–कोइँच बु काःतिच
उफ !
म कलाकार रे
अनि
लेखक !
पत्रकार !
चित्रकार !
अधिकारकर्मी !
समाजसेवी !
काम नलाग्ने डुलुवा !
खोइ के खोइ के ?
रिङ–ने दा !
मेरो पहिचानमा धर्मसंकट !
म जे होइन त्यही बनाइएको छु
मलाई राम्ररी थाुछ –
म
के हुँ ?
को हुँ ?
मलाई था छ
मेरो खुबी
अनि मेरो हैसियत
मेरो पुर्खाको कथा व्यथा
मेरो पुर्खाको थाँतथलो …
मैले
मेरो बारेमा,
केही बोलेकै छैन
कसैलाई भनेकै छैन
अरुलाई कतै सुनाउन पाएकै छैन
खोइ,
मलाई बोल्ने, भन्ने, सुनाउने मौका र मञ्च दिएको ?
खिँचि काःत ६, ओखलढुंगा
सम्पर्क : ९७५१००७०२८, ९८४३३८८५०६
Please follow and like us: