जन्मनुपुर्वै मेरो माथमा लेखिसकेको
दुर्भाग्यहरुसँग निरन्तर जुध्दै
बिजयप्राप्तिको आशामा
मैले जिउन सिखें ।
समस्याहरुको भयंकर आँधीहरुलाई
सहास र परिस्रमको भीषण छालले टुक्र्याउदै
जीवनरुपी सोपानमा उकलना सिखें ।
धेरै गाह्रो रहेछ ,
मानव जीवन जीउनलाई !
जीउँदो हुनुको आभास महसुस गर्नलाई !
र
जीउँदोपनाको बोध गराउनलाई !
फेरिपनी
जिन्दगीको प्रिथक परिभाषा रचेर
मैले जिउँने निर्णय गरे ,
सास्ती र सन्तापका कोइलाहरुमा जल्दै !
तिरस्कार र अपमानका थप्परहरु सहँदै !!
तिमी हेरिराख ,
अबदेखी ,
म माथि दु:खको पहिरो जाँदा
म रत्तिभर बिचलित हुनेछैना ,
समस्याहरुसँग तर्सिएर
कायर बनी मृत्युलाई चुन्ने छैन,
किनकी अब मैले
सन्त्रासमय काँडेदार पथहरुमा
निडर भै हिंड्न जाँनिसकें ,
जिन्दगीलाई अभिशाप होइन
अन्मोल र अशिष मानीसकें !
त्यसैले भो अब ,
मलाई कम्जोर तुल्याउने दुस्सहास नगर ,
मेरा नायनहरुमा आँसु हेर्ने प्रयास नगर ,
मेरो पराजयहरुमा ,
सहनुभुतिको मुलाहिजी खास्टो ओढाउने
…………….कोशीस नगर,
किनकी अब मैले
लाशहरुमा श्वास भरेर जिउँन जाँनिसकें !
निराश र निक्रिस्ट परिस्थितीहरुमा पनि ,
मानवजिवनको नयाँ अर्थ खोज्दै ,
मैले जिउँन जाँनिसकें !
हो , संघर्स गर्दै मैले जिउँन जाँनिसकें !!!