एकादशीमा
साथी भाई उफ्रदै
कमला स्नान ! 

Yadavraj Sharma Bhattarai

हल्लियो बाँस
चिसो बतास चल्दा
मनमा डर !

सुरेन्द्र महर्जन अमर

निलो नभमा
ताराबुट्टे पछ्यौरी
बादलु घुम्टो !

Urmila Pant

न्यानो अंगालो 
निक्कै खोजिनीति 
चिसो मौसम !

Parshu Rai

फक्रियो फूल
भवंरा भुनभुन 
विचरा मौरी !

Bp Milestone Koich

साँच्चै भनुँ त?
तिम्रो मन भन्दा त
शिशिरै तातो !

Saroj Dhital

पग्लेन हिउँ 
भो कि स्वीजरल्यान्ड
नेपाल हाम्रो !

BK Thapa

गोधुली साँझ
बिहानीको पर्खाई
मायालु मन !

Bhagawati Basnet

उमेर भीष्म
नाम सदा बहार
यो बालकृष्ण !

Khagendra Bashyal

रश्मि सूर्यको
पर्यो धरतीमा त्यो 
उठ जीवन। !

Nitendra Khanal

पहेँलो घाम
बुढ्यौलीको उमेर
ठिहिरो याम !

चिसो न चिसो
मान्छेको संवेदना
स्वार्थको लिसो !

हुरी र झरी
कर्मनै नित्य ओत
यो जुनीभरि !

बाढीपहिरो
सत्ता,शक्ति र साँढे
शण्ठ बहिरो !

Amar Tyagee
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *