-रामप्रसाद प्रसाईं
गजधम्म धुमिइएका असीमित काशहरू
सीमान्त उज्यालाहरूला छाँद हाल्दै
भावोद्वेगका
गर्त र गर्भहरूमा
रवान्तितरूपले
अङ्ग सर्वाङ्ग नांगिइएर
प्रदर्शन गरिरहेछन्
ताण्डवहरू

न्दर्यका समविन्दुहरूमा
जहाँ, जसरी, जुनरूपले
क्षितिज मेटिइएको होस्
सम्मोहित क्षाँश र देशान्तरका
समानान्तर
समानुपातिक
समावेशी
सहअस्तित्वगामी कसी र कसँटीहरूमा
सँघर्षको नाम जीवन हुँदा
समयको भित्तामा
टाँगिइएका घण्टाघरहरू
बिगबेनहरू, फिल टावरहरू
धरहराहरू, ग्रेटवाल
अनि
भौतिक जगतमा विलयन भएका
तर
मानसिकतामा कहिल्यै
एकीकृत हुन नसकेका
जिजीविषाका बर्लिन वालहरू
हेर्दा हेर्दै
देख्दा देख्दै
माथि असीमित काशका क्षितिजमुनि
मथिङ्गलको बधशालामा कटाक्ष गरिरहेका
निगाला, मालिङ्गा, अर्घेली र लोक्ताका झाङ्गहरू
लेउ र बेर्ना कोरल्न अभ्यस्त भइरहँदा
पाइथोगारस् गनिरहेका होलान्
ढुङ्गाहरूला भेडा
भेडाहरूलाढुङ्गा
अनि
एकबाट एक घटाउँदा
एकै बाकि रहने
फेरि
एकमा एक अटाउँदा
एकै हुने
अचम्मको देवकोटाको गणित देखेर
पूर्वीय दर्शनको खन्ती गुथेर
हिँडे होलान्
गिठ्ठा, तरूल, भ्याकुर
खोज्न
ब्रह्माण्डको नाभिकीय फलक्रममा
चाकाचुली खेलिरहेको
उत्तोलकको लिस्नोमा
घनघस्याको उकालो जोखेर
अनि भन्दा हुन्
एक अर्को इपिफ्यानी
अकाट्य ब्रह्मसत्य रहस्यको
ब्रक्ममूर्हुत समयमा
घृणा, रिस, राग, र्ष्या र घमण्डले
खर्लप्प निल्छ
अस्तित्वला
जनजीविकाला
बाँच्नुको मर्म र नबाँच्नुको अधर्मला
कालीखोला (तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *