– खगेन्द्र पन्धाक लिम्बू

शाब्दिक परिभाषा

गेडी-सानो आकारको दाना;फलहरुभित्रको बिऊ रहने दाना;सम्बाद र साहित्यको(विशेष नेपाली लोक साहित्यको मूलमर्म ) मुख्य तात्विक रस; सानो सुनको गहना lअब जसरी व्याख्या गरे पनि आकारले सानो तर अन्त्यन्त महत्वपूर्ण भन्ने अर्थ हुन जान्छ lयसको संरचना र भाव तत्वले ‘गेडी’ को पूर्ण अर्थ दिन सक्छ lत्यसैले यो विधाको नाम ‘गेडी’ नै राख्न उचित मानियो l

परिकल्पना र बिकल्प

संसारको जुनसुकै भूगोल,सम्प्रदाय,समाज र वातावरणमा बाँचेका सप्पै मान्छेका आ-आफ्नै संस्कृति,धर्म,भाषा,संस्कार र शैली हुन्छन lतिनै बिबिधतामा प्रत्येकका मौलिक लेखन साहित्यका बिबिध विधा छन् अहिले हामीले लेखन विधामा अनुशरण गरेको गजल,तान्का,हाईकू, सेन्र्यू आदि र संगीतमा गाइने गजल, हिप्होप, र्याप,ज्याज,हेवीमेटल आदि पनि भूगोलका विभिन्न पाटोमा बाँच्ने मानिसहरुको मौलिक विधा हुन् lजसरी हाम्रो बिबिध लोक साहित्य र लोकगीतहरु छन् lप्रत्येक राष्ट्रमा आफ्नै-आफ्नै साहित्यिक लेखन विधाहरु छन् lहामी नेपालीहरु बहुभाषी, बहुजाति भएर धर्म,संस्कृति र अनेकानेक संस्कारले अमिर छौं lतर हाम्रो नेपाली साहित्यक क्षेत्रमा तेस्तो कुनै मौलिक नेपाली लेखन विधाको बलियो सुरुवात गर्न सकेका छैनौं lतेसैले पनि हाम्रो साहित्यिक पहिचानमा एउटा छुट्टै र मौलिक परिचयको स्थापना गर्दै विश्व सामु हाम्रो संस्कृति, कला,विचार,साहित्य र विविधतालाई चिनाउन यो गेडी विधाको परिकल्पना र सुरुवात गरिएको हो l

नेपालका हिमाल,पहाड र तराई,पूर्व,मध्य र पश्चिम जताततै हामीसंग कर्णप्रिय, लोकप्रिय,मनोहर लोक भाका र लोकसाहित्यको छेलोखेलो छ lविभिन्न सम्प्रदाय, भूभाग र संस्कृति भए पनि हामी नेपाली लोक साहित्य र संगीतसंग सरोबर हेलमेल गरेर रमाउने गर्दछौं lतिनै लोकभाकाका विभिन्न लय, संरचना र मर्ममा सन्तुलित हुने गरि यो गेडी विधाको संरचना निकै लामो कोशिसबाट तयार गरिएको छ lके कौडा,रोइला,घाँसे,बिरही,झ्याउरे, गोठाले, असारे,मारुनी वा देउडा ! सप्पैलाई समेट्ने गरि यसको संरचनामा तालमेल गराउन निकै ठुलो अनुसन्धान, प्रयोग र अध्ययन गरेर सप्पै लोक भाकाको रस र राग सम्मिश्रण गरि संगोल नेपाली लोकसंगीत, लोकसाहित्य,साहित्य, संस्कार,भूगोल र सम्पूर्ण नेपाली जनजीवनको प्रतिनिध्वत हुने गरि निश्चित रुप र गेय निर्माण गरिएको छ lयसको निर्माण,परिकल्पना,सुरुवात र प्रयोगले कुनै पनि ठेट लोकगीत,संस्कार,सम्प्रदाय,संस्कृति,साहित्य,भाषा-भाषी,जनजीवन,ईतिहांस र कुनै पनि अस्तित्व प्रति धक्का नलाग्ने किसिमले यसको संयोजन र प्रबर्तन गरिएकोछ lयसको निर्माणको प्रमुख उदेश्य भनेको नेपाल भित्रका बहुलजातिहरुको बहुल अस्तित्वलाई एकीकरण गर्दै सहकार्य,सहअस्तित्वको सम्मान र समृद्धि गर्दै नेपाली मौलिक जनजीवनभित्रका मूल्य र मान्यतालाई साहित्यिक र सांगीतिक रुपमा उजागर गरेर विश्वसामु प्रस्तुत गर्नु हो lजसले विश्व चक्षुको आकर्षण गर्न सकोस lकुनै विशेष परिधिमा नबाँधी स्वत्रन्त्र भावमा लेखिनु यो विधाको सम्प्रभुत्ता हो l

सुत्रगत गेयात्मकता

0 0 0 0 / 0 0 0 0 0 0 0 / 0 0 0 \

0 0 0 0 / 0 0 0 0 0 0 /0 0 0 \

0 0 0

0 0 0 0 / 0 0 0 0 0 \

/=आन्तरिक बिश्राम l

=मध्य बिश्राम l

=पूर्ण बिश्राम l

यो चतुर्स्पदीय लेखन विधा हो lयसमा जम्मा स्वरहरुको आरोह-अबरोहको मात्र ४० वटा मात्र छन् l

गलबन्दीमा/ मायाको, बरु, पासो/ हालेर,\
मर्छु तिम्रो/ साथैमा, जान दिन्न/ छाडेर l\
रनैमा,
जित्छौ माया ?/ सोच मनैमा l\

प्रथम पदमा -१४
दोश्रो पदमा- १४
तेश्रो पदमा -३ र
चौथो(अन्तिम) पदमा- ९

यो सुत्रगत संरचनामा विभिन्न पश्चिमेली र पूर्वीय शास्त्रीय संगीतसंग नेपाली लोकलयलाई संगै फ्युजन गराएर पनि संगीतबद्ध गरि गाउन सकिन्छ l

ब्यस्त र परिवर्तनशील युगमा प्रभावकारी होस् भन्ने हेतुले यसको सानो आकार निर्माण गरिएको हो l

प्रथम पद- उठान -यसमा विषयबस्तुको उठान हुन्छ l (कथन’क’ लाई ‘उठान’ नामांकरण गरिएकोछ l)
दोश्रो पद-कथन -यसमा विषयबस्तुको कथन हुन्छ l
तेश्रो पद- थेगो- यसमा बिषयबस्तु र भावको संयुक्त सुत्रधार गर्ने शब्द हुन्छ l
चौथो पद- बिट -यसले सम्पूर्ण उठान,कथन र थेगोको मूलमर्मलाई निष्कर्ष दिने काम गर्दछ l

यसको गेयमा यति, गति,मात्रा र अनुप्रासको बेजोड तादम्यता रहनु पर्दछ l

प्रथम पदको पूर्ण यतिको अवस्था पूर्वको स्वरवर्ण र दोश्रो पदको पूर्ण यतिको अवस्थामा पूर्वको स्वरवर्णमा अनुप्रास मिल्नु पर्दछ गजलको काहिया र रदीफ जस्तो वा लोकानुप्रस जस्तो l
जस्तै-

गलबन्दीमा मायाको, बरु, पासो हालेर,
मर्छु तिम्रो साथैमा, जान दिन्न छाडेर l
थेगो र बिटको अन्तिम स्वरवर्णमा पनि यहि नियम लागु हुन्छ l

जस्तै-
रनैमा,
जित्छौ माया ? सोच मनैमा l

अवस्था र सम्भाव्यता-

गेडी फेसबुक मार्फत सार्बजनिक गरिएको लगभग एक बसन्त बितिनसक्दा विश्वभरका नेपाली साहित्यकर्मीहरुले यसको चासो देखाएको यी तलका गेडी सर्जकहरुको नामावलीले प्रष्ट गर्दछ l

१.खगेन्द्र पन्धाक लिम्बू
२.अशेष यात्रु (अंग्रेजीमा प्रथम गेडी लेखक)
३.मनु लोहोरुंग
४.आबाज शर्मा
५.किरण टि. लिम्बू
५.राजेन थुलुंग
६.अमर सरोबर
७.कोषराज श्रेष्ठ
८.निराजन प्रभात लुईंटेल
९.अनुराग राना
१०.मोहन पहाडी
११..करुण थापा
१२.पी.आर. पौडेल’शिरिष’
१३..मिना बान्तवा
१३.रबि रोशी
१४.बिष्णुनन्द चामलिंग
१५.अनुराग कंडेल
१६.तिब्बत दर्लामी
१७.आचार्य सुबिसुधा
१८.टेकेन्द्र अधिकारी
१९.प्रभा आचार्य
२०.सुमन मञ्जरी
२१.हरि अधिकारी
२२.जितेन्द्र मल्ल
२३.भानु सुनुवार
२४.उदय मुस्कान
२५. सुमीत्रा पौडेल
२६.केदार श्रेष्ठ’गगन’
२७.चर्चीत ढुङ्गेल
२८.गोर्खे साईलो
२९.अविरल यात्री
३०.खेमराज गाउँले
३१.तिर्थ चापागाईं
३२.पी.के. गिरी
३३.नवराज नबोदित
३४.राजु दाहाल
३५.हरि मानन्धर

आदि l ( कोहि छुटेको खण्डमा क्षमा चाहन्छु जानकारी दिनुहोला l)

यो सानो र नेपाली लोकलयको संरचनामा बनेको हुनाले यसको प्रभावकारिता र लोकप्रियता तत्काल रहन सक्छ भन्ने बिश्वास गर्न सकिन्छ lअहिले विभिन्न डिजिटल वेब पत्रिका र साहित्यिक पत्रिकाहरुमा स्थान पाई साहित्यकार र पाठकहरुको चासो तथा आकर्षण प्राप्त गरिरहेकोछ l

भविष्यमा ‘गेडी’ सम्बन्धि आधारभूत ‘नियमावली,चर्चा र महत्व’ बारे पुस्तक,गेडी ग्रन्थ र संग्रह प्रकाशन गरिने तथा आयामिक संगीतबद्ध गरि श्रब्य चक्का निकालिने भबितब्य योजना रहेकाछन् l

समयानुकुल चलखेल गर्दै यसको ब्याख्या,संस्करण,बिकाश,चर्चा,प्रचार र सम्बर्धन हुँदै जानेछ र भविष्यमा गेडी विधाले नेपाली साहित्यिक उपस्थितिमा आफ्नो अस्तित्वलाई ध्रुब तारा साबित गर्दै लानेछ lअहिले सम्पूर्ण साहित्यप्रेमी बर्गमा ध्यानाकर्षण गराउंदै सबै साहित्यिक मनहरुमा यो विधागत जानकारीको गेडीमय अपिल गरिन्छ l

केहि गेडीहरु –

करुण थापा

गेडी-१

बाचा मात्र गरेर कसम तोडी जानेले l
केको माया गर्छन् र झूटो कसम खानेले l
ए सानु
माया गर्नु कसम नखानु l

गेडी-२

तिमीलाई देखेर जिस्काउने बानी भो’ l
ढल्किसक्यो उमेर मन अझै नानी भो’ l
तनको
उमेर चाहि‌ हुन्न मनको l

गेडी-३

साउनको झरीले, मेरो मन भिजायो l
फूल भन्थे जिन्दगी, काँढा जस्तै बिझायो l
गहिरो,
घरकै छेउ, गयो पहिरो ।

गेडी-४

जून झार्छु भन्दैथे, तारा झार्छु भन्दैथे l
ठाउँमा पुगे पछि त, पैसा मात्र गन्दैथे l
बेताले,
के गर्लान् र, यस्ता नेताले ।

गेडी-५

देश किन सुम्पेको लाटो अनि बुंगालाई l
पारी कैले पुर्‍याउला आँधी बीचको डुंगालाई l
हारे भो
यस्ताको त, आसै मारे भो’ l

गेडी-६

संसारको रीति यो बल्ल पो त बुझियो l
जब ढोगें ढुंगालाई देउता भनी पुजियो l
भनाउँछ
मान्छेले नै देउता बनाउँछ ।

कोषराज श्रेष्ठ


पाइएन राषन ,कती सुन्ने भाषण l
सधैं भरी उस्लाई ,चिन्ता हुन्छ आसन l
केरौ न ,
यस्तो रित, अब फेरौन !


सम्वन्ध नै बुझ्दैन ,आफ्नै साथी भुक्नेले l
सडकमा चिच्यायो ,आकाशमा थुक्नेले l
भसक्क,
हिजो अस्ती, हुन्थ्यो मसक्क !

राजेन थुलुङ

१.
सयपत्री फूल झैं, ओइली झर्ने यौवन ।
जन्म-मृत्यु बिचको, सानो रेखा जीवन ।
सलामी,
माया बाडे, बड्छ मलामी ।

२.
चोक्टा खाने खेलमा, कुस्ती लड्यौ तीरमा ।
शान्ति बग्यो भेलमा, किन खोज्छौ शीरमा ?
हुदैन,
तिमी मर्दा, कोहि रुदैन ।

३.
सयौं तिम्रो घरमा, नोकर र चाकर ।
नाम्लो मेरो थाप्लोमा, गह्रुंगो छ ढाकर ।
कसरी ?
हुदैन है, न्याय यसरी ।

४.
हिड्नु पर्छ सबैले, अहिंसाको गोरेटो ।
छेल्नु पर्छ मायाले, घृणाको त्यो सिरेटो ।
कान्तिले,
बाचौं हामी, सुखशान्तिले ।

मोहन पहाडी

हेर्दा-हेर्दै कस्तो यो,परिवर्तन देखियो l
पानीभन्दा नदीमा,रगत धेर पो भेटियो l
कसरी ?
रगत बग्यो खोला जसरी l

पि.आर. पौडेल “शिरीष ”

…….१…….

लाली ओठ गुलाबी, सयपत्री परेली ,
तिमीले नै भरियो, योमनको तरेली l
तालैमा,
पारि हाल्यौ , माया जालैमा ! !

…….२…….

आकासमा बादल , बन पाखा हरियो ,
तिम्ले माया देखायौ, आफु पर सारियो l
मात्तिएँ ,
बैंश ढल्यो , बल्ल आत्तिएँ ! !

…….३…….

नेपालको गौरव, पाहाडको टाकुरा ,
हिमालको काख मा , स्वाबलम्बी पाखुरा l
त्यहिहो ,
म नेपाली , देश यहि हो ! !

…….४…….

बगैचाको कुनामा, गोदावरी फक्रियौ ,
आँखा-आँखा जुधेर, मुटु भित्रै टक्रियौ l
मानेको ,
त्यसैले त , आफ्नो ठानेको ! !

…….५…….

भत्किएको कटेरो, चुहिएको छानोमा ,
अन्न छैन भकारी, गुजारा छ मानोमा l
गर्नु छ ,
गरिबले , भोकै मर्नु छ !

अनुराग राना

(१)
रोधिघर बोला’को भेट्न भनी आएको l
वैश काट्न लागेछ त्यसैले त धाएको l
गाजलु
तिमी रै’छ साह्रै लजालु l

(२)
झिटि झ्याम्टो बोकेर ठिमीतिर लागेको l
गणतन्त्र आयो रे दिल्लीतिर भागेको l
नानीले
दु:ख पायो आफ्नै बानिले l

निराजन प्रभात लुईंटेल

१.

मेरै बाटो हेरेर,बस्याछन चौतारी,
संगै खेले हुर्केका,प्यारा मेरा दौतारी,
मनैमा
आज भोली फसे धनैमा!!!

२.

रातो राम्रो गुलियो मिठो हुन्छ बैसामा,
किन तिमी आफनो बैस बेच्छौ पैसामा
ठहर
नखाउहै यस्तो जहर!!!

३.

आमा तिमी महान,बस्छु तिम्रो काखैमा,
छोरा छोरी समान,दुबै तिम्रो आँखैमा,
छाँयाले
जिएकैछु तिम्रो मायाले!!!

४.

चञ्चले म गाउँले,काले भन्छन् मायाले
दिनै भरी घेर्दछ,गाउँ घरको छायाले
चञ्चले,
मत झिल्के पुर्व अञ्चले!!

५.

गाउँ मेरो सुन्दर,वास्ना छर्ने फूलैको
हुर्के बढे म पनि,पानी खादै मुलैको
यादै छ,
भित्री दिल्मा अझै ताजै छ!!

अमर सरोवर

१।
बनपाखा पखेरी, खोज्यो होला माटोले
लेकबेशी पधेँरी, सोध्यो होला बाटोले
सम्झेर,
आउँनेछु, छिट्टै फर्केर ।

२।
देउराली भाकेर, म्हेन्दोमाया नाँचेर
रक्सिपोङ बोकेर, पञ्चेबाजा ठोकेर
मेलैमा,
कुराकानी, छिनौं बेलैमा ।

३।
तप्रलुङ मुन्तिर, गाईबाख्रा चरा’को
चुलबुले कान्छीले, हो कि मन परा’को
चोलीमा,
भुतुक्कै भो, उनको बोलीमा ।

४।
गाजलु ती आँखाको, नानी भित्र डुबूँ कि !
दुई चुल्ठी बाटे’कि, केश भित्र लुकूँ की !
छाँयामा,
एकोहोरो, भएँ मायामा ।

५।
घिन घिन मादल, बजाउँदै साँइला l
मन भरि सपना, सजाउँदै साँइला l
नाँचेरै,
जिन्दगानी, बिताम् हाँसेरै l

मनु लोहोरुङ

(१)
संगसंगै नुनैको, भारी खेप्दै बोलेको
फलैंचामा बिसाई, मनको पिर खोलेको
सम्झेर,
चस्स दुख्छ, छाती बल्झेर

(२)
फुल्नै छोड्यो मायाको, शिरैफूल केशैमा
रुन्छ चोली फरिया, आज भोली देशैमा
रीतिले,
बाटै भुल्यो, हाम्रो थितिले

(३)
दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु, मनको मूलैमा

क्रमश: अरु चर्चा र श्रष्टाहरुको रचना थपिने नै छन्

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *