-परी बान्तवा ‘बानु’

गल्ती मेरो थियो कि भुल तिमीले गर्‍यौ,
कशुर मेरो थियो कि तिमीले कर्तुत गर्‍यौ ।

जिउदै जल्दै थियो जीवन आगो थपी दियौ,
आघात मैले गरे कि घातहरु तिमीले गर्‍यौ ।

थोत्री गएको यो मनबाट थालो अन्तै सार्‍यौ,
निष्ठुरी म भए कि बैमानी तिमी ले गर्‍यौ ।

निर्दोश थिए दोश थमाइ साँध सिमा कोर्‍यौ,
अपराध मैले गरे कि अपबाद तिमीले गर्‍यौ ।

गल्ती मेरी थियो कि भुल तिमीले गर्‍यौ,
कशुर मेरो थियो कि तिमीले कर्तुत गर्‍यौ ।।

प्रकाशपुर, सुनसरी
हाल, इराक

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *