कस्तो आएछ समय पनि खैं ? बुझ्नै गाह्रो भयो ।
ऋषिमुनिहरुको पालामा सेवाभाव थियो ।अहिले कमाउ भाव पलाएछ ।

आहा ! कमाउ भाव कुरा बुझ्या भए मारी दिनु ।के हो यो कमाउ भाव मरीचे ?

ल हेर्त पुड्के देशमा त्यति ठूलो भुइचालो गयो । कति मरे ।कति अपाङ्ग भए । कति घरबार बिहिन भए ।लाउने खाने बस्ने केही छैन जनता सँग । सबैको बिचल्ली भयो । कतिले पाल मुनि जीवन बिताए । जाडो झरी वर्षा सबै झेले । कति खान न पाएर मरे ।

ल हेर तैले के भनेको यो ? जनताको लागि कति धेरै राहत सामाग्री आएको थियो ?
हो बल्ल कुरा बुझिस । यी सबै राहत सामाग्री कमाउ भावले खाए ।राम्रा त्रिपाल उनै ठूलावडाले हानथाप गरेर लिए हाक्काहाक्की । कतिपय सामाग्री लुकीचोरी भ्याए । उनै कमाऊँ भाव मालामाल भए । पिडितले राहत सामाग्री पाएनन् । अझ सुनिन्छ । अहिले राहत सामाग्रीले गोदाममा दुर्घन्ध बढाए रे । उतिखेर पिडितलाई बाँड्न न भ्याएका रे । अहिले तिनै खाद्यान्न चाउचाउ बिस्कुट भूजा सबै सडे रे । ठाउँ ओगटे रे । अब खाली गर्ने रे ।

हो मरिचे अैले हल्लामा आएको छ । त्यसैबाट अब कम्पोस्ट मल बनाउएर जनतालाई बेच्ने रे ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *