विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । बाँसको झाँङ्गमा चराहरु चिर्रबिर आवाजले विहानीको आभाष दिदैछन् । पारि धोविडाँडाबाट लुइर्ंचेका खिरिलो आवाजहरुले भोटे क्रक्ररहरुलाई झक्न बाध्य क्तल्याउँछ । हरेक विहानीको यो दैनिकी आज अलिक भिन्नै छ । भत्किन लागेको वलीहाङ्गको घर बर्षौ पहिले छाएको खरले पनि बिदा माग्न लागेको छ । घरका भित्ता र दलिनहरुले लाचार भई लाज सरमले आङ्ग छोपि रहेको भान हुन्छ । गरिवीको चरम सिमा सायद यो भन्दा अरु नहोला । भएको पाखा बारीमा उब्जाउ हुन छोड्यो । श्रीमती पारु र छोरी सुम्निमाको लागि वलीहाङ्गले झरी बादल केहि नभनी काम गर्दा पनि आर्थिक अवस्थामा सुधार आएन । अनि श्रीमती सँग एक साँझ विदेश जाने क्ररामा छलफल गर् यो । श्रीमतीले नमान्दा नमान्दै सबै क्रराको तयारी फरा गरेर आज घर छोड्दै छ ।


पात्रहरु
वलीहाङ्ग नाटकको मुख्य पुरुष पात्र
पारु नाटकको मुख्य महिला पात्र
सुम्निमा ५ वर्षकी छोरी
एकलव्य नाटकको सहपात्र
छिमेकीहरु

समय र स्थान :
विहानपख । वलीहाङ्गको घरको कोठा । चुल्होको नजिकै आलमारी अनि भार झुण्डिएको अलिक पर एउटा खटिया । खटियाको दाहिने क्रनामा कपडा झुण्ड्याउनको लागि डोरी टागिएको छ । सुम्निमा मस्त निन्द्रा सुतिरहेकी छे । पारु र वलीहाङ्गको आँखा अनिदो र आँशुले राता देखिन्छ । सायद घर छोड्ने रात नसुतेको हुनुपर्छ । पारुले घर लिपपोत गरेर ढोकामा दुईवटा गाग्रो भरि पानी राखिसकेकी थिई । वलीहाङ्ग चुल्हो छेउ बसेर लगातार विडीँ पिई रहेको थियो । आखाँ भरि आँशु बनाएर वलीहाङ्ग घरि छोरी हेथ्र्यो घरि पारुलाई । पारुले श्रीमानलाई हेर्न सकि रहेकी थिईन । एकसुरले आफ्नो काम गरिरहेकी थिई । बिदाईको सामाग्री बनाउन उसका हातहरु ब्ाढ्न सकिरहेका थिएनन् ।
पर्दा खोलिन्छ

वलीहाङ्ग पारु ! आँखा भरि आँशु थियो स्वरमा रोदन पारुले श्रीमान तिर बिस्तारै हेरी पारु चाँडो गर एकलव्य आउने बेला भयो ।
पारु (सुक्सुक् रुन थाली) यो समय पनि कति निस्ठूरी । सक्ने भए म यस्लाई समाएर राख्ने थिए । आँशु फछेर झईमा थ्याच्च बसी
वलीहाङ्ग (वलीहाङ्ग विस्तारै पारु सम्मुख गयो) नरोऊ पारु । आँशुले मेरो बाटो नछेक । म विहानीको शीत टिप्न जादंैछु । तिमी मलाई आँशुले हैन तिम्रो त्यो मुस्कानले विदा गर ताकी म संसारको सबै दुःखहरु झलेर तिम्रो एक मुस्कानको साहराले संघर्ष गर्न सक्रँ ।
पारु मेरो देव तपाईले कति सजिलै मेरो एक मुस्कान माग्नु भयो तर तपाईलाई थाहा छ मेरो मुस्कान भन्नु नै तपाई हुनुहुन्छ । तपाई नै मबाट टाढा हुदै हुनुहुन्छ भने म कसरी हाँस्न सक्रँला र पारु झन आँखा छोपेर रुन थाली ।
वलीहाङ्ग (आँखाको आँशुलाई लुकाउदै पारुलाई छातिमा टाँस्यो । केहिबेर दुवै रोई रहे) पारु अब मेरो जाने बेला हुन लाग्यो । अहिले छोरी उठी भने फेरी जान नसकँुला ।
पारु तपाई जान जरुरी छ र नगए हुन्न (अति सोझी र सरल पारु) हामीलाई छोडेर नजानु न । बरु तपाईले कमाएको एक छाकमा हामी बाँचौला । एक सरो कपडामा हामी रमाउँला । यो वियोग…………। अहँ म सक्दिन खप्न मेरो देव ।

वलीहाङ्गले पारुलाई सम्झाउन सक्ने अवस्था रहेन । उसलाई पनि अंगालो भरिको श्रीमती र काखको नानीलाई छोडेर विदेशीने मन कहाँ थियो र तर देशको विग्रदो अवस्था घरको असिमित आवश्यकताको अगाडि ऊ लाचार र निरिह थियो । आफुलाई सम्हाल्न नसकेर नेपथ्य तिर दगुर् यो । पारु चुल्हो छेउमा बसेर छाति पिटिपिटि रुन थाली । सायद सुम्निमाले पनि बाबाले घर छोड्ने क्ररा सपनामा देखिछ क्यार निन्द्रामा नै रुन थाली । पारु आफुलाई सम्हाल्दै छोरीलाई सुम्सुम्याउन खाटियामा पुगी । केहि क्षण पश्चात वलीहाङ्ग कोठा भित्र प्रवेश गर् यो । पारु छोरीको छेऊमा बसेर सुक्सुकाउदै थिई । वलीहाङ्गको पनि आँखा रसीलो थियो । पारुको छेउमा गएर अति प्यारले पारुको गाला मुसार् यो । केशरासी मिलाई दियो अनि आँखाको आँशु फछि दियो ।

वलीहाङ्ग पारु हामीले सुम्निमाको उज्वल भविष्यको लागि भए पनि यो विछोडको पीडालाई स्वीकार गर्नु पर्छ । हामीले हाम्रो जीवन जति दिन सँगै बाँच्यौं त्यसैलाई सन्तोष मानेर अबको दिनमा बाँच्न सक्नु पर्छ । म सधै भरीको लागि पनि जान लागेको हैन लाटी । २ बर्ष पछि फर्केर आउनेछु । (पारुले श्रीमानको अनुहारमा फलुक्क हेरी) त्यस पछिका हाम्रा दिनहरु सुखले बित्ने छ । छोरीलाई राम्रो स्क्रलमा भर्ना गरौंला । धान फल्ने खेत किनौला । सँगै हाटबजार घुमौंला । २ बर्ष भनेको कति नै हो र ?
पारु (अलिक रुन कम भयो) सुम्निमाको बाबा तपाईले भनेको जस्तो त्यति चाँडै यो समय कहाँ बित्छ र अति नै कठोर छ यो समय यो समाज अनि पर फरुषका घृणित् आँखाहरु ……॥ तपाई बिनाको जीवन कसरी कल्पना गरुँ म ?
वलीहाङ्ग पारु तिमीले म विनाको जीवन पनि बाँच्न सिक्नु पर्छ भोलि मलाई केहि भयो भने…? (शब्दहरु फरा हुन नपाई पारुले मुख थुनि दिई अनि छाँद हालेर रुन थाली । यो रुवाईले सुम्निमाको पनि निन्द्रा खुल्यो ।)

सुम्निमा (आँखा मिच्दै) पापा ॥ पापा मामुलाई के भयो तपाईले पिट्नु भयो ? (वोलीमा बाल शुलभता थियो ।)
पारु हैन छोरी मलाई केहि भएको छैन । तेरो पापा हामीलाई छोडेर जादै हुनुहुन्छ ।
वलीहाङ्ग पारु …………………! (छोरीलाई सम्झाउँदै हैन छोरी म छिट्टै फर्केर आउँनेछु ।)
सुम्निमा पापा म पनि जान्छु ल । (छोरीको बोलीमा आग्रह र मायाँ थियो ।)
वलीहाङ्ग नानी म पछि आउँदा तिमीलाई धेरै खानेक्रराहरु खेलौनाहरु ल्याई दिन्छु । मेरी ज्ञानी छोरीले मैलॆ भनेको मान्छिन् । तिम्रो जन्म दिनमा म पैसा पठाई दिने छु ।
पारु तपाईलाई हामी दुईको यति मायाँ हुँदाहुदै पनि किन जानु हुन्छ
वलीहाङ्ग पारु प्रेम जीवनको एक पाटो हो कर्तव्य अर्को पाटो । हामीले प्रेममय जीवन बाँचेर हेरी सक्यौ अब कर्तव्य पनि फरा गर्नुपर्छ नत्र भोलिको दिनले धिक्कार गर्ने छ ।

एकलव्य (नेपथ्यबाट कराउँछ ।) वलीहाङ्ग दाजै ! पारु भाउजु !! घर भित्र कोहि छैन की क्याहो? ठिलो भई सक्यो । एक्लै फत्फताउँछ ।
वलीहाङ्ग भित्र नै आईज भाई ।

एकलव्य भित्र प्रवेश गर्छ । तीन प्राणी एकै ठाउँ झोक्राएर बसी रहेको देखेर एकछिन छक्क पर्छ । सबैको आँखा रातो देखेर सबै क्ररा बुझ्न गाह्रो पर्दैन । पारु र वलीहाङ्ग आँशुलाई लुकाउने असफल प्रयास गरी रहेका थिएँ । पारु बिदाईको सामान मिलाउन थाली । वलीहाङ्ग आफ्नो कपडाहरु एउटा थोत्रो झोलामा कोच्न थाल्यो । सुम्निमा पापालाई कपडा हाल्न सघाई रहेकी थिई तर विचरीलाई के थाहा पापा केहि समयको लागि हैन फरै २ बर्षको लागि बिदेश जादैछ भन्ने क्ररा…॥ पापालाई खानेक्ररा ल्याई दिने आग्रह गर्दै पापाको गालामा मायाँलु म्वाई पनि खादैं थिई । वलीहाङ्गको आँखामा आँशु बगि नै रहेको थियो । यता पारुले पनि सामाग्री तयार पारी ।
पारु एकलव्य बाबु दाईको हरेक सुख र दुःखमा साथ दिनु होला । अब दाईलाई तपाईको जिम्मा लगाउँदै छु । करुण स्वरमा भनि ।
एकलव्य भाउजु तपाईले चिन्ता लिनु पर्दैन हामी दाजुभाई मिलेर काम गर्नेछौ । पैसा कमाउँनेछौ अनि सँगै फर्कने छौ ।
पारु (श्रीमान र एकलव्यलाई पालैपालो टिका लगाई दिई अनि सगुन खुवाई) सुम्निमाको बाबा जाने बेलामा एउटा क्ररा भनुँ । विनयको भावमा । वलीहाङ्ग भन पारु । मायालु नजरले हेर्दै ।
पारु बिदेशको रमझममा फसेर नानी र मलाई नझल्नु होला । छोरा मान्छेको मन हो बदलिन के बेर लाग्छ र ?
एकलव्य अहिले भने भाउजुले गाँठी क्ररा गर्नुभयो ।
वलीहाङ्ग (सुम्निमाले पापाको खुट्टामा छाँद हालेकी थिई । पारुले श्रीमानको छातिमा शीर अड्याएकी थिई । साँच्चैनै यो हृदय बिदारक दृश्य हेरेर जो कोहिको पनि आँखा रसाउँदथ्यो । एकलव्यलाई पनि थामि नसक्नु भएछ क्यार चुपचाप बाहिर पर्खने इसारा गरेर निस्कीयो । वलीहाङ्गले पारुलाई सम्झाउँन थाल्यो ।) पारु तिमीले यो के कुरा गरेकी म संसारको जुन सुकै भू-भागमा पुगुँला तर तिमीहरुको तस्वीर मेरो आँखाबाट कहिले पनि ओझेल पर्ने छैन । सायद भोलि म विदेशी माटोमा विलिन हुँला तर मेरो छाति भित्रको मायाँ कहिले पनि मर्ने छैन ।

पारु तर, मेरो देव म कसरी विश्वास गरुँ ? म कसरी विताउँ यो कहाली लाग्दो समय………?
वलीहाङ्ग धैर्य गर पारु । प्रतिक्षाको फल मिठो हुन्छ भन्छन् । नानीको राम्रो ख्याल गर्नु म तिमीलाई बेला बेला पैसा र चिठी पठाउँला । यो असारमा नानीको जन्मदिन पारेर फोन गरुँला ।
सुम्निमा पापा तपाई मेरो जन्मदिनमा आउनु हुन्न ? (रुन्चे अनुहार पारेर) नाई नत्र म तपाईलाई जान दिन्न । छोरीले वलीहाङ्गको खुट्टा छोड्न मानिन् ।
पारु नानी तिम्रो पापा तिम्रै लागि पैसा कमाउन जादै हुनुहुन्छ । छोडिदेऊ । (छोरीलाई आफु तिर तानी ।)
वलीहाङ्ग (छोरीको हातमा पैसा राखि दिदै थुथु गर् यो । ताकी छोरीको सातो आफु सँग नजाओस भनेर अनि पारुको अधरमा चुम्बन गर् यो । र यति मात्र भन्न सक्यो) बस है मेरी पारु………………
वलीहाङ्ग पछाडि नहेरी सरासर हिड्यो । पारुका आँखाबाट अविरल आँशुका ढिक्काहरु बर्षिन थाले । अवोध छोरीलाई के थाहा पापा र मामुको पीडा । ऊ आफ्नै धुनमा भन्दै थिई ।

सुम्निमा पापा छिट्टै घर फर्कनुहोस् है म तपाईलाई पर्खि रहने छु । पापा…………। मामु रुँदै हुनुहुन्छ छिट्टै घर फर्कनुहोस है……………………………॥ पापा…………। वाई…………वाई……………। फेरी भेटौला……॥ ल ।

वलीहाङ्ग र एकलव्य हेर्दा हेर्दै ओझेल भए । घाम टाउको माथि आई सकेको थियो ।

तीन महिना पछि………………………।

असारको महिना आज लगातार पानी परेको चार दिन भयो । घामको अनुहार देखिएको हैन । बारीका मकैका पातहरु बजेर केहि सुनिदैन । एकाविहानै देखि घरको धुरीमा बसेर काग कराई रहेका थियो । आज त सुम्निमाको जन्मदिन सायद विदेशबाट वलीहाङ्गको फोन आउँछ होला भनेर पारु र सुम्निमा कुरेर बसी रहेका छन् । तर अन्तरी छ्यामाकोबाट छ्यामा-काकी केहि खवर आएको हैन । गाउँ भरीमा त्यहि अन्तरी छ्यामाकोमा मात्र फोन छ । बिहान उठेर पारुले छोरीलाई घरमा नै टिका लगाई दिई अनि पापाको आज फोन आउँछ भनेकी थिई । आमा छोरी घरको दलानमा बसेर फोनको प्रतिक्षामा बलेसीको पानी नियाल्दै बसि रहेका छन् । पारुको मन भरि बेदनाहरु छरपस्ट भएका छन् । परदेशको ठाउँमा के गर्दै होला समयमा खाना खान्छ की खादैन दुःख विराम पर्दा हेर्ने कोहि छैन । हे भगवान ! गरीव हुनु भनेको अभिसाप रहेछ । मनमनै आफुलाई धिक्कारी रहन्थी ।

सुम्निमा मामु पापा आज आउने भनेको हैन खै त अहिले सम्म आई पुग्नु भएन नी ?
पारु (पारुले सुम्निमाको अनुहारमा नियाली । मलिन अनुहारले उसको पापालाई खोजिरहेको आभास पाउन सकिन्थ्यो । पापा गए देखि नै सुम्निमा उदास देखिन थालेकी छे । अवोध छोरीको अनुत्तरीत प्रश्नहरु सुनेर पारु एकान्तमा निक्कै पटक एक्लै रोएकीछे ।) नानी तिम्रो पापा पछि आउनु हुन्छ तर आज पापाले फोन गर्नु हुन्छ ।
सुम्निमा मामु हाम्रो पापा हामी सँग रिसाउँनु भएको हो नत्र सबैको पापाहरु घरमा छन् मेरो पापा किन मसँग हुनुहुन्न
पारु हैन छोरी तिमीलाई तिम्रो पापाले अति नै मायाँ गर्नु हुन्छ । त्यहि भएर छोरीको लागि पापाले धेरै पैसा कमाउँदै हुनुहुन्छ ।
सुम्निमा हैन व्यारे तपाई जहिले पनि रुनु हुन्छ । म पापा आए पछि भनि दिन्छु । (छोरीको निर्मल बोली र बाल शुलभ निर्दोषपन देखेर पारुको मन भक्कानियो तर आफुलाई सम्हालेर बसी ।)

दिन भरी असारे झरी दर्की रह्यो । पारी धोवीडाँडामा हेर्दा हेर्दै पैह्रो गयो । मसिने कान्छाको घर र गोठ लग्यो । धन्न मान्छे र जनवारलाई केहि भएन । चिसाङ्ग खोलामा बाढि आएर वारपार गर्न सक्ने अवस्था छैन । धेरै दिन भयो लेटाङ्ग बजार जान नसकेको । धन्न बेलवारीबाट खैरेनी सम्म बस चल्नाले नुन तेल खानलाई खाँचो छैन । समय आफ्नै रफ्तारमा बहि रहेको छ । साँझ पर्ने बेला हुन लाग्यो तर सुम्निमाको पापाको अझै विदेशबाट फोन आएन । छोरीले पनि निरासाको आँखाहरु विछ्याई रही । पारुलाई घरि झनक्क रिस उठेर आउथ्यो तर मनलाई काबुमा राख्थी सायद कामको चापले गर्दा समय भएन होला । फेरी सोच्थी जस्तो सुकै भए पनि छोरीको जन्मदिन भन्दा अर्को महत्वपूर्ण काम के हुन सक्छ र कल्पना गर्दा गर्दै कहाँ हराउन पुगी सुम्निमाले आवाज दिदा झसङ्ग भई ।

सुम्निमा मामु भोक लाग्यो ।

पारुलाई आपत पर् यो फोनको प्रतिक्षामा आज खाना बनाउन नै भुसुक्क विसर्िएछ । आफुलाई बेहोसी ठानेर ग्लानी गरी । अनि छोरीलाई लिएर चुल्हो तिर लागी ।

बाहिर गाडिको आवाज र हर्न बजेको सुनियो । केहिबेरमा परिचित स्वरले ूभाउजुू भनेको सुन्दा पारु नराम्ररी झस्कीन पुगी । उस्ले त्यो स्वरलाई नजिकबाट चिनेकी थिई । त्यो स्वर अरु कसैको नभएर एकलव्यको थियो । पारु एकै श्वासमा दगुरेर बाहिर आई पुगी । बलेसीमा निथ्रुक्क भिजेर िकंर्तव्यमुढ ठिङ्ग उभिरहेको थियो ूएकलव्यू । पारुको खुशीको सिमा रहेन । एकछिनमा सुम्निमा पनि आई पुगी । एकलव्य घरि पारुलाई हेथ्र्यो घरि सुम्निमालाई तर केहि बोल्न सकिरहेको थिएन । उस्को बोल्ने सामथ्र्य हराई सकेको थियो ।

पारु भाई अनि दाजै खै त एकलव्यलाई एक्लै देखेर वलीहाङ्गको बारेमा चासो लिईन ।

एकलव्य केहि बोल्न सकि रहेको थिएन । दर्के पानीले बगाएको भाउजुको सिन्दुर तिर एकोहोरो हेरी रहेको थियो । जिज्ञासु आँखाले पापाको ममता खोजिरहेको सुम्निमाको मुहारमा नियाली रह्यो । त्यहि वेला गाडिबाट अन्य चार जनाले एउटा बाकस सन्दुक पारुको अगाडि ल्याएर राखी दियो । पारुलाई त्यो बाकस भन्दा पनि वलीहाङ्गको बारेमा जान्ने उत्सुकताले छोडेको थिएन । पानीले रुँझेको शरिर कमाउँदै त्यहि प्रश्न पटक पटक एकलव्यलाई सोधिरहेकी थिई । एकलव्यका ओठ कामीरहेका थिए । आँखाहरु बर्षौ शोकमा डुवेका जस्ता देखिन्थे । हात गोडा थर्रथरी कामिरहेको थियो । विस्तारै हात उठाएर बाकस तिर संकेत गर् यो । तर पारुले केहि बुझ्न सकिरहेकी थिईन ।

पारु भाई छिटो भन न दाजै आउँनु भएन
एकलव्य भाउजु म कसरी बताऊ हाम्रो दाजै यो बाकस भित्र छ भनेर ………………………॥

यो कुरा सुन्ने वित्तिक्कै पारुले आफ्नो अगाडि भएको बाकस एकै झट्कामा उघारी । अहो ! पारु ठिङ्ग मुर्तिवत बनि । बाकस भित्र वलीहाङ्ग लम्पसार परेर मृत्युवरण गरी चीर निन्द्रामा सुति रहेको थियो । तर उस्का अनुहारका भावहरुमा असन्तुष्टी झल्किरहेको देखिन्थ्यो । यस्तो लाग्दथ्यो पारु र सुम्निमा प्रति भएको अन्याय देखि उस्को आत्मा रुष्ट थियो । पारुले वरिपरिको संसारलाई देख्न छोडि । वाक्य फुटेन । बेहोस बनेर वलीहाङ्गको पार्थिव शरिरलाई हेरीरही । केहि क्षणमै छिमेकीहरु भेला भई सकेका थिए । कोहि के भन्दै थिए कोहि के भन्दै थिए । विचरी सुम्निमा…॥ त्यहि भीडमा पापाको चेहरा खोजिरहेकी थिई । अनि मामुलाई भोक लागेको अनुनय गर्दै थिई । निक्कै समय पछि पानी थामियो । पारुलाई केहि होस आयो । छिमेकीहरुले घेरीको बिच भागमा आफुलाई पाई । आफ्नो सर्वश्व हरण भई सकेको थियो । कारण वलीहाङ्गको असायामिक निधनले उसको संसार अध्यारो बनेको थियो । बिचरा वलीहाङ्ग काम गर्न विदेश गएको तर सुतेको अवस्थामा नै मृत्युवरण गर्न पुग्यो ।
पारु (बाकसमा भएको लाश छेऊ रुँदै) मेरो देव मेरो राजा तपाई सारै निस्ठूरी हुनु भयो । यो कहाली लाग्दो संसारमा हामीलाई एक्लै छोडेर तपाई जान पाउँनु हुन्न । तपाईले मलाई बाचा गर्नु भएको थियो की तपाईले कहिले पनि हाम्रो साथ नछोड्ने भनेर आज फेरी यो दोबाटोमा अलपत्र पारेर जान पाउनु हुन्न । हाम्रो यात्रा अधुरो छ । तपाई विनाको यो जीवन व्यर्थ र बेकाम हुनेछ ।

छिमेकीहरुले पारुलाई सम्झाउँन थाले । तर कस्को मन थामिन्छ र अवोध सुम्निमाले केहि बुझ्न सकिरहेकी
थिईनन् । मामुको आँखामा आँशु देखेर रुन्चे मुहार लिएर मामु नजिक आई ।

सुम्निमा मामु तपाई किन रुनु भएको नरुनु न पापाले फोन नगरेर रुनु भएको हो म पापालाई फोन गर्नु भन्छु नी मामु…………
पारु रुँदै छोरीलाई अंकमाल गर्दै छोरी तिम्रो पापाले हामीलाई कहिल्यै पनि फोन नगर्ने भनेर हामी सँग रिसाएर जानु भयो ।
सुम्निमा हैन तपाई झुट बोल्दै हुनुहुन्छ । (सुम्निमा ठुस्कीएर बाकस तिर फर्कि । बाकस भरि बरफ देखि अझ चियाएर हेरी बरफ भित्र पापाको अनुहार देखि । अचानक सुम्निमाको मुहारमा खुसिका रेखाहरु छरिए) मामु………॥ पापा यहाँ लुकेर बसिरहनु भएको छ ।

सबैको आँखा त्यो अवोध बालिका तिर गयो । हरे ! निर्दोष त्यो बालिकाको बाल शुलभ बोलीले सबैको छाति चिरीयो । पारु झन्झ्न रुन थाली । केहिबेर पश्चात उसको वाक्य बस्यो हेर्दा हेर्दै बेहोस भई । सुम्निमा घरी मामु भएको तिर आएर घच्घचाउँछे घरी पापाको लाश भएको बाकसमा गएर पापालाई बोलाउँछे ।

सुम्निमा पापा उठ्नु न हो………॥ (लाडे स्वरमा) मामु रुँदै हुनुहुन्छ । पापाले मलाई जन्मदिनमा बरफ ल्याई दिनु भएको हो ? हेर्नु…………. (छिमेकीहरुलाई वरफ देखाउँदै) पापा मलाई बरफ ल्याई दिनु भएको छ । पापा तपाई म सँग नवोल्ने ? म पनि बोल्दिन नी फेरी………………………………पापा………………॥ पापा………॥ बोल्नु न …………। सबैको आँखाहरु रसाएका थिएँ । कसैले सुम्निमालाई सम्झाउँने शाहस गरेनन् । पारु बेहोस…………॥ बेहोस………साँझ झमक्क पर्न लागेको छ । पानी पर्न ठप्प रोकिन्छ ।

पर्दा खस्छ !

समाप्त !

-तीर्थ संगम राई
हाल : दोहा, कतार ।
naimarai@gmail.com

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *