रामे हिजो भट्टिबाट छिटो फर्किएन । उसलाई थाह थियो कि उसको घरमा दाल चामल चिनी नुन तेल र जिरा सकिएको छ भनेर । घर बुढीले यिनै सामान किन्न पठाइहाल्छिन भनेर उ घरै नपुगी ज्यामी काम सकेर यतै सिधै भट्टिभित्र लुसुक्क छिरिदिएको थियो । उता बुढी चै सानो काखको बच्चालाई दूध खुवाउन बुढालाइ छोडेर सरासर घर पुगेर त्यो काखे बच्चा टिपेर आफ्ना छाती चुसाउन थाल्छिन ।

अरु बच्चा उनैको छेउमा वरिपरि बस्तै भन्छन – आमा ! मैले कुचो लगाएँ ।अर्कोले आमा ! मैले घाँस काटें ।आमा ! मैले पानी ल्याएँ । आमा ! मैले बाख्रा सारें । आमा ! मैले आज डालाभरी सिस्नो टिपेर केलाइ पनि सकेर राखेको छु । आमा खुशी भएर ल ! ल ! हुन्छ भित्र आगो बाल , म यो बहिनीलाई एक्छिन दूध ख्वाइदिएर अनि पकाउँछु भन्दा हुन्छ भनेर खुशी हुँदै भित्र आगो बालिदिन्छन । आमाको ज्यानको थकाइ त मर्छ उठ्दा थाकेर पिहिलिएको कम्जोर नारी मांसपेशी र हड्डी अझ झन दुखेता पनि त्यसको वास्तै नगरी भित्र पसेर त्यो सिस्नो पकाइदिइन । अनि डालाको पिँधमा भएको मकैको पिठोको ढिंडो पकाउँछिन र ती सबै बच्चालाइ खुवाउँछिन ।

आफू पनि अलिकति सिस्नो चै खान पर्यो भनेर कचौरामा सिस्नो राखेर के पिउन लागेकी थिइन । उनको बुढा आएर “थुइक्क डंकिनी ! आफ्नो श्रीमानलाइ नखुवाइ खाने कुकुर्नी ! मैले यत्रो दुख गरेर कमाएको तँ यसरी मीठो मीठो एक्लै खानलाई हो ” भनेर लात्तै लात्ताले भकुर्न थाल्छ । यसरी बुबाले अनाहकमा आमा कुटेको देखेर सबै छोराछोरीले भन्छन “बुबा ! आमालाई केही नगर्नुस् बरु मेरो थालको यो सिस्नो र ढिँडो खानुस् । आमालाई केही नगर्नुस भनेर ह्वाँ ह्वाँ सबै बच्चा रुन थाल्छन्” ।त्यो सुनेर पल्ला घरको काका हत्तपता त्यहाँ फेरि मार्यो आज त्यसका स्वास्नी छोराछोरीलाई भनेरआउनु हुन्छ । उहाँले हत्तपत्त आएर थुक्क पाजी ! यस्तो देउता जस्ती सोझी जहान कुट्नु त तँलाई कति पाप लाग्ला ? अपराधी ! आफै धोकेर आउँछ । जहान बालबच्चाहरुले दिनभर के खाए ? के गरे अत्तोपत्तो जसलाइ उहीँ यत्रो रडाको मच्चाउने ? जा सुत ? नत्र आज रातभर यही थाममा बाँधेर राखिदिन्छु भनेपछि उ सुत्न जान्छ ।

कान्छी पनि काखको बच्चा चेपेर त्यही मुल ओछ्यानमा उसै गुन्द्रीमाथी ढल्किन्छे । अरु बच्चा पनि बुबाको राक्षसी स्वभावदेखि डराएर उहीँ आमाकै नजिक नजिकै सुत्छन् ।

s:FB

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *