-उमा सुवेदी
चुलाचौका छोडी अब आँगनीमा टेक नारी
मनका भित्ता चेतनाका कलमले लेख नारी
भर परी पछि लाग्ने हैन अब अघि बढ
कुरीति र विभेदलार्इ आफ्नै हातले मेट नारी
आफू बने घर बन्छ घर बने गाउँ समाज
तिम्रो बाटो छेक्नेलार्इ विवेकले रेट नारी
तिम्रो एक पाइला भित्र संसार हाँक्ने शक्ति हुन्छ
भित्रि आँखा उघारेर संसारलार्इ हेर नारी
आधा आकाश आधा धर्ती भन्ने मात्र हैन अब
अन्याय र उत्पिडनको आँधिबेरी छेक नारी
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar