हरि मानन्धर “विवश”
कति दिन अघिबाटै केहि भन्न खोज्दै थियौ
हजारौँको भीडबाटै मलाई नै रोज्दै थियौ
काम्दै थिए ओँठ तिम्रा, साथीसँग कुरा गर्दा
लजावती बनेकिथ्यौ, मेरो सामु तिमी पर्दा
आवाज पनि रोकिए झै, अड्किएर बोल्दै थियौ
हजारौँको भीडबाटै मलाई नै रोज्दै थियौ ।
नलुकाई भन सानु मन भरिका बलौना नि
समयले कोल्टे फेरे, सकिदैन सिलाउन नि
छड्के हेर्दै, कुरा फेर्दै, मलाई नै घोच्दै थियौ
हजारौको भीडबाटै मलाई नै रोज्दै थियौ ।
कति दिन अघिबाटै केहि भन्न खोज्दै थियौ
हजारौँको भीडबाटै मलाई नै रोज्दै थियौ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar