– शशी थापा सुब्बा
ताप्लेजुंगबाट तेह्रथुम पुगे धनकुटा बासबसे.
तम्बरै तरी धरानै झर्दा मायामा म फसे
लुङ्गा मायामा म फसे ।
धराने ठिटी साह्रैनै राम्री भन्थेनि गाउँघरमा.
फर्कूकि घर कि यतै बसू परेनी दोधारमा.
लुङ्गा परेनी दोधारमा ।
भोजपुरे कान्छा धनकुटे साइला पाचथरे ठुले नि
सपनाबोकी धरानै झर्दा लेक-बेसी भुले नि
लुङ्गा लेक-बेसी भुले नि
।
Please follow and like us: