– मनु लोहोरूङ

काँडाको राज्य मात्र होइन,
क्याक्टसको सन्सारमा
हजार जिन्दगी फुलेको
निकै बेर भयो l
सुगन्ध आउने मूलबाटो
ढुकेर मेरा नेत्रसोथहरु
युगौं देखि लम्पसार परेकाछन् l
आशातीत आयुहरु
व्यर्थ स्खलन हुँदा


उम्दो मन थाकेर
कहिले कही बिचलनको
घस्यौटो माथि सर्लंगै
सिमली-पात झैँ
सुकेर झर्न खोज्छ l
विपथगामी उल्कापिण्डहरु
आफु आफुमै ठोक्किएर
मानव वस्तीमा खस्दा,
मानववादहरु चर्किएका छन् l
म तिनलाई समभावको लेपन
लगाएर टाल्न खोज्दैछु l
स्वासको अनुलोम

एक थोपा रगतको गति
स्व-मानाचामलले टरे पनि
अस्तेय विधिको ओत मुनि
विवेकी मानव माधुर्यहरु रहून !

समराज्यतिलक देख्ने
यी शिघ्रविदारक आँखाहरु
विधिवत विधाता हेर्न हतारिंदैछन् l
त्यसैले,,,,,,,
समयको उत्तर्रार्ध लपेटेरै भए पनि
मनमाफिक जग कुँद्ने
मनस्वी कालिगढ़हरुलाई
कृतसंकल्पको लागि
मननीय पटाँगिङ्नीमा
स्पदनको डिलैबाट डाक्दैछु l

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *