by Tanka Subba on Wednesday, 10 November 2010 at 18:33
(रेखा कविता पहिलो श्रृंखला)
– टंक सम्वाहाम्फे
मलाई थाहा थिएन
आज सम्म म कुनै रेखामा छु भनेर
तर म त एउटा रेखामा पो
यति वर्ष दौडिरहेको रहेछु
आजै मात्र थाहा पाए
जुन रेखाहरु

शुन्यताबाट शुरुआत भएर
शुन्यतातिरै अदृश्य हुदै जाने रहेछन्
जहाँ देखिरहेका हुन्छौ
जहाँ देखिरहेका हुँदैनौ
हेरार्इ सबैको एउटै हुँदैन
हरेक मान्छेको आ-आफ्नै हुन्छ
जुन रेखाहरुको स्वरुप
एकबाट अनेक र अनेकबाट एक भएर
फैलदै फैलदै जाने रहेछन् ।
जब मैले थाहा पाए
रेखाहरुलाई
तव त्यसका आकृतिहरु सम्झदै गए
हिजो त्यो निक्कै सिधा थियो
रुलर राखेर कोरे जस्तै सिधा
तर आज त्यसको आकृति र प्रकृति
मेरा हस्त रेखाहरु भन्दा
वेग्लिएर गएका छन्
कहि त्रिभुजाकार देख्छु
कहि वर्गाकारमा भेट्छु
कहि पृथ्वी जस्तै गोलाकारमा रिङछु
के अव रेखाहरु छैनन् भन्न मिल्छ र ?
यदि रेखा नभैदिएको भए
यहाँ सम्म आईपुग्ने यात्राको तय
कसरी हुन्थ्यो होला ?
जव रेखाहरुले
मेरो जीउमा बाँधी दियो
मेरो सुषुप्त मस्तिष्कमा कुल्ची दियो
मेरो अन्जान आत्मामा छोइदियो
तव मैले रेखाहरुलाई सुम्सुम्याए
र बुझ्न खोजे रेखा के हो भनेर ?
र चाख्न खोजे रेखाको स्वाद कस्तो हुन्छ भनेर ?
लाग्यो रेखा भ्रम हो
लाग्यो रेखा केहि होइन
तर मैले रेखा केहि होइन भनेर पनि
मेरो सामु त्यो रेखा मैले देखे
अनेकौ स्वरुपमा
यति हुँदाहुँदै पनि रेखा छैन भन्नु
रेखा प्रति न्याय होला र ?
जव कि नबुझेर /नजानेर पनि
रेखाहरुसंग हामीले सम्झौता गरेका छौं ।
किनकी हामी कुनै न कुनै रेखामा छौं ।
थाहा नभएको हुन सक्छ
रेखा के हो भनेर ?
तर रेखा एउटा जीवन रहेछ
जो निरन्तर कुल्चदै हिडिरहेछौं ।
जो निरन्तर पछ्याउँदै दौडिरहेका हुन्छौ ।
हामी सबै कुनै न कुनै रेखाहरु कुल्चेर बाँचीरहेका हुन्छौ ।
नोट –
रचना काल सन् २०१० अक्टोवर ७ हंगकंग
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *