– सजना गुरुङ

केबल श्वास प्रश्वासमा मात्र बाँचिरहेको
मेरो निस्सार ,निश्कृया र निक्रिस्ट जिबनमा
बोध ,सबेदना र सार भरिदेउ ,
ए ! समाज , राष्ट्र र ईतिहासले
मान्छे मानीसकेका , मान्छेको रुपमा
स्विकारी सकेका हरु हो ,
जुन व्यवहार र वाणिहरुले हुन्छ
मलाई मान्छे बनाइदेउ !

मेरो यो चन्चल मनलाई,
सगरमाथा जस्तै अटल र स्वाभिमानी हुन सिकाइदेउ ,
मेरा यि स्वार्थी हिर्दयेमा
फोलोरेन्स ,मदर टेरेसा र प्रकीरतिको जस्तै
निस्वार्थ सेवा गर्ने भावहरु भरिदेउ ,
सिता , भिर्कुटी र पारीजात हिंडे जस्तै
आदर्श र सार्थक्ता प्राप्तिका पथहरु देखाइदेउ ,
म जस्ता धेरैका हिंसात्मक मनमा
शान्तिका अग्रादुत बुद्द जन्माइदेउ
ए महमानब हो !
प्रेमले हुन्छ कि उपहासले हुन्छ
मेरो सुतिरहेको चेतना र मस्तिस्कालाई ब्युझाइदेउ
बिन्ती , मलाई मान्छे बनाइदेउ !

म प्रिथिबिको वात्सल्यामा
बोझ बन्ना चाहन्ना ,
पशुतुल्या भै जिउना चाहन्ना ,
तेसैले म प्रिथिबिनारायण र धर्मभक्ताका
बाटोहरुलाई अंगाल्ना चाहन्छु
जिन्दगीका अप्ठ्यारा र पराजयहरुमा पनि
ललिगुराँस र कमल जस्तै फक्रिन चाहन्छु ,
संसारमा मानबतारुपी आलोक छरी
मम्बती भै जलिरहन चाहन्छु ,
ए ! मानबता हुर्किसकेका देहहरु हो ,
मलाई तेही पथ र तेही जिबनमा
समाबेश गरिदेउ , अनुबन्धित गरिदेउ ,
जहाँ मान्छेहरु मरेर पनि बाँचिरहेका छन ,
भौतिकतामा बिस्थापित भएरा पनि
इतिहासमा आदर्श र प्रेरणाका प्रतिक भै
स्थापित भैरहेका छन !!!

हाल , इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *