख्दा पनि नबिझाउने थियो ऊ। धर्मात्मी,कसैलाई दुख नदिने,अरुको दुख मा दिलोज्यान ले सहयोग गर्ने।गुणि संस्कारी धार्मिक ग्रन्थ मा शेष नाग,चतुर्मुख ब्रह्मा,अनि सरस्वती ले समेत वर्णन गर्न नसक्ने भनेजस्तै थियो ऊ।
उमेर ले आलो काँचो भएपनी गुणि महात्मा हरु जस्तै ।देश पचाएर शेष भएको जस्तै।
बिहानै मर्निङ वाक बाट फर्कँदा शेखर काका भेट भएका थिए।
“ओहो आज किन यति लेट त? म त फर्किसक्नुभयो होला भन्ठानेको।”
मैले निधार को पसिना औँला ले पुछ्दै भनेँ।
“हिजो राती श्याम भाइ लाई अचानक हर्ट अट्याक आयो हस्पिटल पुर्याएर आउँदा सुत्नै ढिला भयो भन्या”। काका फुलेको सास लाई कन्ट्रोल गर्दै बोले।
“हैन के भएछ र त्यस्तो हट्टा कट्टा नै देखिन्थे त।बिचरा…..।”
मैले मन दुखाउँदै भनेँ।
“के हुन्थ्यो! यो पापी को संसार मा धर्मात्मी मान्छे कुन चाहिँ धेरै बाँचेका छन र”। काका ले खुइय्य सुस्केरा हाले।
झलक्क जमना मा पढेको धार्मिक ग्रन्थ सम्झिएँ।
“तिमी जति धर्म मा मन लगाउँछौ उति मेरो नजिक आउँछौ”।
“श्याम पनि आफ्नो धर्म को कोटा पूरा गरेर भगवान को नजिक हुन लागेको त हैन।” काका ले सुने कि सुनेनन।म बर्बराउँदै बाटो लागेँ।