नारी तिमी एक होइनौ, अनेकतामा महान शब्द
दिन रात अटल अमर , नाता गास्यौ यिनै संग
सूर्य ,चन्द्र ,अग्निदेव , न्यानो माया तिम्रो प्रकाश
क्षितिज पनि छुन सक्ने ,बिशाल तिम्रो छाती आकाश !!!
घुमिरहने घडी अनि , कति कंचन नदी बग्छ
माली बन्यौ बगैचाको , रंगी चंगी फूल फुल्छ
बाठी रै छौ नारी तिमि , आफ्नो भागमा सत्र पार्यौ
फूल फुल्ने बगैचाको , चापी आफ्नै हातमा झार्यौ !!!!
अधिकार समानता , रक्षा किन चाहियो भन्छेउ ?
बिधि तिम्रै बिधान तिम्रै ,कुन कानुनको लागि लड्छेउ ?
डाली माली फूल संग , अधिकारको कुरा छैन
समानता भन्दा पनि ,महानता कम हैन !!!!
स्वर्ग यही हो तिम्रो घर , तिम्रो आँखै समानता
सर्बधन माया बाड़छेउ, सर्बगुण महानता
माली डाली बगैचाको ,उपहार आफ्नै हातमा
भाग्यमानी रै छौ नारी ,जित्यौ संसार लियौ हातमा !!!!
तिम्रो नामको बांकी नाता ,ब्यर्थै शब्द चाहिदैन
अनेकतामा महान एक ,आमा भन्दा अर्को छैन
तिम्रो ख़ुशी बगैचाको ,मलजल यो फुललाई
बास्नादार फूल फुलाउ,छानी सारा दुर्गन्धलाई !!!!
( नारी दिवश २०१४ मार्च ८ बिशेषांक )
छबिलाल सापकोटा ” रातामाटे ”
हाल :- योकोहामा ,जापान
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र