नेपाली साहित्यमा गजल भित्र्याउने र लोकपि्रय गराउनेमध्येका स्रष्टा हुन्, ज्ञानुवाकर पौडेल। उनको पहिलो गजल २०३५ सालमै प्रकाशित भएको थियो। तर, यसभन्दाअघि ०२९ सालमै ज्ञानेश कान्तिपुरेका नाममा उनी गजल लेख्थे। उनी आफूलाई गजलमा लोकपि्रय गराउनेमा अभिव्यक्ति पत्रिकाको ठूलो भूमिका रहेको स्वीकार्छन्। ०३५ सालमा ज्ञानुवाकरका नाममा प्रकाशित पहिलो गजल पनि अभिव्यक्तिमै प्रकाशित भएको थियो। कोमल भाषामा कठोर घुँयत्रो हान्न उनी खप्पिस छन्, गजलमा। पछिल्लो समय जिन्दगी छैन अचेल जिन्दगीजस्तो गजलसंग्रहमा देखापरेका ज्ञानुका सिर्जनाहरू राजनीतिभन्दा बढी सामाजिक विसंगतिका जगमा बुनिएका छन्। तर, यसबाहेकका प्रेम-प्रणयमाथि पनि उनको कलम पठनीय देखिन्छ। जिन्दगी छैन अचेल जिन्दगीजस्तो हेर्नूस् न ! मान्छे भो आज कति सस्तो हेर्नूस् न ! उनका गजलका एक पंक्तिले नै सम्पूर्णता बोल्छ र मानिसको मन तरङ्गित पार्छ। उनी गजललाई पुरातन सूत्रमै बाँधेर प्रस्तुत गर्नुपर्ने आवश्यकता नठान्ने र अरू विधामा झैँ गजलमा हुने परविर्तनलाई पनि स्वीकार्नुपर्ने विचार राख्छन्। उनका विचारमा केही झोलाछापे र फुटपाथे वैद्य-कम्पाउन्डरहरूले गरेका गल्तीका कारण जसरी सम्पूर्ण चिकित्साकर्मीहरू गलत ठहरनि सक्तैनन्, त्यसैगरी कसैले केही असाहित्यिक र अकलात्मक स्तरका हल्काफुल्का गजल लेख्दैमा गजलको अस्तित्व संकटमा परेको ठान्न सकिँदैन। उनको यो विचार सिर्जनाका हरेक क्षेत्रमा लागू हुन्छ। त्यसैले पनि होला, उनी यस संग्रहमा कतैकतै ईष्र्यालाग्दो ढंगमा प्रस्तुत भएका छन्। एउटा उदाहरण ः मन्दिर कस्तो सुनसान भएछ गायब कहिले भगवान् भएछ। अर्को उदाहरण ः आसन्न मृत्यु खोकी राख्यौ बोझ जिन्दगीको बोकी राख्यौ… माग्दा हिसाब मेरो बैँसको ओठ आफ्नो टोकी राख्यौ। उनका गजलमा जीवन छ, सँगै मृत्यु पनि मुखरति छ। उनका गजलमा प्रेम छ तर सँगै वियोग र विरह पनि आएको छ। गजलका मानक भएकाले उनका रचनाबाट यस पुस्ताले धेरै सिक्नसक्ने अपेक्षा गर्न सकिन्छ। तर, केही गजलहरू हतारमा लेखिएका जस्ता लाग्छन्। गजलमा उठाइएका भाव र प्रस्तुति यीभन्दा अझ सशक्त ढंगले उनका कलमले लेख्नु पथ्र्यो जस्तो लाग्छ। एउटा उदाहरण ः कति कुरा भन्नुभयो कति कुरा सुन्नुभयो। यस गजलका तलका हरफले बढी प्रभाव दिन खोज्छ तर शेरमै यो कमजोरी उनका गजलमा अनुमान गर्न सकिन्छ। ‘कसको प्रभाव छ यो देशमा, मौसम खराब छ यो देशमा’, ‘बाँच्नु मलाई परहिास भो, आफ्नै घर आज वनबास भो’जस्ता गजलका लहरमा ‘बिर्सन पनि गाह्रो लाग्छ, सम्झन पनि अप्ठ्यारो लाग्छ’जस्ता गजलले उनको हडबडीपूर्ण अवस्थाको चित्रण गर्छन्। यति हुँदाहँुदै पनि उनी गजलका सशक्त हस्ताक्षर हुन्। जिन्दगी छैन अचेल जिन्दगीजस्तो स्रष्टा : ज्ञानुवाकर प्रकाशक : साहित्य परिवार पृष्ठ : ६४ मूल्य : १०० – रमण घिमिरे