अनेसास वेलायत च्याप्टरको तेश्रो कार्यसमितीको प«थम वैठक थेम्स एकाडेमी ईलिङ्ग व«ोडवेमा  पदाधिकारीहरुको चयन र विभिन्न महत्वपूण निर्णयहरु गर्दै ९ जनवारी  २०११ आइतबारका दिन सम्पन्न भयो । वैठकले चयन गरेका संरक्षक सल्लाकारहरु एवम थप सदस्यहरुको नामावली देहाय वमोजिम छ ।
संरक्षक –महामहिम राजदूत डा. सुरेशचन्द« चालिसे – पदेन

सल्लाकारहरु डा.सूर्य सुवेदी, खगेन्द्र पाठक, ईश्वर मानन्धर, हरिसिं थापा , डा.कविता राम श्रेष्ठ, दीपक कोइराला, नारायण भटटराई, शशी पौडेल, पोषेन्द« सत्याल रहनु भएको छ ।
त्यसैगरि वैठकले चयन गरेका थप कार्यसमितीका सदस्यहरुको नामावली यस प्रकार छ ।
नवराज भट्टराई, विदुर सिटौला, भगवान चाम्लिङ्ग, जगत नवोदित,  मिरा आङ्गवोहाङ्ग, निलहरी घिमिरे, वुद्धिबहादुर राई, केदार सुनुवार संकेत ।
अनेसास वेलायतले गर्नु पर्ने केहि महत्वपूर्ण निर्णयहरु समेत वैठकले पारित गरेको छ ।
१.नेपाली भाषा साहित्यको अन्तराष्ट्रिय सम्मेलन केन्द«को  निर्देशन बमोजिम च्याप्टरले आफ्नै पहलमा यो वर्ष    वेलायतमा गर्ने ।
२.अनेसास र वेलायत शाखाको लागि आजिवन र साधारण सदस्य बढाउने ।
३.अनेसास वेलायतशाखाले नियमित रुपमा साहित्यिक संगालो प्रकासनको व्यवस्था गर्ने ।
४.अनेसास वेलायत शाखाले पुस्तकालय व्यवस्थापन र वेवसाइट तत्काल सुरु गर्ने ।
५.हरेक  दुई महिनामा शाखाका सदस्यहरु विचमा साहित्यक भेटघाट गर्ने ।
सोहि दिनको वैठकले ६फेवु्रवारी आइतबारका दिन दिउसो २ बजे देखि बेलुका सात बजे सम्म थेम्स एकाडेमीको हलमा अर्को बैठक वस्ने निर्णय गरेको छ । वैठकमा नवगठित कार्यसमितीका संरक्षक सल्लाकार लगायत कार्यकारी पदाधिकारीहरुको परिचय र कविता बाचन गर्ने निणर्य  गरेको छ । सस्थाका अध्यक्ष होम परिवागको अध्यक्षतामा वसेको वैठकमा , सस्थाको केन्द्रिय उपाध्यक्ष जयालक्ष्मी राईको विशेष उपस्थिती रहेकोे थियो ।  त्यसै गरि सस्थाका सल्लाहाकार खगेन्द« पाठक, नारायण भट्टराई , उपाध्यक्ष डा. रुपक श्रेष्ठ, महासचिव लक्ष्मी राई, कोषाध्यक्ष विकल आर्चाय लगायत सदस्यहरु गोपीकृष्ण प्रसाई,रुपक वनवासी र जोन नकर्मीको उपस्थिती थियो । वेठक दिउसोको ३ बजे देखि साझ ७ बजे सम्म बसेको थियो ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *