ए चमेली, खाना तयार भएन । काम गर्ने ढङ्ग पनि छैन । कति ढिला सुस्ती गर्छे । अाफूलाई अाज जिल्लाको सभागृहमा अायाेजना हुने सभामा एक वक्ताकाे रुपमा वक्तव्य दिनु छ । तयार भएकाे भए छिटाे खाना पस्कित ! लतिकाले अाफ्नाे घरायसी कामदारलाई अादेश दिन् ।
खाना खाएर हिड्ने वेलामा फेरि अाज गर्ने कामहरुकाे स्मरण गराउदै भनिन् । “ल सुन, घर धन्दा भ्याएर बैठक काेठा पुछपाछ पारेर सजाउनु !” म भरे केही साथीहरू लिएर अाउछु । र घरमा सानोतिनो रंगिन पानीको पार्टी दिनुछ । हजुर, म पनि केही घण्टा टाेलमा महिला दिवसको उपलक्ष्यमा अायाेजना हुने कार्यक्रममा घरेलु कामदारकाे रुपमा वक्तव्य दिन जानू छ । भन्दै चमेलीले अनुराेध गरिन् । लतिका खिस्स हास्दै के खान जाने पर्दैन् जान भन्दै जवाफ फर्काइन् ।
सभामा विशेषगरी हजारौं स्त्रिलिंगकाे उपस्थिति थियोे । वक्ताहरुमा लतिकाले पनि अाफ्नाे वक्तव्य महिला हक अधिकार, सशक्तिकरण र समानतालाई मुख्य एजेण्डा बनाउदै वक्तव्य प्रस्तुत गरिन् ।
अन्तमा प्रत्यक वर्ष मार्च अाठ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवस लैंगिक विभेद विरुद्धको अावाज हाे संघर्ष हाे । याे नारीलाई गरिने विभेद पुरातनवादी साेचकाे अन्त्य गर्नुपर्छ भन्दै प्रमुख वक्ताले भन्दा तालीकाे गडगडा हटले हल गुन्जीएकाे थियाे ।
प्रमुख वक्ता अरु केही नभएर महिलाहरु पुरुष सरह वा एउटै काम पनि पुरुष सरह गर्न सक्दैन् भन्दै महिला कामदारलाई लगभग बीस,पच्चीस प्रतिशत कम तलब दिने लतिकाले काम गर्ने अन्तर्राष्ट्रिय कम्पनीको प्रबन्ध संचालिका (मेनेजिंग डाइरेक्टर) थिन् ।
S:FB