वैज्ञानिकहरू प्रयाेगशालामा थिए । विरामीहरू पनि अस्पतालकाे बेडमा भकाभक हुँदैथिए । मेराे मुखबाट त्यसै अात्तिएर जाेडले झटारिंदै शब्द फुस्क्याे ।
–“जासुस !”
याे शब्द सुन्ने वित्तिकै नजिकै उभिएकाे सीमा सुरक्षा बलकाे कन्चट तातेर अायाे । उ तिल्मिलाउन थाल्याे । त्यसपछि उसले अाफ्नाे कम्मरमा भएकाे पेस्ताेल झिकेर फनक्क घुमेर एक फायर अाकासतिर गर्याे । सबतिर काेलाहल मच्चियाे । सबै भागाभाग गर्न लागे । अनि उसले लल्कारेर भन्याे ।
–“दुस्मनकाे एक एक हिसाब चुक्ता हुनेछ !”
यस्ताे दृश्यकाे खासै अनुभव नगरेकाे मेराे मन त्यसै अातङ्कित बनेर अायाे । मैले जासुस भन्ने बारे के जानेकाे छ, भनेर उसलाई साेधेँ । उसले मलाई गफ दिई हाल्याे ।
–“अचेल दुई प्रकारका जासुसहरू दुनियाँमा शक्ति शाली छन् ।”
मैले कुरा नबुझेर पेस्ताेल हातमा लिएकाे त्याे सीमा सुरक्षा बलकाे मानिसलाई साेधेँ ।
–“कुन कुन भन्नु न त ?”
–“त्यति पनि थाहा छैन ? रसायनिक जासुस !”
–“हरे शिव, अर्काे कुन हाे त ?”
–“लाै ! तपाईं पनि कति मूर्ख !”
उ मदेखि मरिमरि हाँस्याे । मेराे सबै नालीबेली पनि केलायाे अनि उसले ठट्टामा गम्भीर भएर भन्याे ।
–“बुझ्नु भाे ? अर्काे डेन्जर भनेका जैविक दुस्मन हाे । जाे अहिले विश्वमा खुब जासुसी गर्दैछ । बरू तपाई सँग काेराेना भाइरस छ कि ?”
कामिरहेकाे त्याे सीमा सुरक्षा बलकाे मानिस पेस्ताेल चाेर अाैलामा घुमाइरहेकाे थियाे । मैले त्यसलाई सजिलै उत्तर दिएँ ।
–“हामीसँग कहिल्यै हुँदैन किनभने गणतन्त्र अाइ सक्याे ।”
मैले उसलाई निर्धक्क उत्तर दिंदैथिए । उ भने अतिनै धकिरहेकाे थियाे । फेरि थपेँ ।
–“हामी त गाेर्खालीकाे बच्चा हाे । कत्राकत्रा युध्दमा बहादुरी देखाउनेहरूका जात हाैँ । काेराेना हामी देखे पछि अाफै डराएर भाग्छ । त्यसपछि नि केही नलागे रक्षा गर्ने पशुपतिनाथ छँदैछन् ।”
उसले जासुसकाे हर्कत सम्झिरहेकाे थियाे । उस्ले फेेरि अर्काे फायरिंग गर्याे र मलाई पेस्ताेल तेर्याएर भन्याे ।
–“अाे.. .. भाइरस किलर ? यहाँ काेही मानिसहरू छैनन् !”
–“काेदेखि तर्सेर फायर गर्नु भयाे ?”
–“उफ ! तपाईं पनि ? यत्राे दुनियाँ थर्काउने काेराेना का जासुसीका कारणले जन्ताहरू अातङ्कित छन् । बुझ्नु न तपाईं अाफै ।”
–“के बुझ्ने त अरू ?”
–“ल ल भाे बहादुरी नदेखाउनुस् ! अचेलका गाेर्खाली कति काँतर छन् ! देखिसकियाे !”
–“कहाँ देख्नुभयाे ?”
–“खै त कालापानी र नालापानीकाे सीमा ?”
–“लाै त्याे त काेराेनाले उहिल्यै मिलाइसक्याे !”
बहादुरीले अचेल मेराे पनि नाक जाेगियाे । उस्काे फायरिंग पनि राेकियाे ।

s:fb

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *