के ठान्यौ हँ! आन्दोलनले भाचेको खुट्टा हो र?
दौडिनेको लागि यहाँ साचेको खुट्टा हो र?
बैरी आफै, आफ्नै बैरी ठानेर युद्ध गर्दै!
बन्दुकको गोलि सँगै नाचेको खुट्टा हो र?
गरिवको पेट लुटी, आफ्नै खल्ती भर्न !
टाउको दुख्दा पेट छाम्दै जाचेको खुट्टा हो र?
छिमेकिले खेती खाँदा, आफु घाम ताप्ने!
क्षतिपूर्ति मागी खान बाँचेको खुट्टा हो र?
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar