खैं ! गगने अझैं तैले काम गरिनस् । टुहुराटुहुरी भनेर मायाले ल्याए । झन् यसैले टेर्न छोड्यो । ल तँ यहाँबाट निक्लिहाल । एक मिनेट पनि यो घरमा न बस । साहु बा गर्जै ।
गगने त्यो घरमा जस्तो रुपमा आएको थियो त्यै रुपमा निस्कियो ।
सहारा बिनाको गगने के गरोस् । ऊ बाद्यतावश सडक बालक हुन पुग्यो । नौ दस दिन त उसले सडकमा फालिएका प्लास्टिकबाट जीवन निर्वाह गरेको थियो । ऊ सडकको छेऊमा सुत्तथ्यो ।
रातको बेलामा मानव रहित शहर बनाउने महानगरपालिकाको अभियानमा ऊ समातियो । सबैले उसलाई केरकार गर्न थाले । सबै कुरा बुझ्दा ऊ टुहुरो भएको कुरो थाहा भयो । त्यसैले उसलाई महानगरपालिकाले अनाथालय पठाई दियो । उसले त्यहाँ पढ्ने मौका पायो ।
गगनेले अति मेहनतका साथ पढ्न थाल्यो । उसको पढाइ देखेर सबै चकित हुन्थे । उसले पढ्दै जादा एसईईमा प्लश ए ल्यायो । उसले त्यहीबाट डाक्टर पढ्ने मौका पायो ।
आज साहु बाको घरमा मान्छे खचाखच छन् । साहुकी छोरी अनुराधाको बिहेको टिकोटाला गर्ने दिन । उनी पनि डाक्टर नै हुन् । छोरीले मन पराएको केटो भनेर साहु बाले उसलाई स्विकृति दिएका थिए ।
साहु बा खुशी हुदै त्यस केटालाई सोधे ।
हजुरको नाम के हो ?
मेरो नाम गगने हो ?
साहु बाले जिब्रो टोक्दै भने ।
छोरी यो त सम्भव न होला हैं ?
बाबा यसलाई अन्यथा न सोच्नु यदि छोरीको माया छ भने ।
s:fb