–रक्ष राई
कर्म गर, फलको आशा नगर ! आरम्भमा मैंले गीताको उक्त सूक्तिलाई हिन्दू धर्मको वर्णाश्रम एवं सामाजिक विज्ञानको दृष्टान्तको व्याख्यामा बुझें । दोस्रो चरणमा मैंले यसलाई साम्यवादको सिद्धान्तले हेरें । साम्यवादले समाजमा विद्यमान वर्ग विभेदका प्रमूख कारकतत्व पूँजीलाई मान्दछ । मानिसलाई पूँजीबाट सर्वहाराकरण (मुक्त) गरिदिएपछि समाजमा विद्यमान वर्ग विभेदको विघटन हुन्छ र त्यहाँ साम्यवादको स्थापना हुन्छ ।
नवचेतना अर्थको निश्चिततामा विश्वाश राख्दैन । त्यसैले म आज गीताको उक्त सूक्तीलाई आसक्तिबाट मानिसलाई मुक्ति दिनको अर्थमा बुझ्दैछु । किन कि आजका मानिसलाई आफूभित्र ग्रसित आसक्तिलाई बुझाउन अति जरुरी भएको छ । आजको अत्याधुनिक शिक्षा, कामै नलाग्ने पुरातन धार्मिक ग्रन्थ, उपनिषद, दर्शन एकातिर छ भने अत्याधुनिक समाजको प्रभाव अर्काेतिर छ । शिक्षा र दिक्षाको बिरोधाभाषपूर्ण स्थितिले मानिसमा द्वैध स्वरुप र चरित्र छ । मानव बाहिरबाट एकथोक छ र भित्रबाट अर्कोथोक छ । मानव बाहिरबाट मानव छ र भित्रबाट दानव छ ।
आसक्ति मानिसको प्रबृतिगत दोष हो । उ जन्मिदा प्रकृति जस्तो निस्वार्थ र निःशर्त जन्मिन्छ । तर जन्मिएपछि उसले बाँच्ने जीवन र जगतमा मानिसले स्थापित गरेका मुल्य र मान्यता र त्यसले निर्माण गरेका विभिन्न अनुकुल–प्रतिकुल परिस्थति र वातावरणबाट उ प्रभावित हुँदै जान्छ । त्यसैका प्रभावले उभित्र स्वार्थ, लोभ, लालच, ईष्र्या, द्वैष, रिस–राग, जस्ता मनोग्रन्थीको जन्म हुन्छ र त्यो समाजकै प्रतिकुलतामा विकसित हुँदै जान्छ । फलतः आसक्ति कारण जन्मिदा ईश्वर जन्मिएको मानव यो जगतमा आएपछि दानवमा रुपान्तरित हुन पुग्दछ । आजका मानवभित्रका विकसित दानवता उभित्र जरिएर बसेको आसक्तिकै कारण हो । समर्पण, त्याग, तपस्या, धैर्यता र सहिष्णुता आजका मानव गुणभित्र पर्दैनन । समय यति द्रूतगतिमा अत्याधुनिक युगमा प्रवेश ग¥यो कि विज्ञानको अत्याधुनिक प्रविधिको चमत्कारले मानिसमा चमत्कारिक ढङ्गबाट महत्वकाङ्क्षाको विकास भएको छ । फलतः आजका मानिस अत्याधुनिक दास बन्न ललायित छन । अत्याधुनिक दास जो घाँटीमा टाई र शरीरमा शूट पहिरिएर आफूले आफैलाई विक्रिगरिरहेका छन । त्यो आदिम दासत्वकै विकसित रुप हो ।
किन भने आजका मानिसमा आसत्तिको खाडल घेरै गहिरो छ र त्यहाँ स्वार्थ, लोभ, लालच, ईष्र्या, द्वैष, रिस–राग निरन्तर भरिदो छ । यी मानसिक विकृतिहरु मानविय वृतिका रुपमा निरन्तर विकसित हुँदो छ । कर्म नगर फलको आसा गर ! आजका मानव वृति हुन् । हाम्रो सामाजिक एवं नैतिक शिक्षा, धर्मग्रन्थ, उपनिषद, दर्शन निकम्मा भइसके । आजका मानिस स्वार्थको ठुलो खाडल भइसके । हामी हाम्रा माता पितालाई जन्मदाताको श्रद्धासम्मानको भावले ढोग्दैनौं । हामी हाम्रा सन्तानलाई प्रेम र स्नेहको भावले माया र भरण पोषण गर्दैनौं । भगवानको मन्दिरमा वा अनुष्ठानमा ईश्वरप्रति निष्ठाभावले पूजा गर्दैनौं । त्यहीँ स्वार्थै–स्वार्थ छन् । स्वार्थकै कारण सामुहिक र सामाजिक भावना ठुलो पाखण्डीपन भएको छ । मानिस सामुहिक र सामाजिक भावनाको कुरो गर्दछ र कर्म व्यक्तिगत लाभको लागि गर्दछ । स्वार्थको कारण मानिसमा आसक्ति जाग्दछ र आसक्ति भएको मानिस कम्जोर हुन्छ र उसको स्वभाव र आचारण व्यक्तिबादी आत्मा केन्द्रित हुन्छ । कम्जोरीकै कारण उसमा त्याग र समर्पण गर्ने शक्ति हुँदैन । खोसेर, लुटेर वा चोरेर प्राप्त वस्तु क्ष्णिक हुन्छ । त्यागबाट प्राप्त वस्तु नै दिर्घाकालिन र अमर हुन्छ भन्ने बुद्धि, विवेक र ज्ञान हराउन पुग्दछ ।
आसक्तिले मानिसलाई सदाबाहर गाईजात्रा गराउँदछ । त्यसलाई नेपाली राजनीति, सामाजिक र साहित्यिक संंघ÷संगठनलाई अर्थात तिनका प्रवृति हेरे स्पष्ट हुन्छ । नेपालको सबभन्दा ठुलो प्रहसन स्थल भएको छ सिंहदरवार र वालुवाटार । ति कुरा देश र जनताका गर्दछन र काम आफूलाई केन्द्रमा राखेर । अव सामाजिक संंघ÷संगठनका सन्दर्भमा नेपाल पुग्नै पर्दैन । यही बेलायतमै भूतपूर्व गोर्खाहरुको आन्दोलन हाँकिरहेका क्षतविक्षत गोर्खा संगठनहरुलाई हेरे पुग्दछ । तिनले आफूभित्र जरिएको आसक्तिकै नियति भोगिरहेका छन ।
अझै साहित्यिक संंघ÷संगठन यस विकृतिको अग्रस्थानमा छ । मानिसभित्र विद्यमान आसक्तिले नै स्रष्टाहरुका वृतिमा समलिङ्गी र पुरुषबेश्यापन र साहित्यिक संंघ÷संगठन बौद्धिक बेश्यालयमा रुपान्तरित हुँदै गइरहेका छन । आजका स्रष्टाहरु अत्याधिक आसक्तिले भरिएका छन । हाईटेक जामनाको प्रभावले लगनशिलता, धैर्यता, त्याग, तपस्या, समर्पण र सहिष्णुता आजका स्रष्टाका गुणभित्र पर्दैनन् । तिनलाई आप्mनो अगेनाको चिसो खरानी फुक्नु भन्दा अर्काको गोठको बलेको आगो ताप्नै आनन्द छ । एउटा कविता लेखेपछि महाकवि भनिन पर्दछ । एउटा पुस्तक छापिन साथ रिमाल, भूपि वा श्रवण मुकारुङ बनिनै पर्ने बाध्यता छ । ति अग्रजहरु त्याग र तपस्याबाट बनेका हुन भन्ने चेत तिनमा छैन । आजका केही अत्याधिक महत्वकाङ्क्षी स्रष्टाहरुको तत्कालै ठूलो साहित्यकार बन्ने ध्याउन्नको चटारोले चेत खुस्केका छन । उसलाई आफ्नो समकालिन स्रष्टाको सम्मान के हो ? थाहा छैन । उसलाई आफ्ना पिता जन्मिदा सम्मान ग्रहण गरिसकेका अग्रज स्रष्टाको सृजनामा निर्णयक बन्न लज्जाबोध होइन गर्भको बिषय बन्दछ ।
आज आफ्नो शिप र क्षमताले काँधमा हालेर नेपाली साहित्यलाई उचाइँमा पु¥याउँन चाहने सक्कली स्रष्टा भन्दा सृजनाको टाउकामाथि चढेर आफ्नो उँचाई देखाउन चाहने नक्कली स्रष्टाहरुको बोलवाल छ । तिनीहरुद्वारा विद्युतिय अत्याधुनिक सञ्चारहरुको दुरुपयोगबाट मञ्चित भैंसिजात्रा पनि हेर्न लायकै छ । जसलाई नेपाली साहित्यको जग कहाँ छ ? थाहा छैन, उसैलाई धूरी बनाउन पर्ने हतारो छ । हिजो अन्तर्राष्ट्रिय नेपाली साहित्यको स्थापना होस वा आज विश्व नेपाली साहित्य महासंघको वा भोली र पर्सि अन्तरभूमण्डलिय नेपाली साहित्य महासंघ÷ अन्तर ब्राह्मण नेपाली साहित्य महासंघ वा अन्तर सौर्यमण्डल नेपाली साहित्य महासंघको स्थापना होस, तिनको पुरातन चेतनाको स्तरले कार्य गरिने हो भने नेपाली साहित्यको स्तर र स्रष्टाहरुहरुको जीवन स्तरमा अझै दुई चार सयबर्ष कुनै कायापल्प हुन्छ भन्ने आसा नगरे हुन्छ । किन भने तिनको चेतना भनेको फोटोकपि मेशिन हो ।
नवचेतनामा अर्थहरुको निश्चितता छैन । त्यो समय सापेक्षित छ । यस अर्थमा हाम्रो सनातन परम्परामा गोजीबाट निकालेको दुई चार हजार नगदको बन्दोबस्तो र प्रसंसाका सुन्दर अक्षरहरु कुँदिएको काठको खपेटालाई पुरस्कार र सम्मान मानिदै आएको छ । तर नवचेतनामा नेपाली प्रतिभा प्रतिष्ठान बेलायत÷ब्रनाई, यस कार्यलाई बौद्धिक ठगी र बौद्धिक अपमान मान्दछ । कारण त्यस्तो पुरस्कार, जसले सष्टाको न त एउटा गर्जो नै छर्ट, न त खुशीयालीमा मित्रहरुलाई एककप चिया नै बाँडन पुग्छ । त्यस्तो काठको खपेटाको सम्मान जसलाई भोक लाग्दा न त टोक्न नै मिल्छ न त मर्दा आफ्नो लास जलाउनै पुग्छ । त्यो स्रष्टाले प्राप्त गरेको पुरस्कार र सम्मानको सूची तयार पार्ने हो भने ‘‘ए फोर साइज’’ को कागजको दुई पृष्ठमा पनि अटाउँदैन, तर उसको पेटको भोको मुसो जिन्दगीभरि रुन छोडदैन । यो भन्दा बौद्धिक ठगि र अपमान अरु हुनै सक्दैन । किन भने स्रष्टाको सहि सम्मान र पुरस्कार उसको सृजनाको उचित ब्यवस्थापन साथै सम्मान पुरस्कारबाट प्राप्त हुने आर्थिक राहतले प्रदान गर्ने दरिद्र र दयनिय अवस्थाबाट मुक्ति सँग पनि सम्बन्धित हुन्छ । तर हाम्रो परम्परामा ‘‘एक रुपे पनि पुरस्कार हो’’ जस्ता दार्शनिक अभिब्यक्तिसँग जोडिएर एक स्रष्टाले अर्का स्रष्टालाई पङ्गु बनाउने र बौद्धिक डकैति र ठगी कार्यको विकास भइरहेको छ । यही परम्पराको निरन्तरता नै नेपाली साहित्यका स्रष्टाहरुको दरिद्र जीवनको दयनिय अवस्थाको प्रमूख कारण मध्य एक हो । नेपाली प्रतिभा प्रतिष्ठान बेलायत÷ब्रनाई । यो विकृत परम्पराको क्रमभङ्गता चाहन्छ ।
अव प्रसंग राज्यको । हामी स्रष्टाहरु स्वयम नै एक अर्कालाई बौद्धिक ठगी र अपमान गर्ने कार्यलाई महान उपलब्धि ठान्ने भ्रममा साहित्यिक संघ÷संगठनलाई बौद्धिक बेश्यालयमा रुपान्तरित गरिरहेका छौं भने ‘‘स्रष्टाहरु राष्ट्रका महान सेवक हुन’’ भन्ने भावना, बुद्धि र विवेकशिल नेता राज्यले प्राप्त गर्न अझै दुई चार सयबर्ष नेपाली जनताले रुङ्नै पर्दछ । आजतक राज्यमा कुनै असल काम गर्न जनताले नेतासँग युद्ध लडदै र तिनलाई घुँडा टेकाउदै आउन परेको यथार्थ हामीसँग छ । यसर्थ नेपाली प्रतिभा प्रतिष्ठान बेलायत÷ब्रनाई स्रष्टाहरुको सहि सम्मानका निम्ति राज्यको तर्फबाट राष्ट्रिय स्तरको पुरस्कार कोष स्थापना होस भन्ने चाहन्छ । नेप्रप्र बेलायत÷ब्रनाई स्वयम् पनि स्रष्टाहरुले गर्व गर्न लायकको पुरस्कार कोष स्थापना गर्न चाहन्छ र राज्यलाई पनि नैतिक दायित्वको प्रत्याभूति गराउन चाहन्छ र त्यसको साथै नेपाली साहित्यका स्रष्टाहरुको राष्ट्रिय एवं अन्र्तराष्ट्रिय संघर्ष एवं दबाब मूलक समितिको गठन हुनुपर्दछ र अविलम्व कार्य आरम्भ हुनुपर्दछ भन्ने चाहन्छ । नत्र नेपाली साहित्यका स्रष्टाहरुले अझै दुई चार सयबर्ष कुनै राणाले आफू र आफ्ना बंशजका कुकर्मको पापमोचनका निम्ति जनताको पसिनामा ऐस गर्ने धनराशीको बेलायती हुवीस्की खाने खर्चलाई कटौती गरेर स्थापना गरेको मदन पुरस्कारमै झुत्ती खेलिरहन पर्ने छ ।
वास्तवमा १०४ बर्ष नेपाली जनतालाई अन्धकारमा राखेर तानाशाही शाषण चलाएका राणाहरुद्वारा गरिएको कुनै पनि पुरस्कार र सम्मान स्वतन्त्रता, प्रजातन्त्र र न्यायप्रेमी विवेकशील स्रष्टाहरुबाट वहिष्कार गरिनु पर्दथ्यो । हामी नेपाली दुई चार सयबर्ष पछाडी पर्नको कारण पनि यही हो कि हाम्रो विवेक सधै दैंत्यको स्तूतिगान गाउनमै आनन्द लिन्छ । हाम्रो विवेकले मदन पुरस्कार स्वतन्त्र, प्रजातन्त्र र न्यायप्रेमी स्रष्टाको सबभन्दा ठुलो ब्यङ्ग्य, उपहास र अपमान हो भनेर कहिल्यै ठम्याउँन सकेन र आफ्नो स्वाभिमानलाई उँचो राख्ने कार्य गर्न सकेन । तर अव नेप्रप्र बेलायत÷ब्रनाई स्वदेश तथा विदेशमा छरिएर बसेका सम्पूर्ण नेपाली साहित्यका स्रष्टाको एकता चाहन्छ र स्रष्टा हितको निम्ति राज्यद्वारा राष्ट्रिय स्तरको (दुई चार करोडको पुरस्कार कोषको) स्थापना गराउन चाहन्छ । स्रष्टाहरुको एकतामा त्यो असम्भव कुरा होइन । तर कर्म गर फलको आसा नगर ! त्यसको निम्ति आसक्तिबाट मुक्त हुन पहिलो शर्त हो । किन भने आसक्ति मानिसको सबभन्दा ठूलो कम्जोरी हो । कम्जोर मानिसले केही पनि गर्न सक्दैन ।
वेल्सबाट
Please follow and like us: