म संघारमा उभिएर
तिमीसँग
आँखा भरि भरि
पिरती बाँचेर रुपान्तरित हुदै
म पत्र लेख्न
उभिएर
तिमी मुटुसम्म पोखिएर
सक्रियता पस्किन
विक्षिप्तता
निस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदै
म अँगालो भरि भरि
माया पठाउन तिमीलाई
चारैतिरका सपनाहरु बटुलेर
विश्वासहरुमा
निरुत्तर र निस्तब्धता छिचोल्दै
मुटु स्पन्दन बाँचेर
यो पत्र कोर्दैछु
तिमी दुख्दा मन दुख्छ
छिया छिया हुन्छ र भयभीत हुन्छ
साँच्चै छाती भित्र भित्र
मृत्यु र डढेलोको खडेरी परेको छ
तिमीलाई चन्द्रमा सौर्न्दर्य पस्कन र
निस्पट्ट अँध्यारा सडकहरु पन्छाउँदै
हाम्रो प्रतीकताको लागि
उभिएर
यो पत्र लेख्दैछु
मेरा आँखाहरु ओभाएका छैनन्
म त
तिमीसम्म घाम पुर्‍याउन
तिमीसम्म शीतलता र्छन उभिएर
मेरा सम्पूर्ण उमेरहरु पस्कदै
पत्र कोर्दैछु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *