मूलतः बालसाहित्यको क्षेत्रमा स्थापित स्रष्टा हुन्, शर्मिला खड्का -दाहाल)। उनको साझा बालसाहित्य पुरस्कारबाट सम्मानित उपन्यास सानीको साहस अंग्रेजी भाषामा अनूदित भई व्यापक पाठक समूहसम्म पुगिसकेको छ। दुई भागमा छापिएको त्यस पुरस्कृत कृतिबाहेक खड्काले अरू आधा दर्जन बालोपयोगी साहित्यिक कृतिको प्रकाशन गरसिकेकी छन्। ती कृतिका आधारमा नेपाली बालसाहित्यको क्षेत्रमा उनको विशिष्ट स्थान बनिसकेको छ।
विसं २०६५ मा आएर भने खड्काको रचनात्मक यात्रामा नयाँ मोड आएको देखिन्छ। त्यस साल उनले बालसाहित्य-लेखनलाई थाँती राखेर सबै उमेर-समूहका पाठकका लागि समान रूपले रुचिकर हुनसक्ने कथा-कहानीमा हात हाल्ने जमर्को गरनि्। त्यसैको परण्िाामस्वरूप उनका कथाहरूको पहिलो संग्रह समयको क्यानभास त्यही साल प्रकाशित भयो। त्यसको तीन वर्षपछि अथवा ०६८ सालमा खड्काका दुई कृति सिर्जना र सन्त्रास -संस्मरणसंग्रह) र क्यानभासमा कोरएिका कथाहरू कथाशृंखला पाठकसामु पुर्याइएका छन्।
यस सानो लेखमा चर्चा गर्न लागिएको कृति क्यानभासमा कोरएिका कथाहरूलाई खड्काले कथाशंृखला भन्ने नाम दिएकी छन्। २५ थान विविध क्यानभासमा कोरएिका छुट्टाछुट्टैजस्ता पनि देखिने तर कथावाचक र सहयोगी पात्रहरू दोहोरएिकाले एउटै लामो कथाका भागहरूजस्ता पनि लाग्ने भएकाले कथाकारले यस क्यानभास कथाहरूलाई कथाशृंखलाको नाम दिएको हुनुपर्छ। यस कोणबाट हेर्दा संग्रहमा प्रस्तुत शृंखलाबद्ध कथा-कहानीलाई एउटा लामो मालामा उनिएका र एक-आपसमा गाँसिएका कथा-उपकथाहरूको समुच्चय रूप पनि भन्न सकिन्छ। धेरैजसो कथाहरूमा कथावाचक कथाकार र उनले आफ्ना कथा-व्यथा, भावना, चिन्तन र अनुभूतिहरूको विनिमय गर्ने पात्र दिवाकर नेपालीका बीच अन्तरक्रियात्मक संवाद दोहोरएिकाले यस सम्पूर्ण कृतिलाई एउटा उपन्यासका खण्ड-प्रखण्डका हिसाबले पनि पढ्न र बुझ्न सकिन्छ।
कथाकार खड्काले यी २५ वटा क्यानभासमा जुन चित्र वा कथा कोर्न खोजेकी छन्, त्यो चित्र वा कथाको स्रोत भने नेपाली समाज नै हो। अर्को ढंगले भन्ने हो भने यी क्यानभासहरूमा आजको नेपाली मान्छेका विविध रूप उसका दुःख-सुख, पीर-व्यथा, मानसिक अवस्था, संघर्ष, जित-हार र उसको भत्किँदै गएको स्वत्व र सांस्कृतिक चेतनाको कोलाज नै कोर्न खोजिएको छ। समसामयिक नेपाली समाजले भोग्नुपरेका र भोगिरहेका त्रासद स्थितिहरू र तिनका कारण नेपालीहरूको विखण्डित पहिचानलाई पनि यी क्यानभासहरूमा रेखांकित गर्न खोजेकी छन् खड्काले।
१० वर्ष लामो राजनीतिक अस्थिरता, उपभोक्तावादी संस्कृतिको घातक प्रभावका कारण बिगि्रँदै गएको मानिस-मानिस, मानिस र परविार र मानिस र समाजका बीचको सम्बन्ध, आर्थिक परसिूचकहरूको मानवीय मूल्य र मान्यता एवं नैतिकतामाथिको आक्रमण, मान्छेको यौनिक मान्यतामा आएको अकल्पनीय परविर्तनजस्ता आजको नेपाली समाजका वस्तुतथ्य र समस्याहरूलाई पनि खड्काले आफ्नो कथाशंृखलाका विषयवस्तु बनाएकी छन्।
आफ्ना रचनामा खड्काले लैँगिक विभेदका समस्याहरूलाई पनि उठाउन खोजेकी छन्। तर, उनी भावुक र एकतर्फी महिलावादीका रूपमा भने प्रस्तुत भएकी छैनन्। उनले शंृखलाका केही कथामार्फत आजको नेपाली समाजमा विषाक्त हावाझैँ फैलिँदै गएको नेपाली महिला अधिकारवादीहरूको अनर्गल सोच, छाडापन र नेपाली महिलाका वास्तविक समस्याहरूप्रति आँखा चिम्लेर एनजीओ प्रायोजित कुराहरूतर्फ दौडिने प्रवृत्तिहरूप्रति कटाक्ष पनि गरेकी छन्।
शृंखलाका बहुसंख्यक कथाहरू स्त्री-पुरुष सम्बन्धमा आधारति भएकाले खड्काले स्त्री-पुरुषका बीच हुने सबैभन्दा व्यापक र अन्तरंग सम्बन्धको विषयवस्तु दैहिक अभिसारको पनि प्रछन्न वर्णन गरेकी छन्। उनका कतिपय पात्रहरूको चरत्रिमा अरू सहज मानवीय गुणका अतिरत्तिm यौनजन्य चाहना, आवश्यकता र यौनलाई लाभकारी विषयवस्तुका रूपमा प्रयोग गर्ने लालसा अलि बढी नै मुखर रहेको देखाइएको छ। समाजमा मौजूद हरेक प्रकारका स्त्री चरत्रिको कथा कहने प्रयत्न गर्दा यौनजन्य हिंसाका सिकार, यौन मनोविकारले ग्रस्त र वेश्याहरूको कथा पनि स्वतः आउने हुनाले खड्काका कतिपय कथा तिनकै सेरोफेरो घुमेका छन्। त्यस्ता चरत्रिहरूको चर्चा गर्दा कथाकारले भाषिक र भंगिमागत संयम राख्न सकेकाले हुनुपर्छ, ती कथाहरू भद्दा हुनबाट बचेका छन्।
क्यानभासमा कोरएिका कथाहरूको सबैभन्दा कमजोर र पट्यारलाग्दो कुरो भने क्यानभास नै भएको छ। आजको नेपाली मान्छेका विविध रूप र अवस्थाको चित्रण गर्न खोज्दा कथानकको बुनोट, चरत्रिहरूको गतिविधि, घटना-उपघटनाको सटीक वर्णन र परविेशको आकर्षक चित्रांकनबाटै गर्नुपर्नेमा फरक-फरक स्थिति र परििस्थतिका लागि फरक-फरक शीर्षकको क्यानभास दिएकाले पाठकको उत्सुकता शीर्षक हेरेदेखि नै कम हुँदै जान्छ र एउटा सफल आख्यानका लागि अति आवश्यक पर्ने रहस्य र रोमाञ्चको तत्त्वले आकार नै लिन पाउँदैन।
शृंखलाका कथाहरूमा कथावाचकको हरदम उपस्थिति पनि रुचिकर लाग्दैन। दिवाकर नेपाली नामक काल्पनिक पात्र र कथावाचकका बीचको पत्राचार, संवाद र कथावाचकका लामालामा एकालापी वाद-विवादले कथाको प्रवाहमा व्यवधान पैदा गर्छ। धेरैजसो कथाहरूमा परविेशलाई जीवन्त बनाउने प्रयास लगभग शून्य नै छ भने पनि हुन्छ। यसले गर्दा यी कथाहरू रसिला हुनसकेका छैनन्। कथावाचक वा कथाकारको जीवन र जगत्का बारेको ज्ञान र उसले बनाएको सोचको अभिलेखीकरणले मात्र आख्यानलाई सफल बनाउन निकै कठिन हुन्छ।
शर्मिला खड्का -दाहाल) पछिल्लो समयमा नेपाली साहित्यमा देखापरेकी समर्पित लेखक हुन्। उनका क्यानभास शृंखलाका यी कथाहरू पढ्दा उनले नेपाली समाज र मान्छेका विविध स्वरूपलाई राम्रोसँग केलाउने र बुझ्ने क्षमता राख्छिन् भन्न गाह्रो पर्दैन। उनको कथाकारका लागि आवश्यकता केही कुराको छ भने परमिार्जनको छ र कथालाई कथाभित्रकै संरचनागत बुनोट र पात्रहरूको गतिविधि एवं परविेशको चित्रणबाट अगाडि बढाउने र पाठकलाई चमत्कृत पार्नसक्ने सीपको। खड्काले यी कुरातर्फ ध्यान दिनेछिन् भन्ने पंक्तिकार आशा गर्छ ।
क्यानभासमा कोरिएका कथाहरू
लेखक : शर्मिला खड्का (दाहाल)
प्रकाशक : स्वणिर्मा नवसाहित्य प्रकाशन
मूल्य : २१० रुपियाँ
पृष्ठ : १९१