१.
सपना देखेँ
फुटेर नाकाबन्दी
डुबेछ देश ।
२.
ज्यूँदो अस्तित्व
गिद्धहरूका सामु
लाश बनेछ ।
३.
धर्मरिन्दै छ
नेपाली स्वाभिमान
अभाव निल्दै ।
४.
निर्धा परेवा
बाजको छाँयाभित्र
घुर्नै पो छाडे ।
५.
मेची र काली
साम्राज्यवाद भोग्दै
विदेश बन्दै ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *