'नेपाल',नाम सुन्न बित्तिकै । उनले भनिन । 'ए नेपाल हिमालय, सगरमाथाको देश'
मैले गर्वले छाती फुलाउदै 'हो'भने

उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी ।

'तिमी पनि पदन आएका हौ'? उनको प्रश्न तेर्सियो मतिर ।
'होईन' म त काम गर्न आएको' मैले भने

'पदाई कहाँ पुर्याएर छोडेउ त'? 'डिग्री पददै थिए । बिचैमा छोडेर आएको'
'डिग्री पदेको मान्छे के काम गर्छौ त'? उनले मतिर नजर फ्याक्दै सोधिन ।
मैले निधार खुम्चाउदै भने'के काम गर्नु फलाम ग्रेंदिंङ गर्छु ।
उनले नाक खुम्चाएर भनिन 'के यस्तै काम गर्न तिमीले डिग्री पदेको'?

झोलाको गोजीबाट पानीको बोटल निकालेर पिउदै भने'के गर्नु त हाम्रो देशको
शिक्षा व्यवहारिक नै छैन ।

'अनि डिग्री पदेको मान्छे आफ्नै देशमा केही गर्न सकेनौ'? नदी किनारमै
साकुराको सियाल मुनिको फलामे बेन्चमा बस्दै सोधिन ।

' ह्या के गर्नु हो'? राजनितिक स्थिति डामाडोल छ। नेताहरूले देश खत्तम
भनाए ।' म पनि बेन्चमा बस्दै भने ।
उनी खितित- खितित हाँस्दै भनिन ।'तिम्रो देशमा चुनाव हुदैन?
'हुन्छ । अब फेरी हुँदैछ रे' म गम्भीर हुँदै भने ।

ब्यागबाट चिसोको क्यान निकालेर खोल्दै बोलिन ।'नेताले देश कसरी बिगारे त'?
मैले पानीको बोटल खेलाउदै भने 'हाम्रा नेताहरू नै खराब छन् ।

फेरि मुस्कुराउदै भनिन । ' चुनाव हुन्छ भन्छौ' । नेता खराब छन् भन्छौ ,
त्यसो भए खराव नेतालाई किन भोट दिएर जिताउछौ त'?

उनको सोधाईले मेरो बोली घाटीमै अडकियो । म घोप्टो परेर शिर झुकाएर
निहुरेर बसे । केही छिन पछि सुईय सुस्केरा हाल्दै भने 'हाम्रो देशका
जनताको चेतना स्तर अझै उठन सकेको छैन'।

शिशिर लाग्दै छ । चिसो सिरेटो चल्न थाली सकेको छ । हामी बसेको बेन्चको
छेउमै लाहुरे फुल मुस्कुराईरहेको छ । रङ्गी,बिरङ्गी पुतलीहरू उडिरहेको छन
। हामी पनि यसरी नै उडन पाए जिन्दगी कति रमाईलो हुदो हो ?

एकछिनको मौनता पछि बोलिन । 'नेपाल फर्के पछि के गर्छौ त'?
मैले अनकनाउदै भने 'सोचाई त कृषिमा केही गर्ने हो हुन त टुरिजममा पनि लगाब छ' ।

'गूड- गूड राम्रो सोचाई,'तिम्रो देशमा प्रकृतिले त्यति धेरै सम्पति दिएको
छ । । 'अहिले टुरिजम ब्यापार विश्वभर फस्टाए छ, यसबाट नै धेरै देशहरूको
अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । तर तिम्रो देश् किन गरिब, ?
'हाम्रो देशमा हिमाल होईन'। ' सुन खानी भएको भए हाम्रो देश धनी हुन्थ्यौ होला'।

उलले खित्का छोडदै भनिन ।'तिम्रो देशमा सुन खानी भएको भए झन् गरीब हुन्थ्यौ, ।
'सुन त झिक्दा झुक्दै सकिन्थ्यो,। हिमाल कहिल्यै नसकिने सम्पति हुन,।
'सदपयोग गर्नु पर्छ,।

उनको कुराले मेरो मन् चसक्क भयो ।

सोचे हामीलाई प्रकृतिले लालीगुरास फुल्ने पाखा , सुनगाभा झुल्ने पखेरी
,नागबेली खोलानाला , झरणा , दन्ते लहरमा मुस्कुराई रहेका हिम शिखर के
दिएको छैन ?

मैले बेन्चबाट उठदै भने ' छोड यी कुरा अब जानु पर्छ्'।
बसन्ती हावाले उनको केश मेरो अनुहार भरि स्पर्श गराई दियो ।
उनले केश गुजिल्टो पार्दै भनिन । 'होईन यो हान नदि कुन दिशातिर बगेको छ'?
मैले पनि रेला गर्दै भने गुगलमा सर्च गरन'

हामी छुट्टिनु थियो ।
ट्रेन स्टेसन आए पछी मैले भने 'अब कहिले भेटने'?
'म फेसबुकमा म्यासेज गर्छु नी' जवाफ आयो ।

हाम्रो जाने ठाउँ ठीक बिपरित रहेछ ।
उनी पश्चिम म पूर्व

उनी हात हल्लौउदै ट्रेन चदिन ।
म पनि निमेषभरमै चदे ।

कोचाकोच ट्रेनमा उभिदै
फेसबुकमा म्यासेज पठाए।
'हन नदि जस्तै कुन दिशामा बगेको थाहा नहुने गरि वेपत्ता नहुनु है'

आधा मिनेटमै जवाफ आयो ।
'सिल्ली ब्वाय'

निश्चल काउचा
चौराहा - १ - बाग्लुङ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *