राम्रै थियो नेपाल त्यो
जनता सबै ठिकै थिए
के पुगेन कसलाई यहाँ
सारा शान्ति लगि दिए
सुनिन्छ जनको माझमा
गोलिको आवाज अनि
धन को लागि यहाँ
मार्छन् दाजुभाई पनि
के चाहेको कस्ले आज
भन्छन् सबै शान्ति भनि
जरुरी छ भन्छ्न् कोहि
बिशाल युवा क्रान्ति पनि
नेपालमै जन्मे बुद्ध
जनक पनि यहिकै भए
आज के भो मेरो देशमा
युवा सबै कता गए
कति आए कति गए
शान्ति को निम्ति भनि
भोकले निमुखा जनता
सक्दैनन ति उठ्न पनि
गाउँ गाउँबाट सबै
उठि आए शहरमा
कति पुगे अस्पताल
कति पुगे नहरमा
मर्ने सँख्या कति पुग्यो
गनेरै नसक्ने भयो
खोज सबै शान्ति अब
भागी त्यो खै कता गयो
राजा बस्थे सिँहासनमा
बिष्णुको अवतार बनि
चोर पस्यो देशमा मेरो
लग्यो शान्ति जरै खनी
सगरमाथाको मेरो हो देश
बुद्धको हो जन्मभुमि
पुरानो प्राकृतिक दृश्य
अहिलेको यो मरुभुमि
पानि छैन खोलामा आज
रगतै रगत कति
कोहि भए निसन्तान
कतिले गुमाए पति
उठ सबै युवा हरु
बसेर हुदैन अब
रोक्न भनि आए पनि
सक्ने छैन कुनै रब
जन्मेथे सपुत पहिले
दिए देशलाई ज्यान पनि
जो लड्छन् कुर्सीको निम्ति
हुन उनै देशका खुनि
दिगाम ६ गुल्मी (हालः अबुधाबि यु.ए.ई.)