माघ २५ गते दिउसो बार बजेतिरको कुरा हो । एक साहित्यिक मार्यक्रममा थिएँ अचानक मोबाइलको रिङ्ग बज्यो । मैले सेभ नगरेको नम्बर रहेछ । अनि नाम देखिएन । यसैले मैले टेलिफोन उठाएँ र बोले-” हजुर !”
उताबाट केही आवाज ता आयो तर कार्यक्रममा अलिक कडा माइक बजेकोले सुनिएन । फेरि सोधें मैले- “को हो थाहा पाउन सकिनँ । एकै छिन पख्नु है ।” यति भनेर म अलिक आवाज कम आउने ठाउँमा गएर साेधें- “को बाेल्नु भो ?”
“म कुमार सि‌खडा सर ।” उताबाट आएको आवाज अहिले स्पष्ट सुने‌ं र बुझें पनि ।
“लाै, कसरी नि कताबाट तपाइँ ?”
“म अहिले काठमाडाैबाट हो सर । जापान गएको थिएँ । भर्खर फर्केको । अनि हजुरसँग यसो भलाकुसारी गरम भनेर फोन गरेको । के छ सर :?”
“सब ठिक छ भाइ । यसरी सम्झनु भएकोमा हार्दिक आभारी छु । मलाई सारै खुसी लाग्यो ।”
“हस सर । म सम्झन्छु नि ।”
“अनि अरु के छ ?”
“ठिकै छ ।”
यसरी कुरा भएका थिए । लामाे समयसम्म पनि सम्झने बानी रहेछ । उहाँको यो स्वभाव देखेर गदगद भइरहें । हार्दिक धन्यवाद अर्पिएँ ।
वास्तवमा मझेरी धेरै रचनाकारहरुका लागि एक असल सहयोगी थलो हो । आफ्ना रचनाहरु प्रकाशनका लागि पत्रिकाहरुका सम्पादकको चाकरी गर्नु पर्ने परिपाटीको अन्त गर्नलाई सहयोग गर्ने यो एक प्रकारको राम्रो स्थान पनि हो ।
मैले ता मझेरीबाट धेरै कुरा बुझेको छु । हुन सक्छ मझेरीलाई केही दिएको पनि छु । अझ यसो भनौ‌ धेरै लिएको छु थोरै दिएको छु ।
यसका प्राविध्कि समस्याहरुबारे कुमारजीसँग लिखित रुपमा धेरै सुझाव दिएको पनि छु र लिएको पनि छु । यहाँका लेकहरु सुझाव पनि दिने गरेको छु । मान्नु पनि भएको छ । छन्द वा वहरमा लेख्ने हो भने नियममा रहनु राम्रो हो भन्ने गरेको छु । कुमारजीलाई धन्यवाद छ । यी सबै अवसर जुटाइदिनु भएकोमा । एक लेखकलाई यो भन्दा बढी के चािहयो र ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *