“जैमली साहित्य तथा जैमली डायस्पोरा साहित्य पुरस्कार

नेपाली स्रष्टाहरू जो मातृभूमि नेपाल र परदेशमा रहेर नेपाली साहित्यको सेवा र संरक्षणमा आफूलाई समर्पित गरिरहनु भएको छ, उहाँहरूप्रति समर्पित छ यो जैमली साहित्य पुरस्कार ।

हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानद्वारा स्थापित जैमली साहित्य पुरस्कारले प्रत्येक वर्ष दुई स्रष्टाका कृतिलाई पुरस्कृत गरिने छ ।
“जैमली साहित्य पुरस्कार” जुनसुकै क्षेत्रमा रहेर जुनसुकै विधामा लेखिएको एक कृतिलाई प्रदान गरिने छ ।
“जैमली डायस्पोरा साहित्य पुरस्कार” डायस्पोरामा रहेर कृति प्रकाशित गर्ने नेपाली स्रष्टाका कृतिलाई प्रदान गरिने छ ।
पुरस्कार राशीः जैमली साहित्य पुरस्कार पन्ध्र हजार रूपैयाँ र जैमली डायस्पोरा साहित्य पुरस्कार दश हजार रूपैयाँ तथा प्रमाणपत्र रहेको छ ।

प्रतिष्ठानको कार्यालय ५२ तारामार्ग, सिनामंगल, काठमाण्डौ मा रहेको छ ।
Email: jaimaliawards@gmail.com

प्रकाशित पुस्तकहरू प्रतिष्ठानको कार्यालयमा उपलब्ध गराइ दिन पनि सम्पूर्ण स्रष्टा तथा प्रकाशकहरूमा यो प्रतिष्ठान तथा जैमली पुरस्कार समिति हार्दिक अपील पनि गर्छ ।

हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानले छुट्टै अक्षयकोष स्थापना गरि विगत चार वर्षदेखि श्री जनता उच्च मा. वि हरैंचा मोरङमा वार्षिक करीव २५ हजार रूपैयाँ पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिष्ठानको संचालकमा प्राज्ञ डा. श्री विष्णुविभु घिमिरे, प्राज्ञ श्री ललिजन रावल, गीतकार तथा कवि श्री रमेश पौडेल, श्री फणीन्द्र पौड्याल र साहित्यकार श्री शिव प्रकाश रहनु भएको छ ।

धन्यवाद ।

जैमली साहित्य पुरस्कार ।”.

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *