हार्दिक श्रदान्जली !!
नेलसन तिमी यो धर्तिमा
आउनुको खास कारण थियो
बिधाताको योजनामा
तिम्रो जन्मको उद्देस्य महान थियो
सबै जन्मन्छन धर्तिमा घुमेर जानलाई
तिम्रो त अबतरण भएको थियो
युगको परिवर्तन गर्नलाई

तिमीले सिकाएको पाठ घोक्दै घोक्दै
तिमीले हिंडेको पाइलालाइ नाप्दै नाप्दै
धर्ती भरिको चेला चेलीहरु अघी बढी रहने छौ
तिमीले समातेर तानेको त्यौ डोरिलाई
कसम खान्छौ,टुत्न दिने छैनौ
आफ्नो समान हक अधिकारको निम्ती
आफ्नो भाषा र धर्म सँस्क्रीतिको निम्ती
आफ्नो भुमी र जातिय पहिचानको खातिर
विश्व भरिको हामी तमाम
उत्पीडित,शोषित,उपेक्षित,बिभेदको सिकार
जो सदियौ देखी दल दलमा फसी रहेका छौ
हो हामी सबै सबै एक साथ मिलेर
तिमीलाई आत्मा भित्र धारण् गरेर
स्वतन्त्रताको निम्ती,बिभेदको निम्ती
आवाज बूलन्द् गरी रहने छौ
मानब बिचको समानता अनी प्रेम र शान्तिको निम्ती
यात्रा अबिरल जारी राख्ने संकल्प गर्दछौ

किनकी तिमी त सदा सदा कालको निम्ती
अमर अजर बन्दै हाम्रो साथ साथ छौ
युगौ युग सम्म तिमी जिबन्त रहने छौ
कसरी मानौ र हामीले तिम्रो देहाबसान भयो भनेर
तिम्रो महान तपस्या र साधनाको प्रतीफल
संसारको कुना कुनामा ब्यप्त छ् प्रेरणा पुन्ज बनेर
धर्ती धन्य भएको छ् ,आकास नि धन्य भएको छ्
तिमी जस्तो महान आत्मालाई अबतरण गराएर

मलाई विश्वाश छ्,हे महान आत्मा
तिमी समाधी कस्दै छौ चिर शान्तिको साथमा
कृपालु परमात्मा सँग एककार भै आनन्द् पूर्वक
तिम्रो कर्मको बिज सदा पुषपित र पल्भित हुँदै
धर्ती सुबासी रहने छ्,मन मनको बिचमा सर्बदा बाँचेर

तै पनि मेरो अज्ञानी मन मानेन
जीवन र जगतको कुरालाई पटक्कै जानेन
अनी त मन थामेर भन्दै छु
आँसु भरिएको नयनले
भाब बिभोर हुँदै यो क्षण म गल्दै छु
नेलसन तिम्रो महान आत्मालाई सलाम गर्दै
चिर शान्तिको कामना गर्दै
हार्दिक श्रदान्जली अर्पण गर्दछु
हार्दिक श्रदान्जली
हार्दिक श्रदान्जली
महान आत्मालाई हार्दिक श्रदान्जली !!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *