बगायो फूल बाढीले मलाई दोष के दिन्छौ
उडायो पात आँधीले मलाई दोष के दिन्छौ ?

सिरानी भिज्छ मेरो नै उठायौ प्रश्न मै माथि
रित्यायो देश खाडीले मलाई दोष के दिन्छौ ?

जवानी ढल्छ कुन बेला नगर्नू लोभ भन्दै थें
गरायो पाप पापीले मलाई दोष के दिन्छौ ?

कसैको लागि हाँसो भो कसैको दु;ख देखेर
बनायो लाश स्वार्थीले मलाई दोष के दिन्छौ ?

तिमीले हेर्न सक्दैनौ भनें थें चोट ‘घायल’को
खसायो मोति नानीले मलाई दोष के दिन्छौ ?

दलबीर सिंह बराइली ‘घायल’
उमाकुण्ड गाउँ पालिका-६,रामेछाप
हाल:अलऐन,युएई
हजज मुसम्मन सालिम
मफाईलुन=४
१२२२ X ४
©घायल२०१७

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *