-परी बान्तवा ‘बानु’
अटाउन सकिन म तिमीले जिउने जगतमा
छुट्टै रैछ बाँच्ने संसार ठाने एउटै फगतमा,
कुदेका छन छिंपा बनी तिम्रै मायाँ ह्रुदयमा
रैछ साथ पहरको शिला युग रोजे फगतमा,
थेग्न सकिनौ विश्वाश सबै फाल्यौ स्वार्थमा
लियौ मन सर्लक्क दिन नै बिराए फगतमा,
साँघुरो भएछु अब म तिम्रो मनको सँघारमा
भतिकिन्छन जती आशाहरु टाल्छु म फगतमा,
रमाउन म कहाँ सक्छुर तिम्रो औकात सानमा
हाँस्दा तिमी हाँस्न खोजे भुल गरेछु फगतमा ||
प्रकाशपुर, सुनसरी, नेपाल
हाल, इराक
Please follow and like us: