– सचित सिप्तुङखा राई
एकबारको रै’छ
उन्मत्त बैंस लिएर
कति झरेँ ओरालीमा
कति चढेँ उकालीमा
सिम्माको झुम्के-बुलाकी
नछोऊँ भन्दै थिएँ
बैंस चढेको बेला
बैंस आएकैसँग
एकखेप बिर्सिदिएँ
आफू-आफूहरूलाई
समागमको राजनीति
अलिकति खुकुलो
अलिकति पारदर्शी
केही गोप्य
केही रहस्य
जिन्दगी त समर्पण पो रहेछ ।
Please follow and like us: