महोदय,
ऐजन ऐजन बस्नेका लागी
यो आकाश हो
खुल्ला आकाश जिवन ।
रमाईलोमा बाँच्न
हामीले आकाश हेर्छाै
विशाल आकाश हेर्दा
टोपी अरुको खस्छ यहाँ ।
अनि खोकाई बदल्छ र भन्छ ;
मेरै भागमा कालो बादल ?
आकाश हेर्न नपाउनु
छिचिमिराहरुको दुर्भाग्य संझे मैले ।
दश्तावेज १ (क)
हाम्रो चाहना ;
– खुल्ला सफा मनहरुमा
– रेखा कोर्नु हो जिवनको
– छेक्नु, थुन्नु केर्न र मेट्न खोज्नु
– रेखाका विन्दुहरुलाई
हजुरहरुको ज्यादती ठहर भएन ?
दश्तावेज १ (ख)
चुपचाप मुखमा फुँङ्ग्लो लगाउनु हेपिनु हो ।
सधै हेपिएर बस्नु अझ चेपिनु हो ।
आज पनि हेप्न होज्नु
काजीको हार र पाजीको जित हो
नपत्याए के भो र ?
थुम्माहरुको अंहम भावको पारो नाप्ने “यन्त्र” यही हो ।
दश्तावेज १ (ग)
स्रस्ट्राका – सृर्जना उम्रदा
स्रस्ट्राकै – मन दुख्ने ?
स्रस्ट्राले – गीत गाँउदा
स्रस्ट्राकै – कान पाक्ने ?
कस्ता विकशित थुम्माहरु यी ?
रिसको कुनै कुरा नै छैन
थुम्माको निधारमा किन सिंङ् को मांसि चिलाएको हँ ?
दश्तावेज २ (क)
प्वाँख पलायो
भुर्र भुर्र उड्नु भो ठीकै थियो ।
प्रकृर्तिले साथ दिएन त के भो ?
अब गुँडमा अट्दैनौ क्याँर !
फेदमा गोहीका माउँहरु छन्
टुफ्पो चढौं ताकत छैन नसामा
देख्छौं कुवामा आकाश हेर्न ?
बरु यसो गर ।
उन्मादको रङ्ग चढ्दा
तिम्रो शहरमा भियग्रा बढी पाउछ रे
तेई चुस बस।
नथामिएर डाहाको कविता लेख
अझ धेरै लेख
काइते कविता
किनकी किथ्रोलाई अब
समुन्दमानै छाडे
सार्क सँङ्गैं पौडी खेल ।
हाम्रै पुर्खाले देशका लागी
किल्ला थामेर सीमानामा
सिरानी लाएर माटोमै सुते
गल्ती भएछ तिम्रोलागी ।
तिमीले इतिहासका कुरा कोपर्याै
बुझेका रै’छौ धेरै
अनि गललल हास्यो इतिहासको पाना च्याँत्दै
हामी जाबाको पाखुरीमा
क्रोप गर्ने औलाहरुको अभिव्याप्ति देखेर
मेरो नाथेलाई जिस्कायौ
हाच्छिँउ … आयो…… थुम्माकै अगाडि ।
ठिकै भन्यौ मित्र,
जाबो क्याल्सीएमका चक्की खानेहरुलाई के थाहाँ ?
नडराउ, गोली फर्केर आफ्नै टाउकोमा आउदैन
छोडेको गोलीलेत दुश्मनको च्याँखुरे छाती पो चुम्छ
नयाँ इतिहासका खेलक
सापटीमा अग्रजहरुको उपहाँस गर्दै
जाबो दुईचार हरफहरु टाँस्न
पर्या छैन यी सस्ता भित्तामा
संकलित शब्दका झुण्ड र कमेन्टहरुले
(चोरले कहिले चोरे भन्दैन)
दुई चार स्वाँठ र दुईचार बुटहरु
चोरका छातीमा नबज्रे सम्म !!
तीनपात नपुग्दै
तप्प..तप्प..तप्प…
सिसी–बोतलका थिग्रोहरु चाख्दै
कुखुरे बैशका उन्मादमा
छिल्लिन थालेछन् बकेर्ना र थुम्माहरु !!
थुमाहरुको सिंङ्चिलाएछ
सुतेको बाघको जुँगा चलायौ
ल बस अब खोरमा उघ्रदै
जाबो खाली थालका ! अछेताहरु हामी !!
Please follow and like us: