यो पटकपनि दापभित्रको धार
चकचक गर्न थालेको छ पोहोर-परार जस्तैगरि
हिजो घामको दर्शनमा ढुंगातिर लस्पसिदैथ्यो रे
मानिसहरु यस्तै कुरा गर्दैथिए l
करो खुस्किएको कराही
जसमा मैले
अन्तिम पटक खोले खाएको थिए
उ पनि तन्दरुस्त भएछ
मलाई बारबार जिस्काइरहन्छ l
मानिसहरु अचम्मका लाग्छ मलाई
जन्मन्छन खुशी मनाउछन
मर्छन/मार्छन खुशी मनाउछन
म बाँधिएको कीलो पनि अब धेर बाँच्दैनहोला
म संग दुखेशो गरिरहन्छ उ बिचरो पनि
‘म धारसंग सम्झौता गर्दिन’
भन्दिएको छु उसलाई
दाम्लोको पनि उस्तै गनगन छ
तोरीको पीनापनि तिनै मान्छेका टाउकातिर हिडछन्
खै किन हो ?
हरे नाटक !!
करेसाको वेसारको बोट पनि हराएछ ..
गाँउटोल समितिका हण्डीहरुपनि अब त भाडामा लाइसकेहोलान
वाह ! वाह !! वाह !! मान्छेहरु…….!
क्या तयारी छ है तिमीहरुको
म बधाई नदिउ कसरि ?
हार्दिक हार्दिक बधाई
एक्लो यात्रा अनि जीवन
पुर्व तयारी म
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र