– 

शायद,सपनाको रङ  
ब्लाक् एण्ड ह्इट् हुन्छ 
महापात्रको सपना जस्तै 
बाँचेसंम्म  
आकाश गंगाको ओत मुन्तिर पिङ खेलि रहने  
अनन्तको अन्त नभए जसरी 
वा जुगुप्सावोध हो सपना 
इल्यूजन् हो सपना 
लीला हो सपना 
भ्रम हो सपना 
जसरी सूर्योदयको लाली देख्दा  
झल्लरी आकाश हराए जस्तो।   
भर्जिन सुत्रले बाँधिने 
तिनै सर्प युद्धका छायाँहरु 
सपनाको रङ हो भने 
एउटा सपना देख्नु छ र पोत्नु छ
एउटा रङ्गीन चित्र 
घोषणा गर्नुछ 
त्यहीँ हो सपनाको रङ्गीन जात्रा 
मान्छे हजार लीलाको पात्र बन्छ 
सपनाको रङ्गीन चित्र देख्नु अनौठो होइन 
सपना देख्ने मान्छेहरुले 
सपनाको रङ छुट्याउन सक्नु  
भ्रमबाट मुक्ति पाउँनु हो।  
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *