रमेश गौतम
मुटु अर्थात संवेदनाले भरिपूर्ण
शरीरको कुनै अंग
कुनै समय रोमान्चित थियो।
खण्डहर जिन्दगीका कथाहरु
सायद् आफूसिर्जित
विवशताका गथासाहरु !
मैँले कहिल्यै सोचिनँ-
जीवन यति अनिश्चित बन्छ
जीवन यति भयाक्रान्त बन्छ।
सुन्दर आगारहरु
सपनाको संसारका कुराहरु
मीठो परिवेश
तर लान्छित बालापन
सायद् विस्म्रिति भइसक्यो आज।
म तिम्रो आश्रयमा आश्रित
जर्जरताको एउटा शिकार-
तिमीभन्दा प्रिथक परिभाषित भएर सधैँ
बगिरहेछु-अनियन्त्रित खहरेको बेगसँगै ।
मैँले तिमीसँग कहिल्यै सोधिन
यात्रानुभूति र रोमान्सहरु!
जिन्दगीका मीठा सपनाहरु!
कुनै दिन
हेलेन केलरले डुल्न चाहेको
वनजंगलका सयरानुभूतिहरु!
अहा!
मैँले कहिल्यै सोधिनँ-
क्युरीगाथाहरु!
कल्पना चावलाका व्यथित संकल्पहरु!!
मैँले कहिल्यै हेरिनँ-
भिन्चीक्रित मोनालिसा सुन्दरताहरु!
यो मेरो व्यक्तिभित्रको कुरा ।
चंगासँग खेलेर
कुनै सिद्धान्त प्रतिपादित गर्ने फ़्र्यांक्लिनहरु
बगरसँग मिलेर
कुनै साध्य प्रमाणित गर्ने पाइथागोरसहरु
आफैँसँग हारेका आइन्स्टाइन अनुभूतिहरु
कुन्नि कता नाँच्दै थिए गुन्जँदै थिए।
यहुदी बस्तीले
कालो दिनको स्म्रितिमा
आँसु बगाइरहेको यो बेला
ममा स्थानान्तरित त्यो जर्जरता
तिमीले बुझेकै छैन।
रहस्यको पर्याय बन्न चाहन्न;
मलाई थाहा छ-
आज मसँग मेरो छाया छैन ।
जीवन अनुभूतिका नीरसताहरु
आफैँसँग अपरिचित आफ्नो अस्तित्व
अनि
पत्थर जस्तै समय,समय त्रासदीहरु
मसँग छन्-
बगरहरु, मरुभूमिहरु!
मणिभिक्रित अनुभूतिका चोइटाहरु
आज व्यंग्य हाँसेका छन्
बन्धकी राखिएका खुसीहरु
पीडा बाँचेका छन्
सापटी माँगिएका कन्चन आस्थाहरु
दर्द रोएका छन्!
मेरो चिनारी अब तिमीमा छ
भन तिमीले मलाई के भन्ने?
(इटहरी ०७/०९/२००४ : हाल नर्वे )
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *