स्व स्वप्निल स्मृति नयाँ पुस्ताका सर्जक हुन्। ‘५० को दशकदेखि कविता लेखनमा लागेका उनका हालसम्म दुईवटा कवितासंग्रह प्रकाशित छन्। खास विचार बोकेर लेखनमा जुटेका स्मृति सिर्जनशील अराजकताका साथसाथै विशेष रंगवादजस्ता काव्यिक आन्दोलनसँग पनि जोडिएका छन्। तर, त्यसभन्दा भिन्न काव्य सौन्दर्य र चेतनाका दृष्टिले उन्नत कविताका बान्की लिएर देखापरेका छन्। त्यसैको पछिल्लो कडी हो, बाडुली र सुदूर सम्झना।
३१औँ वर्षमा पाइला चालिरहेका स्मृतिले त्यति नै संख्याका कविता समावेश गरेर पछिल्लो संग्रह प्रकाशित गरेका छन्। लेखनमै लागेर केश फुलाएका र सिद्धहस्त कविहरूलाई पनि हाँक दिने शैलीका उनका यस संग्रहका केही कविता वास्तवमै उच्चकोटिको छन्। छोटोमा ६ हरफको -नयाँ वर्ष, पृ ४०) र लामा कवितामा पुरानो मजदुर -पृ ३६) एवं पूर्वछापामार -पृ ९०) उनको कविता लेखनका उच्च कोटिका कविता हुन्। अयोग्य लडाकूको दैनिकीमा आधारति ‘पूर्वछापामार’ शीर्षक कविता विषयवस्तुमा सलल बगेको कविता हो। अयोग्य लडाकूको वास्तविकता यस कवितामा ज्यादै मनछुने ढंगले उजागर भएको छ। समकालीन नेपाली कविता यात्रामा यस्ता कविता कमै लेखिएका छन् भन्दा अत्युक्ति हुँदैन।
त्यस्तै विम्ब प्रयोग र सौन्दर्यचेतनाका दृष्टिले चङ्गा -पृ २३), बालुवाटार -पृ २६) र काग -पृ ४०) त्यस कोटिका कविता हुन्। जसले मै हुँ भन्ने कविलाई पनि हाँक दिन्छन्। त्यस्तै, मधेस -पृ १०), दरबार -पृ १३), चक्रपथ -पृ १६), सहिद -२८), ओ मेरो पि्रय युद्ध -पृ ८५) मध्यम खालका कविता हुन्।
केही कविताहरू पढ्दा खास विचारवाहकजस्ता लागे पनि उनको ‘म को हुँ?’ र त्यसको जवाफमा फेर ि’म होइन कि !’ भन्ने भाव र अभिप्रायका कविता पढ्दा पाठक अलमलिन सक्छन्। कहीँ ज्यादै सुन्दर विम्ब प्रयोग गरेका छन् भने कहीँ ठाडो नारावाद पनि अँगालेका छन्। यस पक्षमा उनलाई बुझ्न गाह्रो छ। तर, उनी प्रस्ट छन्। लेखनमा कहीँकतै सिर्जनशील अराजकता पनि छ। चङ्गा र अरू सम्बोधन यसका दुई उदाहरण हुन्।
यस संग्रहमा परेको अर्काे एउटा रोचक कविता हो, सहिद। दैनिक पत्रिकाका सम्पादकलाई सम्बोधन गरएिको यो कविता समसामयिक त छ नै, आमकविको पीडालाई पनि सामान्यीकृत गरेर लेखिएको छ। तर, आफ्नो गाउँठाउँ, रीतिरविाज र संस्कृतिमा आधारति उनका कविता भने कमजोर छन्। खास गरी, जिन्दगी माइला -पृ ४२), यदि बालापन फर्किने भए…-पृ ४६), धोका -पृ ४८), बुबा -पृ ५२), आत्महत्याको सौन्दर्य -पृ ५६), उपहार -पृ ६०), शङ्खेेकीरा -पृ ६२), इँटाको रातो जंगल -पृ ६५)जस्ता उनका केही कविता सामान्य खालका छन्। यिनले कविता लेखनको परम्परागत प्रवृत्तिलाई नै अँगालेका छन्। यी कवितामा नवीनता केही छैन।
‘आममानिसले बुझ्दै आएको ‘स्व’को अर्थ र तपाईंले प्रयोग गर्नुभएको ‘स्व’को अर्थ एउटै हो?’ जवाफमा उनले भनेका थिए, “होइन, मैले प्रयोग गरेको स्वको अर्थ आफैँ हो। अन्य होइन।” यसैगरी, स्वप्निल आफ्ना कवितामा पनि नवीन प्रयोगतर्फ आकषिर्त भएका छन्। सनमान चेम्जोङलाई स्व स्वप्निल स्मृतिमा परविर्तन गरेजस्तै कवितामा उनले गरेका प्रयोग पनि अनौठा खालका छन्। जस्तो ः ‘डाँकाहरू लेखिरहेछन् शान्तिका प्रतिवेदन’ -पृ २) र ‘तिम्रो हातमा छ राष्ट्रिय झन्डा, जो हो तिम्रो गुप्ताङ्ग छोप्ने हतियार -पृ २१) अति प्रयोगका नमुना हुन्। यस्ता केही कमी-कमजोरीका बाबजुद समग्रमा संग्रह पठनीय छ। र, यसले स्वप्निलको उज्यालो भविष्यलाई नै इंगित गर्छ।
बाडुली र सुदूर सम्झना
स्रष्टा : स्व स्वप्निल स्मृति
प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौँ
पृष्ठ : १०+९८
मूल्य : १५० रुपियाँ
– ईश्वरी ज्ञवाली