वुहानमा जन्मलिई भ्रमणमा तिमी लाग्यौ
तिम्रो महामारीले मानवलाई त्रासमा पार्यौ ।
न देख्यौं हाम्ले तिम्लाई न कुरा गर्न पायौ
तिम्रो प्रभाव कम गर्न धेरै तिर हामी धायौं ।।

तिम्रो डरले हामी घरभित्रै बन्दी भयौं
आफ्ना र आफन्त पनि पराई मान्यौं ।
आफन्त भेट्न नहुने कस्तो तिम्रो उपस्थिति
उत्पन्न गरायौं हामीलाई कस्तो परिस्थिति । ।

सिमा नाका बन्द गर्यौ चोरबाटो तिमी आयौ
ज्वरो, खोकी साथै श्र्वास फेर्न गार्हो बनायौ ।
अंकमाल सिक्दै थियौ, नमस्कार गर्न थाल्यौं
सरसफाई बिर्सेथ्यौं त्यो पनि गर्न जान्यौं ।।

तिम्रै कारणले कति रोजगारी गुमिसक्यो
गरिबको घरमा चुलो बल्न छाडि सक्यो ।
सबै मानव मिली तिम्रो विरुद्ध मोर्चा कस्छौं
मानव हौं मानवियता हामी प्रदर्शन गर्छौं ।।

अब धेरै भयो तिमी आफ्नो बाटो लाग
यो धरती हाम्रो हो अब हामी गर्छौ राज ।
प्रकृतिको साथ अब हामी विकास गर्छौं
पशुपन्छि सबैलाई माया र सम्मान भर्छौ ।।
समाप्त

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *