प्रत्येक सन्तानहरुलाई ,
हर निमेस उत्तम ,निस्वार्थ परिबेसमा परवारिस ग-र्यौ,
उनिहरुलाई छहराको झन्कार द्वारा
बिनम्र हुन सिकायौ ,
लालीगुँरास जस्तै राष्ट्रिय बन्न प्रेरित ग-र्यौ,
तिमीले आफ्ना हरेक ईशारा र भाषाले
हामीलाई सक्षम , सचेत बनाउने प्रयास गरिरह्यौ
तर दुर्भाग्य !
आज सार्थक्ता प्राप्त गरेपछि मान्छेहरु
फर्केर हेर्दैनन् र लिदैनन् तिम्रो नाउँ ,
मेरो प्रिया अभागी गाउँ !
तिमीले हरेक सन्तानसँग यही आशा गरिराख्यौ ,
तिम्रा सन्तान शहर र बिदेस गैइ
धेरै पढिलेखी विद्वान र ज्ञानी भै
तिमीलाई सम्झेर फर्कनेछन ,
आ-आफ्ना ज्ञान र बिबेकले तिमीलाई स्रिङ्गार्ने छन् ,
र तिमीलाई पनि सुविधा सम्पन्न
जापान , अमेरिका बनाउनेछन्
तर दुर्भाग्य !
आज तिम्रै वात्सल्यमा हुर्किएका सन्तानहरु
इन्जिनियर , डाक्टर , पाइलट् धेरै धेरै भए ,
तर तिम्रो गुण र पुकारलाई सम्झेर
कोही फिरेनन तिम्रो ठाउँ
मेरो प्रिया अभागी गाउँ !
तिम्रो बिकास गर्ने हेतुले कुनै सन्तान नफर्कदा
तिमी आफ्ना निराशा र बिस्मातका आँसुहरुलाई
नारायणी , राप्ती र कालिगन्दगी बनाइ झार्ने गर्दछौ होला ,
आफ्ना सन्तानहरु यती स्वार्थी र विलासितासँग
बेचिँदै गएको र नजिकिँदै गएको देखी
आफ्नै सन्तानहरुको कारणले
तिमी आफुलाई कति धिक्कार्छौ होला ,
कहिले परेवालाई दुत बनाइ
त कहिले पवनका वेगहरुलाई
कति अनुरोध , सुझाव र सन्देशहरु भेझ्छौ होला
तर दुर्भाग्य !
एश आराम र पैसासँग बेचिएका तिम्रा सन्तानहरु
आज आफुहरु हुर्केका डाँडा पाखा
प्रकृतिको बाणी र भाषाहरु नबुझने भैसकेछन् ,
बिर्सनेहरुले कसरी चाल्छन् तिमी तिर आफ्ना पाउँ ,
मेरो प्रिया अभागी गाउँ !
हाल इजरायल