भु-मध्य रेखाको मध्य भाग
अरवियन सागरको किनारा
दिन दहाडै लुटिन्छन्
पौरखी सपनाहरु
हरेक पल-पलमा निमोठिन्छन्
स्वाभिमानी अस्तित्व
अनि बनाईन्छन् कसैलाई
माले मसाले र मण्डले
भिराईछन् माक्स्र या लेलिन्का
थोत्रा भोटाहरु
अनि,
जब्बरजस्ती टाँसि दिन्छन्
निधारमा चारतारे भण्डा ।
विपीका सुन्दर सपनाहरु
हिजो आज ठमेलमा बेच्न राखिएको
देह भएकाछन्
मदनका बहुदलिय जनवाद
रत्नपार्कको होलशेल बजार
र बाजेको सेकुवा कर्नर बनेकाछन्
प्रचण्डपथको के कुरा भो र ?
प्रत्येक अध्याय र दस्तावेजहरु
१३ हजार जनताको नरबली
अझ भनौ,
गरिवका अधुरा सपनाहरु
लडि रहेकाछन् असनको गल्लीमा
सुकिरहेकाछन् अरवको खाडिमा ।
साहित्य,
कुनै राजा महाराजाको रजौटा हैन
साहित्य कुनै पार्टिको सिद्धान्त हैन
सचेत नागरिकको स्फुर्त चिन्तनबाट
कुदिँएको सुन्दर शिल्पकला हो ।
यहाँ त साहित्यकारलाई
अर्को उपमा दिईन्छ
कि त माधव नेपालको निजी सचिव
कि त प्रचण्डको वाईसी एल बनाईन्छ
त्यो पनि भएन भने
देश द्रोहीको संज्ञा दिदै
कालो सुचिमानाम राखेर
इन्टरपोलमा राखिन्छ ।
थुईक्क !
साहित्यकार औं साहित्य
त्यसो हो भने,
भानुभक्त बाजे र चुरौटे देवकोटा
पहिलो मोष्ट वान्टेट हुनुपर्छ
अनि मात्र हाम्रो पालो आउँछ
किन भने हामी उनीहरुकै शिष्य हौ ।
यदि यसो हैन भने,
घर भित्र छिरेका डाकाहरुलाई
लाठी लाएर भगाउँने वेला आएको छ
डाका भगाउँन या मार्नलाई
युथफोस्र, वाईसीएल या तरुण दल
लिम्बुवान, खम्बुवान केहि बन्नु पर्दैन
मात्र कलम लिएर साहित्यकार बन्नुहोस
कुनै समय पाठशालामा पढ्नु भएको होला
“तरवार भन्दा कलम बलियो”
अब कलमको तागत देखाउँने बेला आएको छ ।
हामीलाई सय पुत्र जन्माउँने
धृत्राष्ट हैन मित्रहरु
पाँच पुत्र जन्माउँने पाण्डु भए पुग्छ
विपीको समाजवाद हैन
सुम्निमा, दोषी चस्मा औं
जेल जनरल भए पुग्छ ।
आऊ हामी एउटा युद्धको थालनी गरौ
जुन युद्धमा रकेट लन्चर या एके 47 हैन
विनिर्माण र उत्तरआधुनिक बाद होस
कर्ण शाक्यको “खोज” र “सोच” होस ।
बरु होस प्रकाश कोविदको “देवता”
महासचिव
नवोदित साहित्यिक मोवाइल पुस्तकालय,
दोहा,कतार
तीर्थ संगम राईको फेसबुकबाट साभार ।