-कोइँचबु काःतिच/राजेश हेताम
मेरो प्यारो डोहटिया
मेरो प्यारो गोलबजार
मेरो प्यारो सिराहा
प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … ।

अनयसै आँखा जुध्यो वीच दोबाटोमा
पर्खी बसेँ मायालु, गोल चक्कर चौबाटोमा
बिच्छाउँदै आँखा बाटोभरि मनै हरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

भेटघाटै गरौंला नि नयाँ वर्षको बेलैमा
खाउँला कसम नछुटिने सँगै धमिनी थानैमा
चल्यो नि लौ मनैमा मायाको हावा सरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

गाउँला गीत लौ लौ भाका एकादशी मेलैमा
लाउँला माया नाचेर झ्याउरे, चुट्का कमलदहैमा
मायाको चिनो हल्लाउँदै रुमाल फरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

मेरो प्यारो डोहटिया
मेरो प्यारो गोलबजार
मेरो प्यारो सिराहा
प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … ।
-कोइँचबु काःतिच/राजेश हेताम सुनुवार
मेरो प्यारो डोहटिया
मेरो प्यारो गोलबजार
मेरो प्यारो सिराहा
प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … ।

अनयसै आँखा जुध्यो वीच दोबाटोमा
पर्खी बसेँ मायालु, गोल चक्कर चौबाटोमा
बिच्छाउँदै आँखा बाटोभरि मनै हरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

भेटघाटै गरौंला नि नयाँ वर्षको बेलैमा
खाउँला कसम नछुटिने सँगै धमिनी थानैमा
चल्यो नि लौ मनैमा मायाको हावा सरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

गाउँला गीत लौ लौ भाका एकादशी मेलैमा
लाउँला माया नाचेर झ्याउरे, चुट्का कमलदहैमा
मायाको चिनो हल्लाउँदै रुमाल फरर
आउनु है मायालु घुम्नलाई गोलबजार ।

मेरो प्यारो डोहटिया
मेरो प्यारो गोलबजार
मेरो प्यारो सिराहा
प्यारो लाग्छ नि लौ आफ्नै गाउँघर … ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *