–समयको मागलाई ख्याल गरेर क्याम्पस संचालक समितिले स्नातकोत्तर कक्षा संचालन गर्ने निधो गर्यो र सम्बंधित निकायमा स्वीकृतिको लागि पहल गर्यो |विश्व विद्यालयले अनुगमन र सम्भ्याव्यता अध्ययनलागि विभागका विशेषज्ञ पठायो |जोड़ी नै आए | साँझ वास सौराहा | सहायक क्याम्पस प्रमुख “प्रेमनारायण वियोगी “को जिम्मा –शिष्टाचारमहापाल | राजधानीबाट आएका जोड़ी दिलदार |वियोगीसित यसरी आत्मीय मिलन भयो मानों बालसखा हुन | “वियोगी सर,आप से मिलकर बहुत ख़ुशी हुई !” प्रोफ़ेसर प्रधान | वियोगीको शेर शायरी र हिन्दी भाषाप्रतिको लगावले गर्दा पाहुना पनि हिन्दीतिर |श्रीमती प्रधान पनि प्रफुल्ल —केही झिंझो नमानी संवाद !
—साँझ, सौराहा –अलिअलि रमझम सामान्य |गीत गजलको बहार |गोराहरू पनि टाउको हल्लाउने |श्रीमती प्रधानको फरमाईस र वियोगीको गायन |२ घन्टा बित्यो |अमृतरस भित्र –सत्य बाहिर |प्रोफ़ेसर प्रधान बोले,” वियोगी सर,मलाई त डर लाग्यो !”
“किन र सर ?” वियोगी |
“मेरी बूढ़ी र हजुरको लभ पर्छ कि क्या हो ?” कति निश्छल,कति पवित्र !!” सर,त्यो त अघि नै ,कसो म्याडम ?” वियोगी पनि के कम |
“लभ एट फस्ट साईट नि !” श्रीमती प्रधान एक कदम अघि |वातावरण हाँसोमय | परिणाम : वियोगी र प्रधानको मित्रता गाढा —आजसम्म |