बेलुका खाना खाइसकेपछितपाईको छुट्टी होइन भोलि काहंा जाने
दिल्कुले सोधिन् । भखरै हंकंबाट नयंा सोच लिएर आइपुगेकी।उनलाई लण्डन राम्रो लाग्यो।तर हंकंमा वर्षौं लगाएर सिकेको क्याण्टोनी भाषाले यहां काम नगर्ने भएकोले दिक्क भएकी छन्। ऊनले फेरि धेरै पहिले सिकेको थन्क्याएकेा अंग्रजी डिक्सनरी अहिले खूबै संमुेकी छिन्।
यहां काम पाउनु त्यति सजिलो छैन जति सजिलै हंकंमा पाइन्छ। आधिकारिक प्रमाण पत्र आइडी पाउनसाथ
काम खोज्न जान र गर्न केहिले रो्क् टोक् छैन।तर वेलायतमा कानुनी रुपमा तपाई वैधानिक भएपनि काम गर्नको लागि न्यास्नल इन्स्सुरेन्स नम्वर लिन अति नै जरुरी छ।जुन नम्वरको आधारमा काम गरेपछि निस्चित रकम सरकारले काटेर राख्छ।जुन रकम भविष्यमाआफ्नै औषधिउपचारको लागि एन् एच् एस्नेस्नल हेल्थ् सर्विस् अन्तर्गत खर्च हुन्छ।sाम गरे बापत लिने ट्याक्स् अर्कै छ।न्यास्नल इन्सुरेन्स नम्बरलिनको लागि त्यति सजिलै पाइन्न्। भीषा लागेको राहदानी जो घुम्नका लागिमात्र आएकाहरुलाई काम गर्ने कुनै काननी अधिकार छैन।आफ्नो नाम भएको कुनै घरेलु पानीवीजुलीअथवा टेलिफोनको महसुल कुनैको वील हुनु पर्ने। अरु धेरै झन्जटिला कागजहरु पनि तयार पार्नु पर्छ।तबमात्र जब्सेन्टरमा अपइन्मेट लिएर इन्टरभ्यूको प्रकि्रया पछि मात्रै नम्बर प्राप्त हुन्छ।जून नम्बर आफ्नो सधैको लागि हुन्छ।
दिल्क्रलाई यी झमेलाले छाडी सकेको छ। एक ठाऊंबाट अर्को ठाउंमा बसाई सर्दै जंादाको झन्जटिला कामहरु परर्देशीले पचाउंदै लैजान पर्ने हुन्छ।यिनले पचाउने प्रयासगर्दै छिन्।यिनलाई कतै नयां नौलो ठाऊं छोड्न लाग्दैन त्यहां जानै पर्छ हेर्नै पर्छ।
यिनको भोलि कहां जाने भन्ने जिग्यासालाई मैले के भोलि हामी क्यू गार्डेन जाने हो त भनेर सोधें।
कता होकसरी जानेचन्द्रालाई पनि लैजाउन भनेर भन्छिन्।चन्द्रा उनकी हितकी साथी जो हिट्थ्रो एयरर्पोट नजिकै हन्स्लुमा उनको परिवार संग बस्दै आएकी छन्।
चन्द्रासंग भोलि क्यू गार्डेन घुम्न जाने फोनमा क्ररा भयो।
कसरी जानेकस्तो ठाऊंहोउनले प्रश्न गरिन्।
अहिले गुरंास फुल्ने समय होगुरांस फुलेको हेर्न ।ठूलोफांट् तराई जस्तै छ जहां लाखौ थरिका संसार भरका बोटबिरुवा हेर्न पाइने ठाऊं क्यू गार्डेन हो।
मैले भनि सक्तानसक्तै उनले हांस्तै भनिन् ल दिदी जानेगयो केटी।
लजाने भए वनभोज जस्तो पनि हुने गरि खाना पनि घरैबाट लानुपर्छ त्यस्कोलागि केहि खाजा बोक्नु होलाहामी पनि बोक्छौं।
उतै किनेर खाउन कता बोकेर हिड्ने होकिनेर खादा हुदैनभन्ने उनको प्रश्नको उत्तर किनेर नपाउने के छैन चन्द्रा जे पनि छ ।तर आफ्नो भनेको जति बेलाजसरि पनि खान सकिन्छ।ल हेर हामीले वन भोज को मज्जा कति चांडै बिस्रन लागेछाैं परदेशलागेर। आपुू संगभए झनै राम्रो नि।
ल्याउंला पिर नगर्नु सब तयारीमा आउंला।
भ्ााेलि विहान दश बजे एक्टन् टाउन् स्टेसनको डिष्ट्रि्क् लाइन् चल्ने प्लेट्फम्मा भेटौंला।
म्ााथिका संवाद संगै हाम्रो कुरा टंुुगियो। रातको दश बज्न लागेको छ।
वेलुकाको समचार टिभीमा हेरेर ढूक्क भएर चांडै नै बेडमा गयौंम्ााैसम सफा रहनेछ। तर बादल चािहं लाग्दै छाड् गरिरहने रहेछ चिसो हावासंग।
बिहान चांडै उठियोब्रेक्फास्ट हतारमा गरेर खायौं।दिउसो लागि स्यानविच तयार गर्याैं।आलुदम वेलुकै दिल्कुले काकी पीरोपिरो पारौं है भन्दै बनाएकी छन्।लन्च वक्समा हाल्यौ।पानीको सानासाना वोतल ठिक पारेको छ। स्याऊ र नास्पाती तयार भयो। खजूर र नट् पनि ठिक पारें।प्ाानी हंास र लोखर्केलाई दिने चारो पनि तयार भयो।
हल्का ज्याकेट पनि ठीक पारें। घाम लागे पनि समन्द्रबाट चल्ने चिसो हावाले खतम् पार्छ।दिल्क्रले ढाकाको ओड्ना ठिक् पारिन्।समर अझै लागि सकेको छैन चीसो हावा पानीको साम्राज्य छंदैछ।तर समर लाग्यो भनेर खुसी हुने धेरै दिनहरु कमैमात्र आउछन् वेलायतमा।
हामी हिड्न के आटेकामात्र आपा काम बाट आईपग्नु भयो उनलाई वेलुका नै जानकारी गराएको छ।
उनले ल राम्ररी घुमेर आउनु क्यू गार्डेन इन्ज्वाइ द सनी डे भन्दै बिदादिए।
उनी नाइट डिउटीबाट आएका अब सुत्नेपालो अब उनको।
बिहानको आठ बजेको छ घाम झुल्केर तन्नेरी भैसकेका छन्।विहान चार बजे नै झुल्कन्छन्। आकाशमा जताततै बादल देखिए पनि उज्यालो दिन रमाइलो छ।
हाम्रो फ्ल्याट सेरीडन कोर्टलाई न्याप्चुन् रोडमा छाडेर पिनार रोडमा निस्कन्छॊॆैं। सडक ट्ाफिक जामकेा पीडामा फसिसकेको छ।अगाडिको राउड अवाउटमा सैंयौं सवारी साधन कछुछवाकोतालमा घस्रन थालिसकेकाछन्।सडकको कारको तांतिलाई छिट्टो छिट्टो छाडे र हामी ह्यारो बस स्टेसन तिर लाग्छौं। बस स्टेसन यात्रुहरुले खचाखच् छ।
बस आयो १४० नम्वरकोडिस्टिनेसन हिट्थ्रो एयरपोर्टहामी साउथ् ह्यारो पुगेरओर्लनछौं ।पीकाडेली लाइनको अन्डरग्रउण्ड रेल चढ्नु छ।
हाम्रो प्रीपेड् ओएस्टर ट्ाभलकार्ड ट्क्क छुवाएर हामी रेल स्टेसनको प्लेट फम्मा जाने ढोका खोलियो हामी प्लेट्फम्मा सिडी चढ्दै पुग्यौं।खुल्ला प्लेट फम् आठ् दश जनायात्रु यत्रत्यत्र छरिएर न्यानो घाम ताप्दै रेल पर्खि रहेछन्।मनिटरमा रेलको समय तालिका देखाइएको छ।रेल केहि मिनटमा नै आएर रोकियो।हामी भित्र पस्यौं सिट खाली छ। सीटको यत्रत्यत्र प्रुी डेली पेपर मेट्रो र द लण्डन पेपरलिटल लण्डन छरिएको छ।यात्रुहरुले पढ्दै छाडेका।यी पत्रिकाहरु बस रेल स्टेसनमा विहान बेलुका पाइन्छ।
रेल दु्रत गतिमा अगाडि बड्दै गयो।रेलको सानो मनिटरमा हरेक स्टेसनको नाम देखाउदै। पिकाडेली लाइन् कक् फष्टर अन्तिम् डेस्टीनेसन् भन्दै जानकारी गराई रहन्छ ।हामी समयमै एक्टन टाउन स्टेसनमा पुग्यौं हामी पुगेको केहि मिनटमै चन्द्रा आईपुगिन्।
केही क्षण अलमलमा पर्यौं डिस्ट्रिक लाईनको रेल पक्डन कुन प्लेटफम्मा जानु पर्ला भन्दै यताउती आंखा घुमाउदै गर्दा माथिको ठूलो स्क्रीनमा देखाइरहेको रहेछ ।हामी उभिरहेको प्लेट्फम्मै रेल आउदै रहेछ।
एक्टन टाउन स्टेसन हीट्थ्रो एयरपोर्ट लागि जाने यात्रुहरुकालागी महत्वपूर्ण स्टेसन हो जहां सैंयौं यात्रु दिनमा यात्रा गर्दछन्।अति नै ब्यस्त स्टेसन।
रेल क्षण भरमै आएर रोकिन्छ।हामी रेलमा चढ्छौं।रेलमा खचाखच भीड्छ। यताउता उभिने ठांऊ खोजेर अडेसा लाग्दै ढोकामाथिको रेलको नक्सा हेरेको त अहिले चढ्दै गरेको रेल त आधा बाटोमा फेरे र अर्को रेल समात्नु पर्ने रहेछ। दुई वर्ष अगाडि आएको हो र पनि मैले भूलि सकंेछु। मेरो बाटो बिस्रने रोगले लण्डनमा सुरुका दिनहरुमा खाएको हण्डर भनेर साध्य छैन।जता गए पनि उस्तै घर िझंगटीका छाना कारको तांतीठम्याउनै गाह्ो।
हामी अर्को रेल चढन ओर्लर अर्को पट्टीको प्लेट फम्मा जान्छौं। रेल पर्खिदै गर्दा दिल्कु र चन्द्राले गर्दै गरेको गन् गन्ले मेरो ध्यान उतैगयो। न्ात्र त सफाआकाश र कोसौं टाढा सम्म फैलिएको रेलको लीक संग हराई रहेकी।ए॥ दिदी हेर्नु न हाम्रो नेपालको जस्तै घरपछाडी सिढी भएको।
प्लेट् फम् अगाडिका घरहरु पुरानाहाम्रो देशको भक्तपुरे झिगटीको छाना भएको दुई तले घरहरु जस्तै। हामी कतै टाढा नभएर कतै काठ्माण्डौ खाल्टो भित्रै त छैनौं भन्ने कतै भान् भैरहेको थियो।रेल आएर रोकियो भित्र पस्यौं।
रेल द्रुत गतिमा थियो रोकिन्दै जंादा कति चाडै क्यू गार्डेन हाम्रो डिस्टीनेसन आइपुगेछ।धेरै यात्रुहरु संगै हामी पनि सलल बग्दै गयौं। स्टेसनबाट निस्कन्दा ठूलो वोर्डमा क्यू गार्डेको नक्साअगाडि छ।तर रेल स्टसनको भित्र भित्रैअण्डर ग्राउड सिडी ओर्लेर हिड्दै तलबाट माथि पुग्दा ढोकैमा क्यू गार्डेनका गेट भेटिएला ठान्नेको मनै भरंगै हुन्छ।अगाडिको कारपार्क पसलहरु क्याफे पवका मानिसहरु र ट्राफिक लाइट सबैलाईलाई छाडेर हिड्दै अगाडि बड्छौं।sरिब दश मिनट िहंडे पछि मात्रै अर्को मुख्य सडक आउंछ।त्यो सडकको ट्राफिक लाइट् काटे पछि मात्रै हामी कूय गार्डेनको मुख्य प्रवेश द्वार भिक्टोरिया गेट पुग्छौं। टिकट काट्नको लागि बनाइएका काउण्टर तिर लाममा उभियौं।हामी जस्ता पर्यटकहरुको लाम निकै नै लामो भएपनि तीन वटा काउटर खोलिएकाले धेरै वेरलाइनमा लागि रहन परेन।
काउण्टरमा सुन्दर जवान नीला आंखा खैरो कपाल मिठो मुस्कानले हामीलाई स्वगत गर्छ। तीन जनाको टिकट माग्छौं एक जनाको तेह् जम्मा उनन्चालिस पौउड भित्रबाट आवाज आयो।
सोचेको भन्दा टिकट दर महंगो लाग्यो तर नकिनी सुख छैन। भित्रबाट तीन वटा सोभिनियर जस्तै टिकट संगै तीनवटा बुक लेट डिस्कभर क्यू भन्ने लेखिएको काउण्टरको सानो झ्यालबाट छिराई दियो। ह्याव् अ् नाइस् डे भन्दै हामीलाई विदा दियो। थ्यांक यू …भन्दै बिदा भयौं।यो वेलाविहानको दश पैतालिस भैसकेको छ।
अब हामी भित्र पसेका छौं।हाम्रो चौ चौ सब छत्ताछुल्ल हुदैछ।हाम्रो कौतहलता विशाल फंाटमा हराभरा खेल्न हतारिको छ। हाम्रा साना पाइतालाले ढिलो गरे त्यो विशाल फांट घुमेर सकिनेवाला छैन।
नजिकैको पुरानो अग्लो टेम्पल अफ् अरथश् टावरले भिक्टोरिया गेट भित्र आऊ जाऊ गर्नेहरुलाई नियांलि रहेको हुन्छ।भिक्टोरिया प्लाजाको क्याफेमा भिड् छ।भित्र बाहिर लहरै राखिएका कुनै पनि टेबल कुसर्ीहरु खाली छैन। एक हुल जापानिजहरुशिक्षक विद्यार्थीहरु र हामी जस्तै बरालाहरुको भिड् छ।
विद्यार्थीहरुको झुण्ड धेरै छन्। साना प्राइमरी स्कूलका विभिन्न गु्रप देखि लिएर अलि ठूला खालका त्यति नै धेरैै स्कूलको यूनिफम् लगाएकाहरु।शिक्षक शिक्षिकाहरु विद्यार्थीहरुलाई लाईनमा लगाएर िहंडाउदै लैजान्छन्।
हामी क्याफेमा नपसि सिधै दाहिने दाहिने लाग्दै जान्छौं नजिकै महिला र पुरुषको शौचालय रहेछ।दाहिने कुनामा विभिन्न पुूलको नस्ररी रहेछ। हामीले सफा शौचालय प्रयोग गरेर भित्तामा ठड्याइएको अग्लो ऐनाले साक्षी दियो तलमाथि परेको हाम्रो कपाल छसम्यांउदै बाहिर निस्कियौं।
ठीक अगाडि बड्दै जान्दै छौ देब्रे पटिको ठूलो तलाउको वाटर फाउन्टन्ले जो कोहीको ध्यान आकर्षण नहुने कुरै छैन। हामीलाई हतार भैसकेको छ फोटो खिच्न। आजको क्यामेरा म्यान चन्द्रा। उनलाई फोटोमा खूब सौख छ।उनले क्यामेरा ठिक पार्दै हाम्रो फोटो खिच्न थालिन्।
म्याप हेर्दा क्यू गार्डेनको आकार पश्चिम फर्केर चारो खोज्दै हिड्दै गरेको भूइं भालू जस्तै पछाडिको भाग मोटो अगाडिको थुतुना केही पर गएर तन्किएको शिर देखि पुच्छर सम्म रिभर थेम्स् लामो मेरु दण्ड भएर बगेको।
अब हामीले नजिकैको पानीको पाखोरीलाई वरिपरि परिक्रमा गरेर नजिकैको पाल्महाउस तिर सरासर अगाडि बड्दैगयौं।हामी पुग्न अगाडि नै पाल्म् हाउस् साना साना विद्यार्थीहरु र अरु धेरै मानिसहरुको घुइचो ल्ाागि सकेको हुन्छ। प्ााल्म् हाउस्को अगाडिको फराकिलो चौडा बाटो।बाटोको दुबै तिर लाइनमा रोपिएका रंगिबिरगी फुलेका फूलका ड्याड॥हामी अल्मलियौं फोटो खिच्न थाल्यौं पालै पालो।
एक हुल विद्यार्थीहरु सिडीमा एक आपसमा जिस्कन्दै बसिरहेका भेटिन्छन्। प्ाल्म्हाउस्को ढोकामा माहुरीको घार भित्र माहुरीको हूल छिरे जस्तै हामी पनि भित्र पस्छौं।पस्नासाथ अर्कै संसारमा पुगेको महसुस् भयो।गर्मी
ह्युमिड्।लाग्छ म कतै मन्सुन् बेलाको घना चारकोसे झाडी भित्र यात्रा गर्दै छु।भर्खरै लगाई राखेको ज्याकेट नखोली भएन।प्ााल्म्हाउस् बाहिर चिसो सिरेटोतर भित्र हप् हप् गर्मी।प्ाानीको बाफ् पाइपबाट सरर बसर्िरहेछ। दोहारो हिड्न सकिने बाटो छबाटो फलामको फल्याकले बनाएको तर तल हेर्दा भुईंमा ठूल्ठूला पानीका पाइपहरु देखिन्छ।तिनै पाइपहरुबाट पनि त्यो गृनहाउसमा बाफिलो बातावरण बनाई भित्रका सैयौं बोट बिरुवालाई उचित बातावरण तयार गर्छ।
त्यहां मुख्य द्वारलाई ठीक आधा मानेरदांया बायां दुवै तिर लाम्बाईमा तीन चिरा गरिएको छ।भीत्र रहदा एशियाको कुनै भू भागमा घुम्दै छु भन्ने लाग्छ। ऋांपको सुरिलो रुखमा फल लागेको देखिएन।बर र पपिलको रुख नीम नरिवल पुूलेको मात्रै फल लागेको छैन।तर बोट आकाश छेडौंला झैं गरि मौलाएको छ।गि्रन हाउसको छानोलाई छेड्न खोज्दैछ।बेत र बासका प्रकारहरु मौलाएका छन्।
मलेसियाबु्रनाइ्रइण्डोनेशिया को जंगलमा पाइने रुखहरु ह्ल् हल् मौलाएका छन्।ंजंगली झार दैनिक जीवनमा हाम्रै गाऊंघरमा गाईबस्तलाई दिईनेृ डाले र भूईंघंास् देख्दा हंसिया डाको नाम्लोको संझना गराऊछ।असारे पुूल कूरीलोघण्टीपुूल तित्रीको बोट नेभाराकोबोट केराकोबोटकफी।अप्रुीकन कोकाको बोटले लुकाएर ठूल्ठूला पहेंला तीनवटा घोगा च्यापेर गमक्क गम्किएर एउटा क्रनामा छ।गाऊंघरमा देखेका जंगली घांस बोटबिरुबा देख्ता टाढा परदेशमा पनि अपनत्व अझै ताजै रहे छ।
त्ाातो वाफ पानीका नालाबाट सरर चारै तिरबाट आए वातावरण वाफिलो भएको छ। म्ाानिसहरुको भीडमा विद्यार्थीहरुको घुइंचोले वातावरणमा बेग्लै रंग थपेको छ।sतै तांती लागेर शिक्षकसंग बोटविरुवाको निरिक्षण गरिरहेका हुन्छन् भने कतै झुण्डमा केही लेखि रहेका हुन्छन्अति नै ब्यस्त।
प्ााल्म हाउसको जम्मा तीन भागमा विभाजित छ।अण्डर ग्राउडमुख्य भाग जमिन र माथिल्लोभाग जहां सिढी चढ्दै जानु पर्छ।हामी घुमाउरो सिढी चढ्दै माथि चढ्छौं। दोहोरो हिड्न सकिने भएर पनि धेरैजना आवत्जात् गर्दा असजिलो महसुस् हुन्छ।माथिल्लो तलाबाट पर पर देखिने दृष्य र तलबाट मौलाएका बोटका हंागापातहरु मुसार्न पाइने आनन्द आफ्नै ठाउंमा छ।चढ्ने र आर्लने सिढि दुई तिर भएकाले एकातिरबाट चढेर अर्को तिरबाट ओर्लन सजिलो हुन्छ।
ग्राउड् फ्लोरमा विद्यार्थीहरुलाई जानकारि दिनको लागि राखिएको सानो स्टलमा नरिवलको जटासहितको दानो सानो वेतको डालीमा सुकेको लौका केही कफीका दानाहरु घिरौंलाको जाली आदि राखेर एउटी नीला आंखा भएकी गोरी महिला उमेका हिसाबले हेर्दा लेट फोर्टीकी बसेकी रहिछन्। हामी पनि एक क्षण रोकियौं तर उनले केही जानकारी दिन अगाडि नै हामी अगअडि बढ्यौं। तिनले हंास्दै जानकारि लिई राख्न आवस्यक छैन परिचित वस्तहरु त्ा हुन् हैन भन्दा हामी हांस्तै उनको समर्थन गर्दै विदा हुन्छौं।
हामी प्ााल्म हाउस्को अण्डर ग्राउण्डमा पस्छौं। त्यहां विभिन्न प्रकारका सामुदि्रक जल वनस्पती र जल चर विशेष गरेर माछाका प्रकारहरु खण्ड खण्डमा बडो आकर्षक ढंगमा सजाइएका एक्रियमहरु छन्।यहां पनि साना विद्यार्थीहरुको हुलले संगितमय वातावरण बनाएको छ।sसैले एकआपसमा फोटोखिच्दै छन् भने कसैले टिपोट लेख्नमै ब्यस्त छन्।हामी त्यो रमाईलो वातावरणलाई छाडेर सिढी उक्लेर पाल्म हाउसको पछिल्लो ढोका बाट बाहिरिन्छौं। ऋब हामीलाई पाल्म हाउसको न्यानोपनाले छाडेको छ।
पछाडिको पाटोबाट देखिने लमतन्न परेर तेसर्िएको मैदानमा लाभेण्डोरका नीलै पुूलेका पुूललॆ जोकोहिको मन नहरी छाड्दैन। हामी यी पूुूलका तरेलीमा नाच्दै पुूलसंग मितेरीलाउदै फोटॊ खिच्न थाल्छौं।टाढाबाट आउदै गरेका शिक्षक र विद्यार्थीको त्यो झुण्डले नीलो तरेलीमा अर्कै रंग थपेको छ।
बाटामा मिलाएर काटिएका घंास साना साना बुट््यान र एक पछि अर्को आउने आराम चीयरहरु। चार जना सम्म बस्न सकिने यी चीयरको बिचमा पित्तलेको प्लेटमा केही लेखिएको छ।ं नियांलेर हेरें ती फलैंचाहरु त्ा कसैले आफ्ना परिवारजनको मृत्यु भएको संझनामा लगाईएका रहेछन्।हाम्रो देशमा पनि यसरी नै फलैंचा हाल्ने चौतारी चिन्ने र वर पीपल रोप्ने साथै कुवा धारो खनाउने काम हुन्छ।यहां पनि त्यस्तै चलन हुंदो रहेछ।
घामले लुकामारी खेल्दै छिन्। प्ाानी पर्ने डर छैन चिसो हावा त वहेकै छ। यो विशाल फाटमां हामी कताबाट थालेर कता अन्त गरौं भन्ने दुविधामा हुन्छौं। म्ाानिसहरु चारै तिर छरिएर हिडेका छन्। हरियो चौर रंगिचंगी लुगा गोराकाला एशियन अफ्रीकनसबै थरिका अनुहार।मानौं आज संसार भरिका मानिसहरुको भेला छ यो विशाल फांटमा हुंदै छ। यो एउटा चौरस्ताको रमाइलो मेला नै हो भन्दा पनि फरक नपर्ला। म्ाानिसहरुको लामै लर्को देब्रे पट्टी बढी नै छ। हामी पनि त्यो समन्द्र तिरै हेलिन्छौं।
एक हुल जापानिज्हरु जो आधा उमेर विताई सकेका छन्। हातमा डायरी र कलम पीठियुूंमा झोला एउटा हेर्न लायकको दृश्य। एउटा ठूला बुढॊसल्लाकॊ रुखको फेदमा उनीहरुको पथ प्रर्दशकले त्यस रुखको बारेमा जानकारी गराउदै जान्छ।टुप्पोबाट सबै हांगा जमिनतिर लत्रिनआइपुगेका छन्।लाग्छ त्यो बुढो सल्लो पशुपतिको जटाधारी बाबा हो।साना साना रुखका बुट्यान् बोल्न आउलान् जस्ता सुन्दर पारेर िसंगारिएका छन्।बुढा पुराना रुखहरुले अर्ति उपदेशै देलान् जस्तायी तपश्वी हुन्विन्द्रा वनकामहात्मा हुन् खप्ड् लेकका।
चन्द्राले संझाइन् झोला गरौं भो रे। ल म त बसें भन्दै नजिकैको रुखको छारिको फलैंचामा गएर बिसाइन् र झोलाबाट उनले एक पछि अर्को गर्दै तीन वटा लाचबक्स निकाल्न थालिन्। दिल्कु र म पनि छक्कपर्दै संगै बस्यौं।उनले ठूलो पानीको बोतल र तीन वटा मेलामाइनका,चन्द्राले संझाइन् झोला गरौं भो रे। ल म त बसें भन्दै नजिकैको रुखको छारिको फलैंचामा गएर बिसाइन् र झोलाबाट उनले एक पछि अर्को गर्दै तीन वटा लाचबक्स निकाल्न थालिन्। दिल्कु र म पनि छक्कपर्दै संगै बस्यौं।उनले ठूलो पानीको बोतल र तीन वटा मेलामाइनका ठूल्ठूला बउलहरु पनि बोकेको रहिछिन्। बल्ल थाहा भयो झोला गरौं हुनाको कारण।यिनले हिजो फोनमा कुरा हुंदा उतै किनेर खाउन भन्ने उनको भनाइलाई किनेर त नपाइने के छैन र को उत्तर दिए जस्तै लाग्यो।दुईटा बक्समा पूलाऊ र अर्को बट्टामा खँिसकोसुकुटीको तरकारी आलुसंग मिसाएर बनाएको मिठोस्वादिलो।
हैन रात भरि सुतिएन की कसो चन्द्राभन्दा यी हेर्नुन बिहान उठेर पकाएको तातै छ। उनले भाग लगाउन थाल्छिन्।घाम तिरीरी लागि रहेको छ बादल यत्रत्यत्र हावामा कावा खांदै छन्।मानिसको धारो अबिरल रुपमा हिडिरहेका छन्।मौसमले पनि साथ दिएको छ।हरियो चौरमा सानासाना चाचले विद्यार्थीहरु र रंगिविरगीं लुगालगाएका मानिसहरुको आवतजावत त्यो हेर्नलायकको दृश्य छ।
हामीले आजको लाच वनभोज जस्तै मनायौं। तर हामीसंग समय धेरै छैन किनकि अहिलेत भर्खर प्रवेश मात्र भएका छौं।sरीब बीस मिनटको समय भन्दा बढी लगाएनौं।हामी हिड्दा िदंउसौको सवा बाह्र भएको छ।
घाम मज्जाले लागेकाछन् मलाई त्यो घामंको सामिप्यले यति सताएको छ कि त्यो रमणिय ठाऊंमा म वेफेकि्र तातो घाममा घण्टौं सुतौं । सधैं जाडोमा कक्रीएको आंगलाई तातो पारेर उर्जा थपौं। मेरो मनको कुरा एकपटक त दिल्कुलाई पनि भने म यो न्यानो घाममा सुत्न मन लागेको छ ।तिमीहरु डुल्दै गर्नु म पछ्याउदै आउंला। उनले आ ॥ काकी कता सुत्ने यत्रो मधेश कहिले घुमिसक्ने हो अन्तमा भ्याइएमा बसौंला नि।मेरो चिसिएको आंगले घाम ताप्न पाएनअन्याय भो। यो मेरो मन भित्रको भनाई मात्र थियो।
हामी गोरेटो बाटो पछ्ाउदै हिड्दै छौं। व्ास्तमा यहां तीन प्रकारकाबाटाहरु छन्।पहिलो सट्कट् गोरेटोबाटो जताततै छन्रोकटो छैनदोश्रो दोहोरो हिड्न सकिने पीच गरिएका चिल्ला सडक र तेश्रो भिक्टोरीया प्लाजाबाट टुरिष्टहरुलाई क्यू गार्डेन वरपरि घुमाउने सानो लामो गाडी।वष्यकको लागि चार पाउड र सत्र वर्ष मुनिकालाई एक पाउड लाग्छ।विहान एघार बजे देखि हरेक आधा घण्टामा चल्छ। क्यु गार्डेनको वरीपरी जम्मा आठ विसौंनि छ। हरेक विसौनि महत्व पूर्ण ठांऊमा राखिएको छ।जानकारी दिदै जान्छ।
हामीलाई क्यू गार्डेन तान्नॆ विशेष आकर्षण गुरांसको पुूले नै हो। फूल हेर्न यति हतारिएका छौं कि भनि साध्य छैैन। तर गुंरासको फूल हामीले चाहे जस्तै नजिक छैनहिड्नै पर्छ मानौं आजको दिन बस्ने नै होइन खाली हिड्ने हो हिड्ने।हिड्दै जांदा टेम्परेचर हाऊस देख्यौं। शिशाले बनाएको दरबार जस्तै भवन छ। यो पनि गृन् हाउस् नै होहामीलाई त्यो गृन हाउसमा गएर गु_िम्सन मन लागेन। बाहिरबाटै फोटो खिच्यौं। स्कुले विद्यार्थीको हुलले भरीभराऊ छ।
हाम्रो मनलाई त टाढैबाट देखिने पैगोडाले आकर्षण गर्याे।हामी उतै तानियौं।देब्रे पट्टि ब्ााटामा पर्ने पाभिलियन रेस्टुरेन्टमा मानिसहरुको घुइंचो छ लाच आवर भएर।पर…देखिने पेगोडाको टुप्पोलाई पछाडि पार्दै पालै पालो फोटो खिच्दैअन्तह पेगाडोको फेदमा हिड्दै आईपुग्नै लागेका छौं।पेगोडाको वरिपरि साना बच्चाहरुका बाआमाहरु छन्।धेरै म्ाानिसको घुइचो छैन। दिल्कु र चन्द्राफाटो खिच्न अति नै ब्यस्त भए मौका यिहं हो ठानेर पछाडि बोक्ने झोला एकातिर ज्याकेट अर्कातिर फालेर हरियो चौरमा म बेफिक्री पल्टिएं।चीसो पिठिऊं रन्काउन चर्कौ घाम लागेको छ। घरी फुल र घरी हाफ् साइजका फोटा लिई रहन्छन्।मेरो न्यानो घामको मोह र उनीहरुलाई पेगोडाको आहा क्यामज्जाले जुरेको ।
प्ांाच सात मिनट भन्दा बढी आनन्द लिईरहने मौका नै मिलेन दिल्कुले काकी ल ढिलो हुन्छ उठ्नुस् भन्दै उठाउंदा मैरो अलौकिक निन्द्रा भंग भयो।चर्को घामको आनन्द र संतुष्ठी साच्चै कै अपूर्व थियो तर पूर्ण हुनपाएन।चिम्म्रे मेरा आंखा मदिराले माते जस्तै छन्।
हामी पेगोडालाई परिक्रमा गर्न थाल्यौं। केहिबेर अगाडीका बच्चाका बा आमाहरु अन्तै गै सकेका छन् र अरु नै आएका छन्।एउटा बस्ने आराम चियर राखिएको छ। म्ााथि जाने ढोकामा ठूलो भोटे ताल्चा मारिएको छ।दशौं तलाको अग्लो पेगोडाको टावरमा राखिएको घुम्ने क्यामराले खिचेर टाढा टाढको दृश्य तलको मनिटरमा हेर्न पाईने विभिन्न दृश्य राम्रा लाग्छन्।
जताततै विभिन्न थरिका बोट विरुवा मौलाएका छन्।sांट् छांट् गरेर ंिसंगारिएका छन्।बोटमा फूल फूलेका छन्।बास्नाले सबै मग्मगाएको छ। माहुको भून्भून्ले गुंजयमान छ क्यू गार्डेन्।
अब हामी पेगोडालाई बिदाइ गर्छौं। अरनिकोको कलाकौशल विदेशमा शिर ढाडो गरेर ढडिएकोमा मन भित्रै गौरव गर्दै सिधै दक्षिण तिर लाग्छौं। हिड्दै जांदा हामी जस्तै घुमन्तेहरु जता तै भेटिन्छन्।हिडेको केहि बेर पछि भाले मयूरकोआवाजले हाम्रो ध्यान आकर्षण गर्यो । हामी आवाज आए तिरै लाग्यौं। एउटा अर्को महत्वपूर्ण ठाऊं जापानिज गेटवेमा पुग्यौं।ज्ाहां चारपांच जोडीहरु उमेरमा केहि पाका लाग्नेहरु घामलाई पिठ्यंू फर्काएर रंगिबिरंगी गुंरासको फूलको फलैचामा बसेर आनन्द लिई रहे छन्। त्यो आनन्दलाई अर्को उर्जा थपेको छ भाले मयूरले। उसको सुन्दर सप्तरंगी प्वांख भूइंमा छोईएलाकी झैं गर्दै यत्रतत्र घुमिरहे छ ।हातमा चारो बोकका पर्यटकहरुलाई ऊ लस् लस् पुच्छर हल्लाउदै पच्याई रहेछ।हामी मन्त्र मुक्त भइरहेर्छौं सुन्दर दृष्यले। हाम्रो देशको लाली गुंरास विभिन्न थरिका रंगमा सजिएका छन् फूलेका छन।तर दुःख्ख पनि लाग्यो हाम्रो लाली गुंरासकोबोट त बाउन्ने बनाइए छन्।बेलायत आइपुग्दा।दुई बित्ताको अग्ला मात्रै।रंगिचंगी पुूलको भारी भने ती बाउन्ने बोटलाई कतिविधि बोकाएको बा॥ बा॥ माया लाग्यो। ज्ाापानिज लडाकुहरुको संझनामा राखिएको स्मारकको वरिपरि रोपिएका ती फूल।हामी परिक्रमा गरेर हामी अगाडि बड्दै गयौं।भाले मयूर पनि अरु नै यात्रुहरुको खोजीमा अन्तै कतै गैसकेको छ। घाम ताप्नेहरु अझै अंाग तताउदै चौरमा बेफिकि्र पल्टिएका छन्।
हामीलाई धित मरेको छैन ती वाउन्ने गुंरासले।ती भन्दा अग्ला गुंरास हेर्न जहंा रेडोडेन्ड्रोन डेल भनेर नक्समा नै स्पेसल ठाऊं देखाएको छत्यहां जादै छौं।
हामी जंगलैजंगल यस्तो समय पटक पटक आउंदैन भन्दै हंास्तै वेफिकि्र हिडेका छौं।एउटा यस्तो ठाउंमा आइपुगियो कि हल्हली मौलाएका छन् धूपीका बोटखरु जो धेरै अग्ला भैसकेका छैनन्।तिनका हागांका डालाहरु ओहो सुन्दर नर्तकिका हातजस्ता पोटिला।आकाश छेड्डौंला भन्ने ईरादाले अग्लिएको टुप्पो। यिनलाई कांटछंाट गरिएको छैन है मानिसले मानौं छोएकै छैन।यिनलाई त स्वर्गबाट आएर परीहरुले रोपेको हुनु पर्छ।sि त प्रकि्रतिले नै सीप लगाएर नै उमारेकी हुन्। हामी लोभियौं है लोभियौं।हामी फेरी लिप्सीएर फोटो खिच्न थाल्यौं।त्यो जंगलमा जुन रुखसंग पनि हाम्रो मन लोभिएको छ।हामी लिहंस्सदै फोटॊ खिचेका छौं। त्ार ती तन्नेरी धूपीका बोटहरुसगं हाम्रो सामिप्य धेरै रहिरहन सकेन।हामीले त धेरै हेर्नु छ अरु पनि ।ती संग नचाहेरै पनि विदा भयौं।
हामी हिड्दै पुग्यौंक्विन चारोल्टिको कटेज्।पुरानो खरको छानालाई मसिना फलामे जालिले ढाकेर सुरक्षि राखिएको छ।दुई तले रातोईंटाको घर तर सुन्सान्। वरिपरि ठूल्ठूला पुराना रुखहरु ज्ांगल।एक जोडि मूनाल जस्तै देखिने विमारी चरोलाई एउटा पर्यटकले खै किन हो पर्खि पर्खि फाटो खिच्छ।हामी त्यहांको सुन्ासान् वातावरणलाई छाडेर निस्कन्छौं नजिकैको क्याफे पनि अर्को महिनामा मात्रै खोलिन्छ भनेर सूचना झूण्ड्या दिएको छ।
पछाडिको बाटैबाटो दाहिने अगाडी हिड्दै जंादा बाटोको देबे्रकुनामा ठूल्ठूला काठका पूराना मुढा लडाएर कुनै ठडाएर राखिएका छन्।छेवैमा अजंगको काठेकिरो काठबाटै बनाएको छ।वास्तवमा ती पुराना काठका ठूटामा काठेकिरा विटलको बासस्थान राखिएको रहेछ दुइचार जोडाहरु आफ्ना छ सात वर्षका बच्चाहरुलाईु देखाउन काठको दुलामा काठेकिराको दर्शनार्थ पर्खि रहेछन्। हाम्रा देशमा त काठेकिरालाई देखेमा खोजी खोजी मारिन्छ। घरको खांबो खत्तम पार्छ भन्दै। यहां चािहं संरक्षण गरिएको छ।
हामी सरासर हिड्दै अगाडि बढ्दै गयौं।ठूल्ठूला रुखको फेदमा एउटा खालि ठाऊं जहां ब्लु वेल पुूलेर नीलै भएको छ।हरियो पात हेर्दा हाम्रा देशको प्याजी फूल जस्तै देखिने तर पूुूल चाहि सानो बंुगा जस्तै निस्केर लस्करै नीला तल झुण्डेका साना साना घण्टी जस्ता फूल।यी फूललाई यहां लोप हुनलागेकाले संरक्षणको सूचीमा राखिएको छ। ऋहिले हामीले हेरेका ब्लु वेलहरु आहा कति राम्रा खालका छैनन्। रुखको सेपमा परेर यिनीहरु निसास्सिएका छन।्
हाम्रो यात्राले थकाई मार्ने मौका पाएको छैन यो चौडण्डि आज हामीले डुलेर नै छाड्नु छ। हातको म्याप हेर्दै अगाडि जंगलै जंगल गोरेटो बाटो लाग्छौं जता जाऊं मानिसको भीड छ।जता ततै घाममा पल्टिका छन्।एउटा हेरौं हेरौं लाग्ने दृश्य क्यात तीन जोडी बा आमा साथी हुनु पर्छ।आ आफ्ना एक एक बच्चा तीन तिर गड्डीमा निदाएका छन्। बा आमा सबै चारै तिर फर्किएर मस्त तातो घाममा वेफिक्री निदाएका छनमानौं संसारमा ती भन्दा सुखी बा आमा नै छैनन्। हामी त्यो मस्त निन्द्रा स्थललाई छाडेर हानिन्दै अगाडी बड्छौं।
सानो रेल गाडी धेरै यात्रुहरुलाई बोकेर घण्टी बजाउदै आयो।हामीले हांस्तै हात हल्लायौं।अगाडिको बट्टा देखि पछाडिको सबैलाई हंास्तै विदा दियौं।यो पनि रमाइलो क्षण थियो।साना गोरा र काला बाल हातहरु साथमा अनुभवि अविभावक हातहरु हल्लि रहे पर पर सम्म।sेहि वेर पछि ओझेल परे कतै सुन्दर रुखका झाडिहरु माझ्।
यात्रा हाम्रो त्यहां गएर एक क्षण रोकियो जहा खुल्ला ठाऊं छ।बस्नको लागि चौतारो लहरै राखिएको छ।खाने पानीको लागि सानो थिचेर निकाल्ने धारो राखिएको छ। हामी त्यै धारामा पालै पालो हातले थिच्दै प्ाानी पिउंछौं।यस्ता खानेपानीका श्रोतहरु विभिन्न ठाउंमा राखिएको छ।हाम्रो खाली भएको पानीको बोतल भर्छौं।नजिकैको फलैचंामा विसाउछौं।झोलामाबोकेको स्यानविचको पालोआएछ खानेबांडेर खान्छैंा।नास्पातीले भारी गरौं भएको छत्यस्लाई पनि खत्तम पार्यौं। हाम्रो अगाडि रिभर थेम्स सुस्त गतिमा बगेको छ। ल्ााग्छ त्यसबाट दुर्गन्ध आईरहेछ।पानीको प्रवाह कम छ।तल एउटा फेरी अडिएको छ।साना खाली डुंगा पानीमा तैरी रहेछन्।हामी नजिकै अरु फलैंचामा विसाएर आनन्द लिइरहनेको गु्रप त्यहां धेरै छन्।
त्यो वातावरणलाई त्यहीं छाडेर हामी एउटा पोखरी छ जस्लाई साक्लेयर क्रसिड। भनिन्छ।त्यसलाई खोज्दै गयौं।हाम्रो पानी हांसलाई चारो खुवाउने धोको मेट्न बांकीनै छ। ग्ााेहीको जीऊ आकारको लामो पोखरी वरिपरी हिड्सकिने पिच् गरिएको बाटो।वारपार गर्न सकिने आर्कषक काठेपुल।त्यो पोखरीको वरिपरी बस्नका लागि राखिएका सिट्हरु।त्यो पोखरीको वरिपरी मानिसहरु कतै ओझेलमा कतै घाम ताप्दै पोखरिको पानीहांसको कि्रयाकलाव हेरिरहेछन्।हामीले बोकेको पाउरोटी टूक्रापार्दै पानीमा फाल्न थाल्छौं।वरपरबाट पानीहांसहरु उडेर आऊंछन्।सेता राजाहंसहरुको बथान र काला खैरा ठूला ससाना र भर्खर कोरलेका ट्यूरा लिएर चारा खान आई पुग्छन् ।माउले मुखमा लिएर खान त सिकाउंछ तर आफैं निल्छ।बच्चो फेरी माउको चुच्चोमा हेर्छमाउ भने हामीलाई चारोको आशाले हेर्छ।हांसोको क्षण भएको थियॊ त्यो दृश्य।पालै पालो रोटीका टुक्राहरु प्ाानीमा फाल्दा बोकेको राटी सकियो तर पोखरीका पानीहांसका वथानले हामीलाई आशा गरिरहेका थिए।
हाम्रो अर्कोकाम बांकी नै छलोखरकेलाई चारो ख्वाउने ।यिनका लागि नटस् बोकेका छौं।हांसलाई सकेर अर्को पट्टी फर्केर नटस् फाल्न थाल्छौं ।बानी परेका लोर्खके नजिक नजिक आउनथाले हुंदा हुंदा हामी बससेको वेाचको छेवैमा आएर हातैबाट नटस् खोसेर लान्छ चन्द्राको काम फोटो खिच्ने उनी हास्तै खिचिरहन्छिन्। दिल्कु र म लोर्खकेको सानोबच्च। ।
हामी यति धेरै रंगको पुूलहरुको माझ पुगेर त अत्तालियौं।sूून फूलको माझमा गएर फोटो खिचौं।वल्लो पट्टि फर्के अर्को पट्टि नफर्कौं जस्तो। त्यसैलाई हेरी रहुं जस्ता।पालै पालौ हेरेक रंगका गुरांसहरुमा मितेरी लाउदै फोटो खिच्न थाल्यौं।हामी पागलसरीक्षणमै त्यो बोटमा क्षणमै अर्को बोटमा।हामी माहुरी झैं पो भयौं त लोभी।वरपर सबै सबै हाम्रै ठान्नेवास्ता छैन कसैको।यस्तै दिन सदासदा आई हरे जीवन कतिसुन्दर भैरहन्थ्यो।
अरु पनि धेरै छन् हामी जस्ता गुरंासका ईष्र्यालुहरु।यिनलाई आरामले फूल्न नदिन आफनो रंगलाई वेफिकि्र हावामा उड्न नदिने।लाग्छ उनीहरु त्ा त्यही रातदिन पालटांगेर ती नै गंुरासको रखवारी गरिरहेछन्।त्यै रंगको रंगले मातेर लठ्ठीएका छन्।वेफिक्री मस्त सुतेका छन्। हामीजस्तै अरु पनि फाटो खिच्नहतार मितेरी लाउन हतार कसैालाई मुभिक्यामरामा भमराले लुट्दै गरेको खिच्न हतार।मानिसरहरुको लोभी आंखाको हुलले हेरेर लाग्छ गुरासलॆ त आफ्नो रुप त लुकाए हुने। भ्ोालि भोलि आउनेलाई के देखाउने हो आजै आउनेले सबै लुटि सके।पागल किहं नभएको पागल हामी भयौं। धेरै त हामीले नै लुट््यौं क्यार गुरांसलाईकिनकि हामी त्यसैका लागि गएका थियौं।
हामी मात्तियौं चीनी धेरै खाए तीतो हुन्छ रे भन्छन्।त्यो अवस्था नरहोस् भनेर अरुले पनि हेर्ने पालो पाउनु पर्छ भन्ने मान्यतालाई ध्यानमा राख्दै हामी अन्तै तिर छड्कियौं।हामी बेम्बो गार्डेन लाग्छौं।बाटामा हिड्दै आउंदा अरु नै अग्ला गुंरासको बोटभएका जंगलमा फेरी हरायौं।हाम्रै गांऊठाऊंका जस्तै बोट अग्ला राता र सेता रंगका फूलेका।हामी पालो गरि गरि रुखमा चढ्दै फोटो खिच्छौं। त्यो ठांऊमा अहिले चकमन्न छ कसैको चहल पहल छैन खालि हामी तीन जनाको मात्र उपस्थिती।
प्ाुाेटो खिचेरमात्र मात्र भएन मलाई चोरी गर्न मनलाग्यो।चन्द्रा र दिल्कु फूूलमा मस्कि मस्कि फोटो खिच्दै छन्।मौका यिहं हो ठानेर रातो गुंरासको फूलको डालो लर्काएर भांचे त्यतिले नपुगेर सेतो गुंरासको डालो भंाच्दै गर्दा चन्द्राले देखिन्।ए…।दिदी…।मलाई पनि न गर्दै हागो लर्काउन थालिन् म डरले अपराधि सावित भैसकें।sाेहि कसैले टिप्ने भांच्ने अनुमति छैन।उनलाई नभांच भन्ने मेरो हिम्मत छैन किन कि म आफैं ले अपराध गरि सकेकी छु।मेरा आंखा चारैतिर दौडिए त्यो बेला कुनै चरी पनि देखिएनहाम्रा अपराध देख्ने।तर मनमा कता कता लागि रह्यो कि शिशि टिभीले खिचेर हाम्रो अपराध रेकर्ड गरि राखेको त छैन।मैले भांचेको फूलको डालो विहान पस्दा गेटमा दिएको म्यापमा पोको पारेर झोला भित्र लुकाएं।मनको डर भने जस्ताको त्यस्तै छ।घरमा ल्याएर पुूल्दानीमा राखेको फूल दुई दिन भन्दा बढी बांचेन त्यो बेला लाग्यो हेर बोटमा पुूल्न दिएको भए फक्री रहने थियोमैले भूंल गरें भन्ने पछुतो भयो।तर हरियो पात महिनौं सम्म रहिह्यो।
त्यहां धेरै समय अल्मलिएनौं।घाम चर्को लागेको छ। ब्ााटामा अरु पनि भेटिए।जब हामी बेम्बो गार्डेको िमंका हाउसमा पुग्यौं चन्द्रा अत्तालिन्दै दिदी …खै मेरो क्यामराको खोल्॥भन्दै झोलामा हेर्न थाल्छिन्।त्यत्रो हाम्रो खुशी क्यामराको खोलले हरेर लग्यो।चन्द्रा अहिले सम्म हातैमा थियोजान्छु बाटामा पो झर्यो की भन्दै ऊनी फर्किइन्। चर्काे घामले गर्दा ओझेलमा त्यहां एउटा गु्रप अल्झि रहेछन्। हामी पनि िमंका हाउसको ओझेलमा चन्द्रालाई पर्खन्छौं। करिव पांच मिनटको अंतरालमा आइपुगिन् दिदी बाटैमा झरे छ भन्दै हातमा झण्डाउदै आइपुगिन।
िमंका हाउस भित्र छिछौर्ंलाग्छ त्यो त हाम्रै गाऊंमा बनाइएको घर हो । खरले छाएको सबै काठले बनाइएको र काठकै खांबो बलोसरॊ डांडा भाटासबै हाम्र।ै।भित्र छिर्दा देब्रे पट्टि बारेर पुराना डोका डाला नाड।लामा कपास कात्न ठिक्क पारेका कपासका दानाहरु नजिकै चर्खा र शिल्क बाट बनेका पुराना कपडा ।प्राचिन कालका विशेष चीनको विशेष एक जातीको बारेमा वर्णन गरिएको एउटा वोर्ड छ।त्यहांको सामान्य अवलोकन पछि हामी त्यहांबाट बाहिरियौं।हिड्दै पुग्यौं बेम्मबो गार्डेन।विभिन्न थरिका संसार भरिका बंासका जाती प्रजातिको बगैंचा घुम्या।ैं यो ठाऊहेरी रहु जस्तो खासै छैन। मानिसहरु पनि देखिएनन् एका दुई बाहेक।
यो वेला दिनको पांच बज्नै लागेको छ। ऋाकाशमा बादल बिस्तारै बाक्लिन्दै जंादैछ।तर सूर्य अझै माथि नै छन्।रात साढे नौबजे तिर मात्रै पर्छ।रात ढिलो परेर समय नजाने होइन।समय ऋविरल रुपमा बगिरहे छ।हामीलाई भित्र बस्ने अनमति साढे छ बजे सम्मात्रै छ।तर हामीले हेर्नचाहेको ठाऊं आधा पनि भएको छैन। अब हामी अझ हतारमा हिड्न थालेका छौं ।मानिसहरु विस्तारै पातलिन्दै गएको आभाष हुन्छ।
हामीले हेर्नु पर्ने मुख्य ठाऊं मेडिटेरियन गार्डेन्िकंड।विलियम टेम्पलर पुराना ओक ट््रि को जंगल जहां वषौर्ं पुरानो रुखहरु छन्।तर त्यहां जान भ्याइएन।
हामी सिधै अगाडि बढ्यौंजादां जादै बाटैमा क्लाइम्बर एण्ड कि्रपरमा पुग्यौं साना साना बच्चाहरु रमाईमानेर खेलिरहेका थिए। नजिकै रहेको वाइट् पिकस् क्याफे एण्ड सपमा पस्यौं।भित्रको सौचालय प्रयोग गर्यौं।तर क्याफेमा हामीले बसेर कफिको सीप् लिईरहने समय थिएन। तर मानिसहरुको घंुइंचो भने मनग्य थियो। सिधै गिफ्टपसप भित्र पस्यौं।sेहि सपोहोलिक बच्चाका माऊहरु हात भरि खेलाउनाहरु बच्चालाई किनिरहेका छन्।हामीलाई किनौं किनौं लाग्ने केहि लागेन तर हेरौं हेरौं लाग्ने अफि्रकन खेलौंनाहरु संग केहि बेर अल्मलियौं।
प््रायोग गरिसकेका कोक्का बट्टाहरुबाट विभिन्न जनावरको आकर्षक खेलौंनाहरु ।सुकेको पाड।ग्रालाई उनेर झुप्पो बच्चाको खेलौनालौका र चीण्डोको भांडोमा राम्रा राम्रा डढाएर बनाएका नक्साहरु। भित्र सुकेका विज सरसर हल्लिरहन्छन् बाहिर राम्रा नक्सा सहितका सग्ला दानाहरु।ती खेलौना देख्ता लाग्छ गरे के नहुने रहेछ र पर्यटकका लागि ।ती त हाम्रा देशमा जहां तिहं फालिएका हुन्छन्।धेरै वेर समय दिएनौं घामले बाक्लो बादलको घुम्टो ओढ्न थालिसके छ।हामी अब क्यू प्यालेस पुगिसकेका छौं ।राता इटाको चार तले दरबार हेर्नमा सुन्दर छ।अगाडिको ढोका खुल्ला छ एक जना कर्मचारी उभिएकि छन्।भित्र पस्दा टिकट लिन पर्ने रहे छ हामी पसेनौं कारण समय हामीसंग थारै पनि थियो। मनमा लागि रहेको थियो एउटा हेर्न पर्ने दरबार छुट्यो।sारण यो राजा जर्ज तेस्रोका फेमिलि होम हो।उनी यहां सन१८०० बाट१८८८सम्म बसेका थिए।
सरासर दरबारको पछाडि बगैचामा गयौं।यो सबैको लागि खुल्ला छ। रानीले प्रयोग गर्ने पहिलेका जरिबुटीका बगैंचामा बोट विरुवा लह लह मौलाई रहेका थिए। यसलाई क्विन्स् गार्डेन भनिन्छ।विचमा पानीको फउण्टेन र वगैंचाको वरिपरिराखिएका विभिन्न स्टाचुहरुले जोकोहिलाई पनि आकर्षण गर्छ।
द ऋोरेन्जरी रेष्टरेण्टमा घुंइचो छ।सिधै अगाडि हानिन्दै पुग्छौ।अर्को पट्टिको मेन गेटमा। त्यो गेटबाट निस्कने मात्र खुल्ला भित्र पस्ने समय सकिएकोले पस्ने गेट बन्द। एक जना कर्मचारी गेटमा उभिरहेकी छन्।हामी हिड्दै आउंदा बाटामा पर्ने दांया बायांका बषौर्ं पुराना सल्लाकोबोटहरु अझै पनि बषौर्ं बाच्ने साहस गरिरहे छन्।चिस्नट्का बोट फूलेर वातावरण रमाइृलो छ।माहुरीको गुन्गुनले संगितमय छ।
समयले नेटो काटनै लागेको छ चन्द्राले त्यहां नजाने जाउंन भन्दै ढिप्पी गर्न थालिन। त्यो त पि्रन्सेस् अफ्वेल्श कन्सर भेटरी रहेछ।यहां गर्मी ठांऊका बोट विरुवाहरुलाई उचित तापक्रम दिएर राखिएको छ। विशेष मरुभमिय बिरुवाहरु र अर्किडहरु ज्ााति प्रजाति संरक्षण गरेर राखिएको छ।
हामी त्यहांबाट निस्के हिड्दै मात्र छौं। एक हुल मानिसहरु अलि कोल्टो ठाऊंबाट निस्किए गए।हाम्रो कौतहलताले उतै डोर्यायो।त्यो त ड्यूक गार्डेन पो रहे छ ।सैंयौं थरिका गुलाबका बोटहरुको साम्राज्य भएको ठांऊ।गुलावका फूलहरु हल्ली हल्ली मस्कीदै पर्यटकलाई स्वाग गर्दै विदाई दिदै छन्। हामी पनि हातमा हात मिलाउलै फोटो खिच्दै ती रहरलाग्दा गुलावका वगैचा संग विदा माग्छौं।आजको दिन हाम्रालागि थोरै भएको छ।यो वेला मलाई लियो टाल्सटोयोको कथा जमिनको पात्र जस्तो मात्रै लाग्छ। जति नै दगुर्दा पनि समय थोरै भयो। हेर्ने बांकी ठाऊंहरु धेरै छुटे। हामी बिहानभित्र प्रवेश गरेको गेटमा बाहिरिने क्रममा पुग्छौं।चकमन्न भैसकेको छ। क्याफेका कर्मचारीहरु एक दुई वटा अन्तिम ग्राहकलाई विदा दिने हतारमा छन्।हाम्रो पाइला भिक्टोरिया गेटबाट बारिन्दा बेलुकाको ठिक साढे छ बजेको हुन्छ।
४००००बोट विरुवाको वगैंचा४० वटा महत्वपूर्ण र ऐतिहांसिक भवनहरुले धनी क्यू गार्डेन पटक पटक नभ्याए पनि एकपटक हेर्नै पर्ने ठाऊं हो।जो लण्डन भित्र पर्छ।
समाप्त