– शालिकराम पन्थ
सबै लाई बताए जिन्दगी के हो तर म आँफै बुझ्न सकिन ।
भगवान भनी पूजा गर्छन् सबै म ढुङ्गा भनी पुज्न सकिन ।।
स्वार्थी रहेछ त्यो भगवान कसैले केही नभने पनि ।
सधैं म भन्नेछु भगवान तलाई स्वार्थी त नै हो भनी ।।
भगवान भनी पूजा गर्छन् सबै म ढुङ्गा भनी पुज्न सकिन ।।
स्वार्थी रहेछ त्यो भगवान कसैले केही नभने पनि ।
सधैं म भन्नेछु भगवान तलाई स्वार्थी त नै हो भनी ।।
भगवान त स्वार्थी छैनस भने देखा आफ्नो रुप रेखा ।
यदी त देउता नै होस भने सारा संसार शान्त बनाइ देखा।।
किन यस्तो बनाउछस हे भगवान सबै तेरा शन्तती हुन भने ।
सिध्याइदे हे भगवान सबै दु:ख अनी असहाय पनि ।।
भत्काइदे हे भगवान धनी हरु का महल अनी ।
बनाइदे हे भगवान गरीब हरु लाई टहरा पनि ।।
मानब को परिचय के हो हे भगवान त आफै दे ।
कुन मानब कस्तो छ हे भगवान त आँफै परिक्षा ले ।।
दर्शन दिन सक्छ्स भने हे भगवान भनिहाल सबै लाई चे ।
यती पनि गरिनस भने हे भगवान तेरो मान्यता नै रह्यो के ।।
यदी त देउता नै हो भने हे भगवान देखा आफ्नो रङ रुप ।
यो सबै गरिस भने हे भगवान त ढुङ्गा नै भयपनी चढाउछु धुप ।।
(दिगाम ६ गुल्मी, हाल : अबुधाबि यु.ए.ई.)
Please follow and like us: