उमा सुवेदी
मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै’छ
पग्लिएको मन हजुर, तप्प तप्प चुँदो रै’छवचनैले दुखाएका, कलेजीका घाउहरु
जानाजानी हारी दिँए, जिन्दगीका दाउहरु
पत्थर जस्तो मनलार्इ पनि , वचनले छुँदो रै’छ
मैन बनी कहिले काँही, पग्लू पग्लू हुँदो रै’छचर्किएको घाम पनि, खै कसरी सेलाएछ
बेहिसाव यै मनले, आगो पानी खेलाएछ
बगाउन सके आँशु मनलार्इ धुँदो रै’छ
मैन बनी कहिले काही, पग्लू पग्लू हुँदो रै’छ

Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar