– प्रशान्त खरेल
(सापेक्षता – ११)
जुन–ताराको साथमा
गगनविहारगर्दै
गर्मिलोसामिप्यतासँगै
स्वर्णिमक्षणकोस्वैरकल्पनामा
डुबुल्किमार्दै
मस्तरहेकोमेरोमस्तिष्क
झस्किन्छएक्कासी
छतकोप्वालबाट
चुहिरहेकोपानीकोथोपा
वर्तमानकोस्पर्षबाट
दर्शनकोभारीबोकेर
उकालै उकालो
सिसिफस बनि
बोक्दै र गुडाउँदै
समयका अवयवहरूलाइ
सम्यक र सुन्दर
लालित्यको खोजिमा
च्याम्पटि जस्तै
निरन्तर घुमिरहेको
तिर्सनामा मेरो इन्द्रिय
रोकिन्छ हठात्
साक्षात्कार हुँदा
जीवनको जीर्ण स्वरूप
चेतनाको विजहरू
माग्दै र बचाउँदै
एक सुन्दर धर्तिको
खोजिमा निस्किएका
मेरा मनका खेतालाहरू
निस्तब्ध टोलाउँछन्
सुनेर हुँकार
ब्रम्हाण्डको सृष्टिकर्ता (?) को
धर्तिको उर्वरता निषेध गरिएको
मोहक फुलवारीको भ्रमणमा
निस्किएका मेरा मथिङ्गलका
वायुपङ्खि घोडाहरू
मर्दछन् निमेषभरमै
विषाक्त वायुमा
परिवर्त्य सन्दर्भका
हलाहलहरूका
कणकणको समिश्रणले
सुन्यता वाँचिरहेको
अस्तित्वहिन सम्पुर्णता
एकपटक फेरि उभिन्छ
सुमेरू बनेर
रोक्दै र छेक्दै
परिवर्तनका संवाहनहरूलाइ
र
मृत्यू हुन्छ
समग्रताको
परित्यक्त गोलार्द्धमा
(पाठकिय स्वतन्त्रताको सम्मान र स्वागत ।)
Please follow and like us: